पर्यटकीय स्थलहरु
![]() |
खप्तडबाट देखिने मनोरम जेठीबहुरानी हिमालको मनोरम दृश्य |
सुदूरपश्चिमका पहाडी जिल्लाहरू बझाङ, बाजुरा, अछाम र डोटीको केन्द्रविन्दुमा अवस्थित 'खप्तड' अनुपम प्राकृतिक सौर्न्दर्यको खानी हो । विविधताले भरिपर्ूण्ा भण्डार हो । प्रकृत्रि्रेमीका लागि अकाट्य गन्तव्य हो । अझ भनौँ परपर क्षीतिजैसम्म फैलिएका मनमोहक विशाल घाँसे मैदान, ती मैदानैभरि बाह्रैमास फुलिरहने रंगीविरंगी जङ्गली फूल, शिरानीमा सदा मुस्कुराइरहने नाम्पा-सैपाल, तथा जेठी-बहुरानी हिमशिखर, मनैछुने कोणधारी जंगल, घना बाघपाटे निङ्गालाघारी, साथमा रहेका खप्तड र खापर दह ! अहाँ ! खप्तडको मनोरम प्राकृतिक दृश्यले कुनचाँहि प्रकृत्रि्रेमीको मन छुँदैन होला ! प्राकृतिक छटाले भरिपर्ूण्ा खप्तड यसैले त सुदूरपश्चिमकोमात्र नभइ समग्र राष्ट्रकै मौलिक पहिचान बन्न सफल छ ।
समुन्द्री सतहबाट ३५ सय मिटर उचाइँमा रहेको खप्तडको जैविक विविधतालाई ध्यानमा राखि नेपाल सरकारले यस क्षेत्रलाई सन् १९८८ मा राष्ट्रिय निकुञ्ज घोषणा गरेको छ । उहिले-उहिले बझाङ, बाजुरा, डोटी र अछामका किसानहरूको भैसी, घोडा तथा भेडाबाख्राको चरनक्षेत्र खप्तड यतिबेला भने निकुञ्जमा परिणत भएको छ । निकुन्ज सुरक्षार्थ नेपाली सेनाको ब्यारेक छ । सीमित भूगोलभित्र खप्तडले असिमित विशेषता ओगटेको छ । यहाँ २२ ठूला तथा ५२ साना मैदानहरू छन् । २२५ वर्ग कि.मि. क्षेत्रफल रहेको खप्तड निकुन्जमा २५३ प्रजातिका चरा, १९२ प्रजातिका जङ्गली फूल, १५ प्रजातिका पुतली तथा बाघ, भालु, थार, नाउर, वनकुकुरलगायतका ४० प्रजातिका जङ्गली जनावर पाइन्छन् । पाँचऔले, कटुकी, जटामसी, चिराइतोजस्ता कयौँ बहुमूल्य जडिबुटीको अर्को भण्डार हो खप्तड ।
उसो त खप्तडले प्राकृतिक सौर्न्दर्यतालाई मात्र प्रतिनिधित्व गरेको छैन, यसले ऐतिहासिक-धार्मिक-साँस्कृतिक महत्वलाई समेत बोकेको छ । हिन्दूहरू ब्रम्हपुराणमा 'खेचराद्री’ भनेर खप्तडको वर्ण्र्ााछ भनी खप्तडको महिमा गाउँछन् । खेचराद्री शब्दनै अपभ्रंस हुनगई यसको नाम खप्तड रहन गयो भन्ने भनाइ छ । यसैले खप्तड निकुन्जको कुल क्षेत्रफलमध्ये ५.५६ वर्ग कि.मि. भूभाग धार्मिक क्षेत्रका नाममा छु्ट्याइएको छ । जसभित्र खप्तड बाबाको कुटी, खप्तड दह, त्रिवेणी, सहस्त्रलिंग, केदारढुंगा, भीमपाइला, नागढुङ्गा, नैनादेवी स्थानहरू पर्दछन् । यहाँ हरेक वर्षजेष्ठ महिनामा ठूलो दशहरा मेला लाग्ने गर्दछ । मेला भर्न बझाङ-बाजुरा, अछाम-डोटीलगायत सुदूरपश्चिमका सबै जिल्लाबाट समेत ठूलो संख्यामा मानिसहरू आउने गर्दछन् । दसहराका दिन माथि उल्लिखित धार्मिकस्थलहरूमा भक्तजनहरूको ठूलो भीड लाग्ने गर्दछ । विभिन्न जिल्लाबाट मेला भर्न आउने युवायुवतीहरू एकापसमा डेउडा खेल्दै मायाप्रितिसमेत साटासाट गर्ने गर्दछन् ।
