सँगै रहेको ३ ताल घुमेर आनन्द लिन पाइने अनि मगर समुदायको रहनसहन बुझ्न पाइने यिनै विषेशता बोकेको छ राजारानीले । यतीमात्रै होइन यहाँको राजारानी मन्दिर र धिमाल ग्रामथान पनि थप आर्कषणको केन्द्र हो ।
मोरङ्गको उत्तरी गाविस भोगटेनीको एक क्षेत्र जहाँ राजारानी सामुदायीक वनको मध्यभागमा रहेको राजारानी ताल राजारानी मन्दिर र धिमाल ग्रामथान र सुनखरीको अबलोकन नै राजारानी क्षेत्रको आर्कषणका केन्द्र हो । मोरङ्गको पुरानो बजार लेटाङ्गबाट ५ कि मी उत्तर पश्चिम मा पर्ने राजारानी क्षेत्र मा मात्रै ५२ जातका सुनखरी पाइन्छन् । यहाँ पाइने ३ किसीमका सुनखरी विश्वबाटै लोपउन्मुख छन् । उत्तरी मोरङ्गको राजारानी मा अवलोकन गर्ने धेरै कुरा छन् । राजा,रानी,राजकुमारी पोखरी,धिमालजाती उत्पती स्थल ग्रामथान,राजारानी मन्दिर,सुनखरी ,रातो र सेतो कमल फुल,अनि डाडाबाट देखीने मनमोहक दृश्य ।
राजारानीमा व्यावस्थीत पिकनिक स्पोर्ट,पानी,शौचालय र कटेजहरु छन । राजारानी क्षेत्रमा वनभोज खान आउने र अवलोकन गर्नेको संख्या हिउदमा बढेपनि मन्दिर दर्शन गर्ने को संख्या भने एकनास रहन्छ । पुर्वी झापा मोरङ्गमा बसोबास गर्ने धिमाल जातीको उत्पती स्थल मानिने यस स्थानमा धिमालहरुको दरवार रहेको विश्वास गरिन्छ । धिमाल जातीको प्रमुख चाड जात्री यहि स्थान बाट सुरु हुन्छ । बैशाख २ गतेबाट सुरुहुने जात्री असार २गते नै सम्पन्न हुन्छ । बैशाख २ गते लाग्ने मेलामा झापा मोरङ्ग सुनसरी र धनकुटा बाट मेला भर्न आउने गर्दछन् ।ढङढङे मेला भनेर चिनिने सो मेलाका दिन ग्रामथानमा बोका कुखुरा परेवा र हास वलि दिइने चलन रहेको छ । नवविवाहित हरु विषेश गरि राजारानी मन्दिर जाने गर्दछन् । नवविवाहितले राजारानी मन्दिरको दर्शन गरे सन्तान र सुख प्राप्त गर्ने विश्वास लिइन्छ ।
किंबदन्ती अनुसार मध्यकालमा धिमालहरु उत्तरी मोरङ्ग का फाटहरुमा बसोबास गर्थे र तराइबाट औलोको प्रकोप हटे पछि उनिहरु झापा र मोरङ्ग मा बसोबास गर्न थालेका ले पनि राजारानी मा धिमाल दरबार रहेको विश्वस लिइन्छ । परापुर्वकालमा राजारानी पोखरी क्षेत्रमा धिमाल ले बसोबस गरेपनि बिविध कारणले सो ठाउ छाडेको धिमाल जातीका अगुवा राम बा धिमाल बताउछन् । २०५७ सालमा लामो खोज पछि राजारानी आफ्नो जातीको उत्पती स्थल रहेको र २०५८ बाट मेला लगाउन थालिएको धिमाल बताउछन् ।
हाल ४२ घर रहेको सो स्थानमा ४१ घर मगर जाती को रहको छ । कार्तिके औसी देखि मंसिरे पुर्णीमा सम्म सो स्थानमा हुर्रा नाच नाचिने गरेको छ । हुर्रामा रम्न चाहनेहरु यहाँ आउने गर्दछन् ।झन्डै चण्डी जस्तै देखिने हुर्रा नाच नाच्न बुढाबुढी ,केटाकेटी र यूवायूवती सबै उमेरका यस ठाँउमा आउने गर्दछन् ।
