Wednesday, July 1, 2009

रेडक्रसद्वारा २०६ परिवार लाभान्वित


गोरखा १८ असार । अन्तरराष्ट्रिय रेडक्रस सोसाइटी आइसिआरसि को सहयोगमा नेपाल रेडक्रस सोसाइटीले साचालन गरेको लघु आर्थिक पहल परियोजनाअन्तर्गत गोरखा जिल्लामा रहेको द्वन्द्वपीडित परिवारमध्ये २०६ जना परिवार लाभान्वित भएको नेपाल रेडक्रस सोसाइटी गोरखाले जनाएको छ । द्वन्द्वको क्रममा चर्को मार खेपेको गोरखा जिल्लामा १८६ जना नागरिकले ज्यान गुमाएका थिए र अझै २६ जनाको अवस्था सार्वजनिक भएको छैन ।
पीडित परिवारले सानो लगानी गर्न नसकिरहेको अवस्थामा रेडक्रसले गरेको दस हजार बराबरको सहयोग अमूल्य भएको पीडित परिवारमध्येका गणेश श्रेष्ठले बताए । श्रेष्ठ द्वन्द्वको क्रममा कुटपिटबाट घाइते हुनु भई अपाङ्ग हुनुभएको थियो । रेडक्रसले दिएको सात वटा बाख्राबाट राम्रो आम्दानी गर्ने गरेको उनले बताए । राज्य पक्ष या अर्को पक्षबाट भएका घटनामा पीडित भएका तर आर्थिक हैसियत अति नाजुक भएका परिवारका लागि मात्र सहयोग गरिएको सोसाइटीका सभापति शुक्रराज पन्तले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

पूर्वाधार अभावले पर्यटकीय क्षेत्र ओझेलमा

बागलुङ - पूर्वाधार अभावले यहाँको पर्यटन क्षेत्र ओझेलमा परेको छ । जिल्लाको पर्यटन विकास क्षेत्रको गुरुयोजना बन्न सकेको छैन । बजेट अनुत्पा...