बेलायतबाट एमबीबीएस गरेका भनिने खप्तडबाबाले समेत भौतिक संसार त्यागेपछि अध्यात्मिक साधनाका लागि खप्तडलाई नै रोजेका थिए । कश्मिरीमूलका ती भारतीय बाबाले आफ्नो जीवनको उत्तर्रार्द्धका सम्पर्ूण्ा ५० वर्षखप्तडमै बिताए । धर्म विज्ञान, विचार विज्ञान, वेदान्त विज्ञान, आत्मज्ञानजस्ता एक दर्जनबढी कृतिहरूको रचना उनले खप्तडमै गरे । कृति रचनासँगै उनले खप्तडको महिमालाई समेत उचो पारे ।
खप्तड एवं सुदूरपश्चिममा पर्यटन विकासलाई साँचो अर्थमा अघि बढाउने हो भने यो क्षेत्र सम्भावनै सम्भावनाले जेलिएको छ । अझै पनि भर्जिन पर्यटकीय क्षेत्रका रूपमा रहेको यहाँको पर्यटन विकासका क्षेत्रमा जति लगानी गरे पनि त्यो कमै हुने स्थिति छ । यर्सथ यस क्षेत्रको पर्यटन विकासका लागि 'सुदूरपश्चिम एकीकृत पर्यटन विकास’ को अवधारणा अघि सार्नु जरुरी छ । त्यसअर्न्तर्गत समग्र सुदूरपश्चिमको पर्यटन विकासलाई अघि बढाइनर्ुपर्दछ । खप्तडलगायतका अन्य पर्यटीयस्थलहरूको पहिचान गरी बृहत गुरुयोजनासहित ठोस कदम चाल्नु जरुरी छ । जसका लागि तत्कालीन र दर्ीधकालीन विकास कार्यक्रम अघि सारिनर्ुपर्छ ।
सुदूरपश्चिमको पर्यटन क्षेत्रको चर्चा हुँदा सबैको ज्रि्रोमा खप्तड झुण्डिइरहेको भएपनि खप्तड भने अत्यावश्यक आधारभूत भौतिक पर्ूवाधारबाट बंचित छ । यसैकारण आन्तरिक-बाहृय कुनै पनि पर्यटकहरूलाई आशातितरुपमा त्यहाँ आकषिर्त गर्नसकिएको छैन । त्यहाँ कोही पुगिहाले पनि यातायातलगायत खानेबस्ने सुविधा छैन । यर्सथ पनि आधारभूत पर्ूवाधार निर्माण खप्तडको पर्यटन विकासको पहिलो प्राथमिकता हो । यसका लागि खप्तडलाई सक्दो चाँडो सडक यातायातले जोड्नु जरुरी छ । मौसमी नभइ सदावहार व्यवसायिक होटेल-रिर्र्सोटहरूको निर्माण हुनु उत्तिकै आवश्यक छ । खप्तडलाई मुलधार पर्यटनमा जोड्नर्ुपर्दछ । बझाङको तमैल -मोटर पुगेको ठाउँ) बाट मात्र १५-२० कि.मि. सडक निर्माण गरे खप्तडलाई तत्काल सडक यातायातले जोड्न सकिन्छ । डोटीतिरबाट पनि त्यो सम्भावना छ । खप्तडकै सेरोफेरोअर्न्तर्गत बझाङको सदरमुकाम चैनपुरहुँदै उरै नाका भएर तिब्बतको ताक्लाकोटहुँदै मानसरोवर पुग्ने सबैभन्दा छोटो सेती लोकमार्ग अहिले निर्माणाधीन अवस्थामा छ । चैनपुरदेखि उरैसम्म ८० कि.