Tuesday, June 2, 2009

मोर्चाका अध्यक्षमा कृष्ण चेपाङ

गोरखा १८ जेठ । चेपाङ राष्ट्रिय मुक्ति मोर्चा नेपाल गोरखा जिल्लाको दोस्रो जिल्ला सम्मेलनले कृष्ण चेपाङको अध्यक्षतामा ३५ सदस्यीय जिल्ला कार्यसमितिको निर्माण गरेको छ । कार्यसमितिको उपाध्यक्षमा कमानिसं चेपाङ र सचिवमा कृष्ण चेपाङ रहनुभएको छ । पद बहालीपछि अध्यक्षले चेपाङ जातिको समस्यामा सधँै लडिरहने र अधिकार स्थापित गराउने बताउनुभयो ।

चेपाङ जाति अति पिछडिएको जाति हो । यिनी अझै पनि वनमा पाइने रिठा र भ्याकुर खाएर जीवन निर्वाह गर्ने गरिरहेका छन् । चेपाङ जाति सङ्गठित भएर हकअधिकार स्थापितका लागि लड्नु भनेको नेपालको इतिहासमा नै ठूलो उपलब्ध्ाि हो । जङ्गलमा नै बसोबास गर्ने यी जाति नयाँ मानिस देखेपछि गुफा र ओडारमा पस्ने गर्थे । अहिले चेपाङ जातिको एकजना सभासद्समेत भइसकेको छ । चेपाङ जातिकी सभासद् माया चेपाङले आफू चेपाङ हितकै लागि लड्न सभासद् भएको बताउनुभयो ।

No comments:

Post a Comment

पूर्वाधार अभावले पर्यटकीय क्षेत्र ओझेलमा

बागलुङ - पूर्वाधार अभावले यहाँको पर्यटन क्षेत्र ओझेलमा परेको छ । जिल्लाको पर्यटन विकास क्षेत्रको गुरुयोजना बन्न सकेको छैन । बजेट अनुत्पा...