Friday, June 19, 2009

मजदुर आन्दोलन चर्किएपछि आपतकालीन रुपमा विद्युत उत्पादन

दोलखा ५ असार । मजदुर आन्दोलन चिकर्ंदै गएपछि दोलखाको किर्नेटारस्थित ६० मेघावाट क्षमताको खिम्ती १ जलविद्युत आयोजनाले विगत छ दिनदेखि आपतकालीन रुपमा विद्युत उत्पादन गर्दैैआएको छ । खिम्ती १ जलविद्युत आयोजनाको व्यवस्थापनपक्ष हिमाल पावर लिमिटेडले आयोजनाको मूलद्वारमा आफैले तालाबन्दी गरी आइतबार रातिदेखि आपतकालीन रुपमा विद्युत उत्पादन गदैै्रआएको हो । आयोजनाले विद्युत उत्पादन गृहमा पाँच जना प्राविधिकहरु मात्र राखेर विद्युत उत्पादन गरिरहेको छ । आयोजनाका अनुसार विद्युत उत्पादनगृहमा हाल एक विदेशीसहित तीन जना इन्जिनियर र दुई जना अपरेटर मात्र रहेका छन् ।
मूलद्वारमा तालाबन्दी गरिएपछि हिमाल पावर लिमिटेडअन्तर्गतका कर्मचारीहरु आयोजना परिसरभित्र रहेका छन् भने खिम्ती सर्भिसेज् प्रालिअन्तर्गत आयोजनामा कार्यरत मजदुरहरु आयोजना परिसरमा प्रवेश गर्न पाएका छैनन् । हिमाल पावर लिमिटेडका महाप्रबन्धक टम सल्वर्गले तेस्रो पक्षसँग आबद्ध कर्मचारीहरुले विभिन्न माग राखी विद्युत उत्पादन कार्यमा अवरोध गर्न थालेपछि स्वयम् तालाबन्दी गरी आपतकालीन रुपमा विद्युत उत्पादन गर्न थालिएको बताउनुभयो ।
मजदुर आन्दोलनका कारण विद्युतगृहको सुरक्षा र राष्ट्रिय प्रसारण लाइनमा विद्युत आपूर्तिको निरन्तरतामा अवरोध सिर्जना हुनसक्ने भएकोले आपत्कालीन उपाय अवलम्बन गर्नुपरेको महाप्रबन्धक सल्वर्गको भनाइ छ । खिम्ती सर्भिसेज प्रालि नामक स्वतन्त्र सेवा प्रदायक कम्पनीमार्फत खिम्ती जलविद्युत आयोजनामा कार्यरत ८९ जना मजदुरले हिमाल पावर लिमिटेडका कर्मचारी सरहको तलब भत्ता तथा सुविधा पाउनुपर्ने हिमाल पावर लिमिटेडको सेयर पाउनुपर्नेलगायतका १३ बुँदे माग राखेर जेठ २९ गतेदेखि चरणबद्ध आन्दोलन गर्दैआएका छन् ।
जिफन्टअन्तर्गतको खिम्ती जलविद्युत नेपाल स्वतन्त्र केमिकल तथा आइरन मजदुर युनियनको आह्वानमा आन्दोलन भइरहेको हो । जेठको अन्तिम साता पूर्ण क्षमतामा अर्थात ६० मेघावाट विद्युत उत्पादन गर्दैआएको खिम्ती जलविद्युत आयोजनाले हाल ४० मेघावाट विद्युत उत्पादन गर्दैआएको छ । आयोजनाका सुपरभाइजर बलाराम अधिकारीले केही दिनदेखि सुख्खा बढेकाले पानीको बहावमा कमी आएपछि विद्युत उत्पादन अहिले ४० मेघावाटमा सीमित भएको जानकारी दिनुभयो ।

No comments:

Post a Comment

पूर्वाधार अभावले पर्यटकीय क्षेत्र ओझेलमा

बागलुङ - पूर्वाधार अभावले यहाँको पर्यटन क्षेत्र ओझेलमा परेको छ । जिल्लाको पर्यटन विकास क्षेत्रको गुरुयोजना बन्न सकेको छैन । बजेट अनुत्पा...