मि. दुरी रहने यो मार्ग निर्माण भए मानसरोवरयात्रीका लागि यो बाटो बरदान साबित हुनेछ । यसले सुदूरपश्चिमलाई वाहृय संसारसँग जोड्ने छ । तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको चीन भ्रमणका बेला चीनसँग सहमति जुटाइएको चैनपुर-उरै सेती लोकमार्ग निर्माणका लागि पछिल्लोपटक चिनियाँ राजदूत झेङ जेङलिनले समेत चिनीयाँ सहयोग रहने जनाएका छन् । त्यसैले यो सेती लोकमार्ग निर्माण भएपछि सुदूरपश्चिमले ठूलो संख्यामा बाहृय तथा आन्तरिक पर्यटकलाई आकषिर्त गर्नेछ । त्यसपछिका दिनहरूमा पर्यटकहरूलाई प्याकेज कार्यक्रमअर्न्तर्गत मानसरोवरलगायत खप्तड, सर्ुमासरोवर, बझाङकोट, थलाराकोट, देवलबाँज, मालिका, केदार, बडिमालिका, रामारोशन, शैलेश्वरी, अजयमरुकोट, त्रिपुरासुन्दरी, मेलौली, पनेरुकोट, व्याँस, ओमपर्वत, मल्लिकार्जुनलगायतका थुप्रै पर्यटकीयस्थलहरूको भ्रमण गराउन सकिनेछ ।
बझाङको सदरमुकाम चैनपुरदेखि डोटीको दिपायलसम्म पश्चिम सेतीमा देशकै सबैभन्दा लामोदूरीको र्याफ्टिङ व्यवसाय संचालन गरी बाहृय तथा आन्तरिक पर्यटनलाई आर्कषण गर्ने प्रवल सम्भावना छ । जुन कुरा तत्काल लागु गर्न सकिन्छ । रंगशालाको सिन्थेटिक ट्रयाकमै हिडेझै लाग्ने खप्तडका घाँसे मैदानहरूलाई प्राकृतिक गल्फकोर्टको रूपमा विकास गरी एभरेष्ट माराथुनझै खप्तडमा अन्तर्रर्ााट्रयस्तरको गल्फ प्रतियोगितामक आयोजना गर्न सकिन्छ । स्की खेलको विकास नभएको नेपालमा खप्तड स्की खेलप्रेमीका लागि गन्तव्य हुनसक्छ । गल्फका लागि ब्यांकक र स्कीका लागि स्वीट्रजल्याण्ड पुग्नेहरूलाई खप्तडले त्यो सेवा स्वदेशमै दिनसक्छ । देश बाहिरबाट समेत गल्फ र स्की खेलप्रेमीलाई नेपाल भित्र्याउन सकिनेछ । पवर्तारोहण, रक क्लाइम्बिङका साथै पदयात्राका लागि समेत यहाँ थुप्रै भर्जिन रुटहरू पदयात्रीको प्रतिक्षामा छन् । पर्खाइमा छन् । खप्तड-बडिमालिका -बाजुरा) हुँदै रामारोशन-साँफे -अछाम), चैनपुर-धुली-उरै-ताक्लाकोट -बझाङ), चैनपुर-सर्ुमा-अपि-व्याँस--बझाङ-दार्चुला) आदि पदयात्राका लागि सम्भाव्य रुटहरू हुन । थुप्रै अरु रुटहरू पनि छन् । जसको पहिचान एवं पर््रवर्द्धन हुनु जरुरी छ ।
अर्कोतिर दर्ीधकालीन कार्यक्रमअर्न्तर्गत खप्तडलाई केन्द्रविन्दू मानि सुदूरपश्चिमका सबै पर्यटकीयस्थलहरुलाई सडक यातायात तथा केवुल कारमार्फ एउटै जालोमा जोडिनुर्ुपर्दछ । यसबाट भौगोलिक विकटतालाई चिर्दै यातायातलाई सहज हुनुको साथै आकर्षा थपिनेछ । खप्तडको बाहिरी सेरोफेरोमा चक्रपथ नै निर्माण गरिनर्ुपर्दछ । त्यसैगरी खप्तडलाई सुदूरपश्चिमका सबै पर्यटकीय क्षेत्रसँग सजिलो हुने गरी केबुलकारले जोडिनुपर्ने दर्ीधकालीन सोच अहिल्यैदेखि बनाउनु जरुरी छ । यसका लागि बझाङभित्र खप्तड-थलारा-मालिका-केदार-पातिभेरे-दहवगर-बझाङकोट-बान्नीचौर-सर्ुमासरोवर-चैनपुर-काँडा-धुली-उरै, बाजुरामा खप्तड-बडिमालिका-कोल्टी-मार्तडी, अछाममा खप्तड-रामारोशन-मंगलसेन-साँफे डोटीमा खप्तड-मालिका-शैलेश्वरी-बझाङको केदार हुँदै दार्चुलाको मल्लिकार्जुन-व्याँस-अपि-ओमपर्वत दार्चुला हुँदै त्रिपुरासुन्दरी-निग्लासैनी, बैतडी