आमुल परिवर्तनको लागि हिड्ने भएपछि फुर्सद कहिल्यै हुदैन र फुर्सद खोज्न पनि मिल्दैन । आलोचकहरुका शब्दवाण र पीडाभावका स्वरहरु सुनेर आफुलाई पछी नपारी एक हातमा महान शहिदहरुको अठोट र अर्को हातमा नयाँ नेपालको जागरण ल्याउनको निमित्त आँट बोकेर फुर्सद निकालेर हिड्ने बेला आएको छ नेपाली महिलाहरुले पनि । मायाको छहारी र ममताको आचलले घर–परिवारलाई चौविस घण्टा नै बेरीरहने बेला छैन । शहीदहरुको मृत्युलाई जुनी भरी बचाउने गरी अमरत्व प्राप्त गराउनलाई अब हामीले धैर्यता टुटाउनै पर्छ । हाम्रो गन्तव्य यात्रालाई अवरोध ल्याउनलाई अन्यायका खब्बाहरु पनि सिर्जित हुन सक्छन तर त्यसलाई पनि ढाल्दै हामीले पुरुष सँग हालेमालो गदै अगाडी बढ्नै पर्छ । विगतमा हाम्रा नेताहरुको कमीकमजोरीले र निरंकुश प्रवृतिले गर्दा नेपालमा सयौ चेलीहरुको सिन्दुर पुछिएको छ कयौ नेपाली आमाहरुको काख रित्तिएको छ , अनि कयौ छोराछोरीहरु टुहुरा भएका छन् । तर हामीले हिम्मत हार्न मिल्दैन, त्यसैले अलाप विलाप गरेर नै यथास्थितिवादी बन्न पनि सुहाउँदैन । उत्साह र उमगका साथ संघर्ष गर्नै पर्छ । राष्ट्रलाई नयाँ नेपालको नामबाट विगुल फुक्नको लागि हामीले मृत्युलाई जितेरै भए पनि एक हुल एकस्वर भएर चुनौतीहरुको सामना गर्नु पर्छ । परेली रसाएर झर्ने अश्रुधाराले अब हामीलाई रोक्ने पनि छैन । हिजो जे भए पनि अब भोली, बिहानीको घाम जस्तै मन फुरुङ्ग हुनुपर्छ हाम्रो, उषाको लाली लगाई मिर्मिरेसँगै आत्मा प्रफुल्ल हुनुपर्छ हाम्रो । कुनै एक विशेषको मात्र नभएर सिँगो महिला फाँटको सहभागित रहन जरुरी छ । अवश्य वर्तमान कर्मठ हामी महिला भविष्यका उज्यालो प्रकाश हौ ।
कार्ल माक्र्सको भावना विचार र सिद्धान्तका ज्वालाहरुलाई सबैमाझ प्रस्फुटित गदै उनीहरुलाई पनि संगठित गरेर सर्वहारा वर्गको दृष्टिकोण लिएर हिड्न प्रणका साथ लागीनुपर्छ । त्यसक्रममा हामीसँग गुमाउनका लागि आफ्नो शरिर बाहेक केहि छौ तर जित्नका लागि सिँगो नेपाल हाम्रो अगाडि उभिएको छ । आजको यो मुटु ठिहि¥याउने बायुमण्डलहरुमा पनि हामिले वर्तमानको जनीमाक्र्स बन्ने आँट गर्नुपर्छ महिला मुक्ति एक परिवारमा हुने करा पनि होइन विश्वभरका परिवारको कुरा हो विश्वभरका जनताको सर्वहारा श्रमिक वर्गको सवाल हो । पूँजीवादी साम्राज्यवाद नै यसको लािग उत्पिडक हो शोषक हो । साम्राज्यवाद विरुद्ध सबै लड्छन् लडिरहेका पनि छन् त्यसमा महिलाहरु पनि पर्दछन् । सर्वहारा र महिला दुवै देशभक्ति राष्ट्रप्रेमी हुन् र राष्ट्रिय मुक्ति आन्दोलनका योद्धा हुन् । महिलाहरु पनि राष्ट्रिय लागि साम्राज्यवाद र दलाल देशद्रोहीसँग लड्छन् र विजयी पनि हुन्छन् । जब साम्राज्यवाद नष्ट हुन्छ अनि मात्र नयाँ नोपलको निर्माण हुने छ । राष्ट्रले मुक्ति हासिल गर्छ । इतिहासको प्रवृति र नियममा नै साम्राज्यवादले हार्नु छ । राष्ट्रिय क्रान्तिले जित्नु छ यसर्थ क्रान्ति हुनु छ महिला क्रान्ति आवश्य पनि छ । आजको युग साम्राज्यवाद र जनक्रान्तिको युग हो । युग यी युगका दुइ पाटोे मध्ये एक पाटो राष्ट्रिय गणका क्रान्तिकारी सहयोद्धा हामी महिला नै हौ । क्रान्ति जनता ( महिला र पुरुष ) बाट हुन्छ । जसलाई लोकतान्त्रिक क्रान्ति भनिन्छ । यस्तो लोतान्त्रिक क्रान्तिको प्रकृया २००४ सालबाट र विशेषतः २००७ को फाल्गुण ७ बाट बढेको पाइएता पनि आज सम्म पूर्ण लोकतन्त्रको सिर्जना हुन सकेको छैन ।
