Saturday, October 15, 2011

वैदेशिक रोजगारमा गन्तव्य परिवर्तन

सुमन वैरागी

नेपाली युवायुवतीहरु अहिले वैदेशिक रोजगारका लागि गन्तव्य परिवर्तन गर्ने मुडमा रहेका छन् । लामो समयदेखिको नेपालीहरुको गन्तव्यका स्थानहरु मलेसिया, साउदी अरेबिया, दुबई, कतारलगायतका खाडी मुलुकहरुमा भएको थियो । अहिलेसम्म सबैभन्दा धेरै कामदारहरु यिनै मुलुकहरुमा गएर नेपाली बेरोजगार युवायुवतीहरुलाई रोजगार दिलाइरहेको छ । तर सिमित रोजगारीको क्षेत्र अहिले फराकिलो हुँदैछ । विकट ग्रामीण भेगका र उच्च शिक्षा हासिल नगरेका युवायुवतीलाई पनि जापान, कोरियालगायतका आकर्षक कमाई हुने मुलुकले लोभ्याउन थालेको छ । सरकारी पहलले गर्दा ती क्षेत्रका जनताहरुले पनि थोरै लगानीमा धेरै कमाई गर्ने अवसर पाउने हुन् कि भन्ने आसा गरिएको छ । तर उनीहरुलाई दक्षतामा रुपान्तरण गर्ने अवस्था भने ज्यूँका त्यूँ नै रहेको छ ।
सरकारकै पहलमा लामो समयदेखि आसावादी भएको रोजगारको गन्तव्य अब सम्पूर्ण नेपालीका लागि खुला भएको छ । जापानले अब आफ्नो आवश्यकता अनुसारको प्रशिक्षार्थी कामदार लिने निर्णय गरिसकेको छ । कृषि, पर्यटन, सेवामूलक, उत्पादन, केयर गिभरलगायतका क्षेत्रमा नेपालीहरुले रोजगार पाउने आश्वसन जापानले दिइसकेको छ । जापान अन्तर्राष्ट्रिय समन्वय संस्थामार्फत् नेपाली कामदार जापान जान पाउनेछन् भने नेपाल सरकारले मध्यस्थताको भूमिका निर्वाह गर्दै नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल वैदेशिक रोजगार व्यवसायी संघलाई कामदार बढेपछि खाडी र मलेसिया जाने तरखरमा रहेका युवायुवतीले रोजगारको गन्तव्य परिवर्तन गर्ने मुड बनाएका छन् । सरकारले जापान जानका लागि रु ६० हजार रुपैयाँ मात्र लाग्ने बताएपछि खाडी र मलेसिया जानेहरु रोकिएका हुन् । यो रकम मलेसिया र खाडी मुलुकको तुलनामा झण्डै ५० प्रतिशत कम रहेको छ । तर कामदारको कमाई भने खाडी र मलेसियाको तुलनामा पाँच गुणासम्म बढि हुने सम्भावना छ ।
जापानले नेपाली कामदारलाई औद्योगिक प्रशिक्षार्थीका रुपमा लिने पनि खुलासा गर्दै आएको छ । त्यहाँ गएर नेपालीहरुले विभिन्न औद्योगिक प्रतिष्ठानमा काम गर्नेछन् । तीनबर्षसम्म जापानमा काम गरेपछि अनिवार्य स्वदेश फर्कनुपर्नेछ । फर्किएपछि पनि नेपाल आएर पहिला काम गरेकै प्रतिष्ठानमा काम गर्नुपर्नेछ । यसबाट जापानमा पुगेका कामदारले दामको साथमा पर्याप्त सीप लिएर स्वदेश फर्कने भएका छन् । जसले गर्दा त्यहाँ सिकेको सीपले मुलुकको विकासमा लगानी गर्न सकिने सम्भावना पनि बढेको छ । यसको तुलनामा खाडी मुलुक र मलेसियामा पुगेकाहरु निम्नस्तरका काममा अधिकांश सहभागी हुनेछन् । उनीहरुले तल्लो तहको काम गर्ने भएकाले सीपमूलक काम निकै कम गर्न पाउँछन् । तसर्थ खाडीमा गएकाहरुले खासै सीप लिएर स्वदेश फर्कने र स्वदेशमा त्यो सीपको सदुपयोग हुने ठाउँ नपाउने पनि भइरहेकै अवस्था छ । खाडी मुलुकहरुमा तुलनात्मक रुपमा जोखिमपूर्ण काम हुने भएकाले पनि कामदारको अंगभंग हुने, मृत्यु हुनेलगायतका दुर्घटना बढ्दो भएको छ । जसको तुलनामा जापानमा त्यो पनि कम हुने सम्भावनाको पनि अपेक्षा गरिएको छ ।