हुँदै डडेल्धुराको अमरगढी-अजयमेरुकोट-परशुराम जोड्नेगरी केबुलकार संजाल विस्तार गरिनर्ुपर्दछ । जसका लागि पश्चिम सेतीबाट उत्पादन हुने भनिएको बिजुलीको ठूलो हिस्सा उपभोग गर्नु जरुरी छ । सेती लोकमार्ग निर्माण पछि मानसरोवर यात्राका लागि आउने विदेशी पर्यटकका लागिमात्रै पनि धनगढी विमानस्थललाई अन्तराष्ट्रिय विमानस्थलका रुपमा विकास गरिनर्ुपर्दछ । डडडेल्धुरा जिल्लालाई हिलस्टेसनका रुपमा विकास गरिनर्ुपर्दछ । सामरिकर्-पर्यटकीय महत्व बोकेको बझाङको सैपाल हिमालको फेदीमा रहेको तिब्बतसँगको पुरानो व्यापारिक केन्द्र ग्राफुमा रहेको विशाल मैदानी भागमा विमानस्थल निर्माण गनर्ुपर्दछ । त्यसबाट पर्यटन विकासमा थप टेवा पुग्ने निश्चित छ । बझाङ जोड्ने खोड्पे-बझाङ सडक दुइलाईनको बनाइ कालोपत्र गरिनर्ुपर्दछ । सेती लोकमार्ग दर्ुइलाईनसहित बाह्रै महिना मोटर चल्ने गरी निर्माण हुनुजरुरी छ । ४४ कि.मि. लामो सतबाज-रौलेश्वर-श्रीभावर-बझाङ सडक समेत निर्माण हुनु जरुरी छ । यसका अतिरिक्त बाजुराको कोल्टी, अछामको साँफेबगर र कमलबजार, डोटीको दिपायल, बैतडीको पाटन र दार्चुलाको गोकुलेश्वरमा रहेका विमानस्थलसमेत आवश्यक मर्मतसम्भारसहित नियमित हवाइ सेवासहित संचालनमा ल्याउनु जरूरी छ ।
खप्तडलगायत समग्र सुदूरपश्चिम खप्तडलाई धार्मिक, साँस्कृतिक पर्यटनका रूपमा समेत विकास गर्न सकिन्छ । त्यसैले यहाँको पर्यटन विकासका लागि सक्दो चाँडो आधारभूत पर्ूवाधार निर्माणमा जोड दिनु पहिलो आवश्यकता हो । यसका साथै देशभित्र-बाहिर सबैतिर प्रचारप्रसार तीब्र बनाइनर्ुपर्दछ । अर्को सबैभन्दा महत्वपर्ूण्ा कुरा त नेपाल सरकारले अपि-नाम्पा-सैपाल, बान्कियालेक, बडीमालिका, लाई तत्काल संरक्षित क्षेत्र घोषणा गरी खप्तड र अपि-सैपाल क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन पहल गर्नुपर्दछ । यसले खप्तड, बडीमालिका तथा अपि-सैपाललाई अन्तराष्टियस्तरमा प्रचारप्रसार गर्न ठूलो मद्दत गर्नेछ र आन्तरिक तथा बाहृय पर्यटकहरूको प्राथमिकतामा समेत यो क्षेत्र पर्नेछ । यदि यस यस क्षेत्रलाई साँच्चिकै मूलधार पर्यटन जोड्ने हो भने खप्तड तथा सुदूरपश्चिमले ग्रामीण तथा राष्ट्रिय अर्थतन्त्रमा ठूलो गुण लगाउने छ । राष्टिय अर्थतन्त्रलाई उभो लगाउने छ । देशभित्रै रोजगारीको थप अवशर सिर्जना हुनेछ । कामको खोजीमा भारतको हिमाञ्चल/उत्तराञ्चललगायत विभिन्न सहरहरु तथा मलेसिया, खाडी राष्ट्र धाउन बाध्य सुदूरपश्चिमेली युवाहरुका लागि सुदूरपश्चिमभित्रै स्वरोजगारको अवशर सिर्जना हुनेछ । अहिलेसम्म पनि केन्द्रसत्तामा मुख ताक्दै बसेको सुदूरपश्चिमले त्यसपछिका दिनहरूमा उल्टै राज्यलाई दिनेछ ।
No comments:
Post a Comment