Wednesday, August 10, 2011

'ईकु:ब्याक अगेन' छिट्टै आउँदैछ

बालबालिकाले निकै मन पराएको नेपाली हास्य चलचित्र 'ईकु'को सिक्वेल चलचित्र 'ईकु:ब्याक अगेन' छिट्टै दर्शकमाझ आउँदैछ । सेप्टेम्बरमा हंगकंगबाट प्रदर्शन सुरु हुने सो चलचित्र नेपालमा भने डिसेम्बर अन्तिम तिर प्रदर्शन हुने बताईएको छ ।

जंगली मान्छे(ईकु)को भेषमा चलचित्रमा अभिनय गरेका कलाकार सुलेमान शंकरले सो चलचित्रको निर्माण गरेका हुन् । २०६६ चैतमा प्रदर्शन भएको चलचित्र 'ईकु' तत्कालिन समयमा अरु चलचित्रको तुलनामा सफल भएको थियो । अघिल्लो फिल्मको शुटिंग देखि नै सिक्वेलको लागी कपाल नकाटेका सुलेमानलाई यस चलचित्रमा पनि जंगली मान्छेकै भेषमा देख्न पाईने छ ।

निर्माता तथा कलाकार सुलेमान शंकरले आफ्नो अघिल्लो चलचित्रको सिक्वेलमा बनेको चलचित्र 'ईकु:ब्याक अगेन'ले परिवर्तनका कुरा गरेको बताए । "बिल्कुल नयाँ बिषयवस्तुमा 'ईकु'को सिक्वेल बनाएका छौँ, यसले परिवर्तनको सन्देश दिएको छ" उनले भने "प्राविधिक रुपमा पनि अघिल्लोमा भन्दा बढीनै मेहनत गरेका छौँ, कुनै कुरामा कम्प्रमाईज गरेका छैनौँ"। सकेसम्म धेरै मुलुकहरुमा प्रदर्शनको लागी व्यवस्थापन गर्न उनि लागीपरेका छन् ।

मनोरञ्जन, रियालिटी बेसको कमेडी द्वन्द्व तथा सन्देश रहेको 'ईकु:ब्याक अगेन'लाई सागर लामिछानेले निर्देशन गरेका छन् । अच्युत घिमिरेको क्यारेक्टर एनिमेशन रहेको यस चलचित्रमा चार वटा गीत समावेश गरिएको छ । सुलेमान शंकरका अलावा मूख्य कलाकारमा रवि डंगोल र बिष्णु सापकोटा सिक्वेलमा पनि दोहोरिएका छन् । 'क्याराभान' अभिनेता थिन्ले लण्डप लामाले यस चलचित्रमा मूख्य नायकको रुपमा अभिनय गरेका छन् भने यसै चलचित्रबाट डेब्यू गरेकी जया शंकरले नायिकाको भुमिका निभाएकी छिन् ।

सुलेमान शंकर, रवि डंगोल, बिष्णु सापकोटा, रोबिन पोखरेल, बसन्त राज आदिको अभिनय रहेको 'ईकु:ब्याक अगेन'का द्वन्द्व निर्देशक रोशन श्रेष्ठ हुन् । कविराज गहतराज र हेमा श्रेष्ठ कोरियोग्राफर रहेको यस चलचित्रका गीतमा विपिन आचार्यले संगीत दिएका छन् । चल्तीका चलचित्र भन्दा अलिक बढी समय ७३ दिन सम्म यस चलचित्रको छायांकन गरिएको थियो । काठमाण्डौ र सौराहामा छायांकन गरिएको यस चलचित्रका छायाँकार पुरुषोत्तम प्रधान हुन् ।

No comments:

Post a Comment

पूर्वाधार अभावले पर्यटकीय क्षेत्र ओझेलमा

बागलुङ - पूर्वाधार अभावले यहाँको पर्यटन क्षेत्र ओझेलमा परेको छ । जिल्लाको पर्यटन विकास क्षेत्रको गुरुयोजना बन्न सकेको छैन । बजेट अनुत्पा...