यस क्षेत्रलाई जैविक प्राकृतिक र ऐतिहासिक महत्वको स्थानका रुपमा जिल्लामा प्रशिद्द भएपनि यसको उचित प्रचार हुन नसकेको स्थानियबासी बताउछन् ।पोखरी वरपर पाइने माछा का बारेमा समेत कथन रहेको पाइन्छ । माछा मारेर खाए विरामी हुने मन्दिर का पुजारी लोक बा मगर बताउछन् । यसैकारण पनि यहाँका माछा संरक्षण भएका हुन् ।
स्थानियबासीको अग्रसरतामा पोखरी संरक्षणका प्रयास भएका छन् । राजा पोखरीको सफाइ गरिएको छ भने राजकुमारी पोखरी वरपर तारघेरा गरिएको छ । राजा पोखरीमा वाँध बाधिएको छ । पोखरीकोे पानीबाट स्थानियबासीले सिचाइ गरेका छन् । जिल्ला विकास समिती मोरङ्ग को आर्थिक सहयोगमा सिंडी बनाइएको छ । स्थानियबासीकै सक्रियतामा वनभरी पाइने सुनखरीको संरक्षण गर्न ‘सुनखरी टिपे जरिवाना’ अभियान नै चलाएका छन् । सुनखरी दुर्लभ भएको भन्दै सुनखरी को चोरी हुन थाले पछि यो अभियान थाले पछि संरक्षण हुन थालेको राजारानी पोखरी संरक्षण समितीका पुर्व अध्यक्ष दल बा मगर बताउछन् । त्यसो त यो ठाँउ खुल्ला दिशा पिसाब मुक्त क्षेत्र हो । २ बर्ष अगाडि देखी यहाँ खुल्ला ठाउँमा शौच गर्न र प्लाष्टिक फाल्न प्रतिबन्ध छ । मगरका अनुसार यहाँ धेरै परिर्वतन आएको छ । यहाँ गतबैशाख मा महोत्सब लगाइएको थियो । यहाँ खाजा घर रहेपनि होटल भने छैनन् ।
राजारानी पुग्न पुर्व पश्चिम लोक मार्गको कानेपोखरीबाट ८ किमी उत्तर लागे पछि लेटाङ्ग पुग्न सकिन्छ । लेटाङ्ग मोरङ्ग कै पुरानो बजार हो । लेटाङ्ग पुग्न सार्वजनिक यातायतका साधन प्रसस्त पाइन्छन ।
लेटाङबाट ˚ोरब्ह्लि गाडीमा सहज रुपमा त्यहा पुगिन्छ भने मोटरसाईकल बाट पनि जान सकिन्छ । निजी सवारी नहुनेले पैदल यात्रा गर्दा लोखरा बाट ठाडो उकालो हिडनुको मज्जा बेग्लै हुन्छ । ३ किमी उकालो हिडने हो भने बाटो भरी देखिने दृश्य हेर्न पाइन्छ । राजारानीको सुन्दरता यहाँ बाट देखिने दृश्य हरुले यसलाइ महत्वपुर्ण पर्यटकिय क्षेत्रका रुपमा विकास गर्नृ सकिने सम्भाबना छ । यहाँ बाट झापाको दमक ,मोरङ्ग को उर्लावारी पथरी जाते र बेलबारी प्रस्ट देखिन्छ । लेटाङ्ग बजार र लोखरा बिचबाट नागवेली रुपमा बगेको चिसाङ खोला को मनमोहन दृश्य हेरेर अघाउने कम नै होलान् ।
यसक्षेत्रको विकास र प्रचार प्रशार यसको सम्भाबना अनुसार कमै भएको छ। धिमाल जातिको उत्पती स्थल चिनाउने यो ठाउँलाइ अन्य जातजाती र धर्म समुदायलाई पनि आर्कषण बडाउँनु आवश्यक छ । यस वरपर पाइने सुनाखरी,कमल फुल,चराचुरुङी पुतली बारे थप अध्यायन र खोज हुनु जरुरी रहेको सामूदायिक वन उपभोक्ता महासंध मोरङ्ग का अध्यक्ष अग्नी पौडेल बताउँछन् ।
यसक्षेत्रको अझ विकास गर्न यसक्षेत्रको जैविक भौगलिक धार्मिक र सास्कृतिक महत्व बारे प्रचार प्रशार हुनु आवश्यक जरुरी छ । प्रस्सत सम्भाबना हुदाहुदै पनि जिल्लामा राजारानी पछाडी छ । पर्यटकिय हिसाबले प्रचार प्रशार मा अभियान चलाउन सके यस क्षेत्रको विकास हुने निश्चय छ । साथै आन्तरीक तथा बाह्य पर्यटक भित्राउन सके स्थानियबासीको आर्थिक स्तर बडथ्यो कि ?
No comments:
Post a Comment