Friday, July 17, 2009

गोली लागेर सप्तरीमा एकको मृत्यु, निश्चितकालीन कर्फयु

२ साउन । सशस्त्र प्रहरीको गोली लागेर सप्तरीमा एक स्थानीय बासिन्दाको मृत्यु भएपछि आक्रोशित बनेकाहरुले प्रदर्शन जारी राखेपछि स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फयु आदेश जारी गरेको छ । मध्यान्ह १२ बजेदेखि लागू हुने गरि राजविराज नगरपालिकाको नगर क्षेत्र, ईटहरी विष्णुपुरा क्षेत्रमा अनिश्चितकालीन कफर्यू आदेश जारी गरेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लाको ईटहरी विष्णुपुरामा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एकको मृत्यु भएको हो । भारतबाट रासायनिक मल लिएर आएका गाउँलेको प्रहरीले साइकल र मल कब्जामा लिएपछि स्थानीय बासिन्दाले विरोध प्रदर्शन गरेका थिए । प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर विष्णुपुरा ४ का अखिलेश यादवको मृत्यु भएको हो । गोली लागेर कृतानन्द साह, नरेन्द्र यादव, नरेन्द्रप्रसाद मेहता, पुनानन्द यादव र सुरेश यादव गम्भिर घाइते भएका छन् । प्रहरीको गोली लागी घाइते भएकाहरुको सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ । स्थानीय बासिन्दाले सखडाबाट गएको सशस्त्र प्रहरीको टोलीले एक्कासी गोली चलाएको बताएका छन् । प्रहरीले सबै गाउँले मिलेर प्रहरी कार्यालय घेराउ गरेर आक्रमण प्रयास गरेपछि गोली चलाउनुपरेको जनाएको छ ।

No comments:

Post a Comment

पूर्वाधार अभावले पर्यटकीय क्षेत्र ओझेलमा

बागलुङ - पूर्वाधार अभावले यहाँको पर्यटन क्षेत्र ओझेलमा परेको छ । जिल्लाको पर्यटन विकास क्षेत्रको गुरुयोजना बन्न सकेको छैन । बजेट अनुत्पा...