नेपालीका लागि अर्को आकर्षक रोजगारीको गन्तव्य रहेको मुलुक दक्षिण कोरिया पनि हो । कोरियामा त यसअघि नै कामदार पुगिसकेका छन् । विगतमा म्यानपावर कम्पनीमार्फत् प्रशिक्षार्थी कामदार मात्र पठाउने व्यवस्था रहेकोमा करिब दुई बर्षअघि यो प्रावधान परिवर्तन भएको हो । कोरियाले रोजगार अनुमति प्रणाली(इपीएस) मार्फत् सहकारी तहबाट मात्र कामदार लिने व्यवस्था गरेको थियो । त्यसयता भने नेपालीहरु पूर्ण कामदारका रुपमा त्यहाँ जानेक्रम जारी रहेको छ । इपिएस अन्तर्गत परीक्षामा उत्तीर्ण भई स्वास्थ्यपरीक्षणमा उत्तीर्ण भएकाहरु सबैलाई क्रमशः पठाउने रणनीति सरकारले गरेको भए पनि पहिलो चरणका कामदार पठाएर सकिनै लागेपछि मात्र दोस्रो चरणका लागि आवेदन माग गरिएको सरकारी अधिकारीहरुले बताएका छन् । गत बर्ष करिब ८ हजारभन्दा बढीको संख्यामा नेपाली कामदार कोरिया पठाएको र भर्खरै भएको कोरियाको भाषा परीक्षामा १३२९८ प्रोडक्सनतर्फ जना उत्तीर्ण भएका छन् भने ४३७५ जना कृषितर्फ उत्तीर्ण भएको इपीएसको तथ्यांकमा उल्लेख छ । यिनीहरुको पनि स्वास्थ्य परीक्षण पछि मात्र कोरियातर्फ जाने निश्चित हुनेछ । 
महिला कामदारका लागि रोजगारीको आकर्षक मुलुक इजरायलमा पनि कामको सम्भावना अधिक रहेको छ । कमाई पनि आकर्षक हुने र काम पनि तुलनात्मक रुपमा सजिलो हुने भएकाले अधिकांश महिला कामदारहरु केयर गिभरको रुपमा इजरायलमा काम गरिरहेका छन् । कृषि, पर्यटन, होटललगायतका क्षेत्रमा पनि केही नेपालीले काम पाएका छन् । नेपालको म्यानपावरको गलत प्रवृतिका कारण केही समय बन्द रहेको इजरायलको रोजगार बल्ल खुला भएको छ । जाने कामदारसँग म्यानपावर एजेन्सीहरुले अनाधिकृत रुपमा रकम असुलेको र दक्ष कामदार नपठाएको भन्दै इजरायलले नेपाली कामदार लिन नमानेको थियो । अधिकतम साढे दुई लाखभन्दा लिन नपाइने नियम भएपनि म्यानपावरहरुले महिलाको लागि आठ लाख र पुरुषको लागि ११ लाखसम्म प्रतिव्यक्ति रकम लिने गरेका थिए । इजरायल सरकारले नेपालीका लागि रोजगार बन्द गरेको समयमा पनि लाखौं असुल्ने सोचले इजरायल खुला भएको भन्दै केही म्यानपावर र एजेन्टहरुले कामदारहरु लिएर पीडित बनाएका पनि थिए । उनीहरुले एजेन्टहरुलाई दिनुपर्ने कमिशन अनुसार रकम लिएको दाबी पनि गर्दै आएका छन् तर सो रकमबाट एजेन्टहरुले ५० हजारभन्दा बढि पाएका छैनन् । जसका कारण नै इजरायल लगायतका वैदेशिक रोजगारको गन्तव्य परिवर्तन हुँदै आएको हो ।
थोरै लगानी गर्नेले खाडी मुलुकतर्फ रोजगार खोजिरहेको र धेरै लगानी गर्नेले युरोप, अमेरिका, बेलायत जस्ता विकसित मुलुकतर्फ रोजगार खोजिरहेका छन् । कोही शैक्षिक भिसामा, कोही भिजिट भिसामा त कोही वर्कपरमिट भिसामा गएरै भए पनि वदैशिक रोजगारलाई आत्मसात गरिरहेका छन् । सबैले गन्तव्य परिवर्तन गर्ने मुड बनाइरहेको भए तापनि सम्बन्धित देशको भाषा, कानून र सीपको दक्षता नभएका कारण बाधा व्यवधानहरु खडा पनि भइरहेको छ । सम्बन्धित देशको भाषा र सम्बन्धित कामको दक्षता नभएकै कारण वैदेशिक रोजगारको गन्तव्य परिवर्तन भएको हो तर वैदेशिक रोजगारमा गएकाहरुले गन्तव्य परिवर्तन गर्दैमा समस्याको समाधान भने हुन नसक्ने निश्चित छ ।
कगmबलठडड२नmबष्।िअयm

No comments:

Post a Comment

पूर्वाधार अभावले पर्यटकीय क्षेत्र ओझेलमा

बागलुङ - पूर्वाधार अभावले यहाँको पर्यटन क्षेत्र ओझेलमा परेको छ । जिल्लाको पर्यटन विकास क्षेत्रको गुरुयोजना बन्न सकेको छैन । बजेट अनुत्पा...