Friday, June 5, 2009

गच्छादार लगायत सात जना निष्कासन


काठमाडौँ २२ जेठ । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा शान्ति गणतन्त्र र स्थिरता नचाहने तत्वहरुले आफ्नो पार्टी फुटाउने षड्यन्त्र गरको बताउनुभएको छ । फोरमद्वारा आज यहाँ आयोजित पत्रकारसम्मेलनमा उहाँले नेपाली काङ्ग्रेस नेकपा एमाले तराई मधेस लोकतान्त्रिक पार्टी र सदभावना पार्टीले आफ्नो पार्टी फुटाउन खोजेको आरोप लगाउनुभएको हो । अध्यक्ष यादवले पार्टीविरोधी कि्रयाकलाप गरेकाले वरिष्ठ नेता विजयकुमार गच्छदारलगायत सात जनालाई आजै केन्द्रीय समितिको बैठकले निष्कासन गर्ने निर्णय गरेको जानकारी दिँदै अब फोरमले सरकारलाई दिएको समर्थन फिर्ता लिई विपक्षमा बस्ने बताउनुभयो । पार्टीको अनुशासन उल्लङ्घन गर्ने सभासद् र कार्यकर्तालाई पनि पार्टीको अनुशासन समितिद्वारा कारबाही अघि बढाइने बताउँदै उहाँले अलमलमा परेको कार्यकर्तालाई पार्टीमै फर्कन आह्वान गर्नुभयो ।
उहाँले मधेसविरोधी षड्यन्त्र गर्नेका विरुद्धमा सडक र सदनबाट सशक्त आन्दोलन गरिने जानकारी दिँदै तर शान्तिप्रकि्रया संविधान निर्माण र सङ्घीय लोकतन्त्रको संस्थागत विकासमा पार्टी प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा पार्टीका सह-अध्यक्ष जयप्रकाशप्रसाद गुप्ताले प्रधानमन्त्रीले सम्बन्धित पार्टीको सिफारिसमा मात्र मन्त्री नियुक्त गर्ने प्रावधान संविधानमा रहेको उल्लेख गर्दै यो सरकारको गठन असंवैधानिक पार्टी पद्धति र दलीय परम्परा उल्लङ्घन गरी अनैतिक तवरले भएको आरोप लगाउनुभयो । पार्टीको बहुमत सभासद् अझै पनि आफ्नै पक्षमा रहेको दाबी गर्दै सहअध्यक्ष गुप्ताले २८ जना सभासद्को हस्ताक्षरको प्रतिलिपि पत्रकारहरुलाई वितरण गर्नुभयो ।
उहाँले सरकारको न्यूनतम साझा कार्यक्रममा आफ्नो पार्टी अध्यक्षले हस्ताक्षर गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले आफ्नो पार्टीप्रति दोहोरो मापदण्ड अपनाई पार्टीलाई नसोधी विजयकुमार गच्छदारलाई उपप्रधानमन्त्री बनाएको आरोप पनि लगाउनुभयो । पार्टीभित्र दुईधार छ भन्ने भ्रम गच्छदारले पार्टीमा फैलाउने गरेको उल्लेख गर्दै सहअध्यक्ष गुप्ताले गच्छदारले विभिन्न लोभ र प्रलोभन दिएर सभासद्हरुलाई आफ्नो पक्षमा पारेको र त्यसमध्ये केही सभासद्ले यो कुरा महसुस गरी पाार्टीमा फर्किसकेको दाबी गर्नुभयो ।

No comments:

Post a Comment

पूर्वाधार अभावले पर्यटकीय क्षेत्र ओझेलमा

बागलुङ - पूर्वाधार अभावले यहाँको पर्यटन क्षेत्र ओझेलमा परेको छ । जिल्लाको पर्यटन विकास क्षेत्रको गुरुयोजना बन्न सकेको छैन । बजेट अनुत्पा...