महिला आन्दोलनको मुल प्रवाह नै शैक्षिक, लैङ्गिक, राजनैतिक र आर्थिक हकमा छोरा छोरी समान भन्ने छ । जसलाई सबैले प्रगतिशिल धारणामा रहेर सोचिनुपर्छ । पुरुषहरु महिला लिङ्गबाट उत्पीडित छैनन र पुरुष मुक्ति वा समानतको लडाई लडनु पनि छैन, र पुरुष दिवस पनि त हुनु परेन । तर महिलाहरु पुरुष जातिबाट उत्पीडित छन्, शोषित छन् तसर्थ महिला मुक्ति आन्दोलन र क्रान्ति जरुरी छ । पितृसत्ता समाजमा महिलाहरु दलित, शोषित उत्पीडित मात्र नभै पुरुषका दास बने । अन्ततः आज महिलाहरु पुरुषका खेलौना उत्तराधिकारी जन्माउने मेशिन बने जो उत्तराधिकारी भने फेरी पुरुष नै हुने भए । यसैले समाज र परिवारमा मुलतः पुरुषमा छोरो हुनैपर्ने अनि गौण रुपमा छोरी समेत गहना र शोभाको विशेषतः दासीका लागि हुनुपर्ने संस्कार बन्यो । छोरो हुनै पर्ने, छोरी नभए पनि हुने । छोरा नभै छोरी मात्र भए कुलकै घात र वंश टुट्ने अनि मरेपछि बैतरणी नदी तर्नै नसकिने सम्म भयो । यस्तो कुस्संकारलाई हामीले जोगाएर राख्ने होइन की अब पुरै संस्कारलाई समेत बदल्न लाग्नु पर्छ अनि मात्र नयाँ नेपालको सिर्जना हुन सक्छ । पुरुषप्रधान समाजको परिवारले उत्तराधिकारी जन्माउँछ छोरा जन्माउन चाहे जति विवाह गरे पनि हुने विवाह गरेको १० वर्षसम्म छोरा नभए दास्रो तेस्रो विवाह अािद गर्न पाइने भयो । त्यति मात्र नभै विवाहपछि लुलि लङ्गडी, असक्त विमार भएमा अर्की पत्नी ल्याउन पनि पाइने भयो । तर पत्नीले पनि वर्षौसम्म बच्चा नभए वा लोग्ने शारीरिक संकटमा परे अर्को विवाह गर्न न समाजले नै दिन्छ न त आफन्तले नै दिन्छन् । एउटा परिवारमा एकभन्दा बढि श्रीमतीहरु मिलेर होस वा मुटुको किला बनेर होस सौता बनेर बस्न पाउने तर त्यस्तै अर्को परिवारमा एउटी महिलाले एकभन्दा बढी लोग्न राख्न नपाउने । निती नियम र संस्कारमा नै असमानता त कति कति महिला र पुरुष बिचमा । यसैले त समानताका लािग हामीले बोल्नुपर्छ लडनुपर्छ क्रान्ति गर्नु पर्छ । यस्तो असमानताको जडलाई मिल्काउनका लागि नै महिला मुक्ति आन्दोलन गर्न विवश छन् बाध्य छन् धनी गरिब सबै महिलाहरु । त्यसैले त प्रजातान्त्रिक आन्दोलनका धुरी आधा धर्ती महिला सवाल भएर आएको छ ।
महिला हुँकारले अब विश्व थर्काउनु छ । समस्त पँुजीवादी साम्राज्यवादीहरुलाई चेतावनी दिइनु छ । हुनत महिलाहरु पनि मन्त्री छन् सांसद छन् डाक्टर, छन् नेतेृ छन् शिक्षक छन, इन्जिनियर छन् जागिरे पनि छन् । तर भएकाहरुलाई औलामा गन्न सकिन्छ । त्यति थोरैको सहभागितालाई हामीले सन्तोष मान्न हुदैन । उनीहरुको अग्रतालाई हामीले प्रेरणा र संर्घष मानेर जुझन जरुरी छ । अवश्य संर्घष आफैमा कष्ठप्रद छ झन महिलाको संर्घष त अति नै कष्ठ हुन्छ । उसले संघारभित्र बाहिर नै क्रान्ति गर्नु पर्छ तर हामीले जे भए पनि अलिकति विचलन नभै बाध्यात्मक परिस्थिति हो यसर्थ अहिलेको बाध्यता भनेको नै नारीआवजबाट क्रान्ति गरिने हो । जब सम्म आधा धर्ति आधा आकाश ओगटेका महिलाहरुलाई हरेक प्ररिप्रेक्ष्यमा आधा हिस्साको स्थान दिदैन तब सम्म राष्ट्रले मुक्ति पाउने छैन । या भनौ महिला मुक्ति भएर नै राष्ट्रले मुक्ति पाउने छ
No comments:
Post a Comment