Thursday, October 29, 2009

ठेकी बनाउने पेशा अंगालेर बसेका गोरखाका स्थानीय मजदुर

विहानदेखि यो पेशामा तल्लिन रहेर धेरै ठेकी बनाएपछि गाउँ गाउँ डुलेर ठेकी बेच्नुपर्ने उनीहरुको दिनचर्या भइसकेको छ ।


प्रेमको प्रतीककारुपमा रहेको रानीमहलको बेहाल

सुमन वैरागी
पाल्पा १२ कात्तिक । प्रेमको प्रतिककोरुपमा रहेको नेपालको ताजमहलको नामले परिचित रानीमहल दिनप्रतिदिन जीर्ण बन्दै गएको छ । उचित संरक्षण र सम्बद्र्धनको अभाबमा उक्त ताजमहल रानीघाट दरबार कमजोर अवस्थामा पुगेको हो । तानसेन सदरमुकामदेखि २५ किलोमिटर उत्तर पश्चिम बौघागुम्बा गाविसको रानीघाटमा अबस्थित उक्त दरबार वि।स।१९४९मा निमार्ण भएको थियो । ऐतिहासिक र धार्मिकरुपमा प्रसिद्ध यो दरबारको संरक्षण नहुँदा त्यहाँका महत्वपूर्ण बस्क्तहरु चोरी भई विक्री समेत भएका छन् । यसले पुराना धरोहर र ऐतिहासिक एवं धार्मिकरुपमा चर्चित रानीघाट दरबारको अस्तित्व नै सङ्कटमा परेको छ । यो दरबारलाई बिश्व सम्पदा सूचीमा राख्नको लागि काम भइरहेको सरकारी कार्यालयले बताउँदै आएका छन् तर दरवार भने जीर्ण बन्दै गएको छ ।
खड्ग शमशेर राणाले आफ्नी पि्रय रानी तेजकुमारीको निधनपछि उनको सम्झनामा रानीघाट दरबार निर्माण गराएका थिए । एकसय १६ वर्ष पुरानो उक्त दरवार अहिले भने संरक्षणको पर्खाइमा धरासायी अबस्थामा रहेको छ । उनको रानीको अन्तिम ईच्छा अनुसार उक्त स्थानमा दरबार निमार्ण गरेका थिए । रानी महलको संरक्षण र मर्मत सम्भार एक पटक पनि राम्रोसँग हुन सकेको छैन । उक्त दरबार भित्र पाटीपौवा धारा र मन्दिरसहित रहेको छ ।
तर पाटीपौवा धारा र मन्दिर अहिले नचिनिने अबस्थामा पुगेका छन् । पाटी पौवा भित्र बुट्यानहरु छन् भने मन्दिर भित्र पनि झार र बनमारा उमि्रएका छन् । मन्दिर भित्रको मूर्ति र मन्दिरको गजुरसमेत चोरी भइसकेको छ । फलामबाट निमार्ण भएका मुर्ति तथा अन्य महत्वपूर्ण धातुबाट बनेका बस्तु हराएर गएका छन् । दरबारको भित्तामा यहाँ घुम्न आउने युवक युवतीका नाम कोरिएर बेरुप भएको छ भने दरबार निर्माणमा प्रयोग भएका काठहरुसमेत दाउरा बाल्न प्रयोग भइसकेका छन् ।
भारतको आग्रामा रहेको विश्व प्रसिद्ध ताजमहलसँग भावनात्मक र कलात्मक समानता रहेको यो पे्रमको प्रतीक करिब छ रोपनी जग्गामा फैलिएको छ । खड्ग शमशेरले बिबिध कारणले पाल्पा पश्चिम नेपालको अख्तियारी गर्न छोडेपछि दरबारको संरक्षण र उचितरुपमा रेखदेख हुनसकेको छैन । यसअघि जिल्ला विकास समिति पाल्पाले समान्यरुपमा दरबारको मर्मत सम्भार गरेपनि दरबार फेरि पुरानै जीर्ण अवस्थामा फर्किएको छ । धार्मिक पर्यटकीय र एतिहासिकरुपमा नाम कमाएको पाल्पाले पर्यटन विकासका लागि यो स्थानलाई समेत केन्द्र बनाउन सकिनेमा कसैको दुईमत छैन । राजधानी जोड्ने फास्ट ट्याकको रुपमा अहिले कालीगण्डकी राजमार्ग निमार्णकार्य भइरहेको छ । यो मार्गले कालीगण्डकीको छेउमा रहेको रानी महलमा पर्यटक भित्र्याउन सहयोग पुग्ने विस्वास लिइएको छ ।
यसले आगामी दिनमा उक्त दरबारको संरक्षणसमेत हुने त्यहाँका स्थानीय बासिन्दाहरुले आशा गरेका छन् । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिएमा रानी महलबाट पाल्पालगायत अन्य आसपासका जिल्लालाई पर्यटन विकासमा टेवा पुग्ने निश्चित छ । दरबारको संरक्षण भने अहिलेदेखि नै गर्दा पाल्पालाई मात्र होईन नेपाल र नेपालीलाई नै फाइदा हुने कुरामा कसैको असहमति भने छैन ।
पाल्पा गुल्मी र स्याङजाको सङ्गमस्थलमा रहेको रानीघाट दरबार अहिले बर्षको एक दिन पे्रम दिवसको दिन प्रेमीहरु यस स्थानमा तीन घण्टा हिडेरै भएपनि घुम्न र प्रेम साटासाट गर्न जाने गर्दछन् । यस बाहेक अन्य दिन पाल्पा र अन्य क्षेत्रका मानिसहरु यो स्थानमा घुम्न र दरबार अबलोकन गर्न जाने गरेका छन् । त्यहाँसम्म पुग्नलाई यातायातको सुबिधा नभएका कारण पर्यटकले यो स्थानमा अवलोकन गर्न जाने ईच्छा गर्दागर्दै पनि उनीहरु जान सकेका छैनन् ।

पूर्वाधार अभावले पर्यटकीय क्षेत्र ओझेलमा

बागलुङ - पूर्वाधार अभावले यहाँको पर्यटन क्षेत्र ओझेलमा परेको छ । जिल्लाको पर्यटन विकास क्षेत्रको गुरुयोजना बन्न सकेको छैन । बजेट अनुत्पा...