Friday, June 19, 2009

कोइराला उत्तराधिकारी राष्ट्रघाती र अलोकपि्रय


कांग्रेसका एकथरि लोभीपापी र स्वार्थीहरु राजनीतिक रुपले शून्य विचारले टाट पल्टिएकी र राजनीतिक संस्कारबाट च्यूत भएकी सुजाता कोइरालालाई भारतीय नेत्री सोनिया गान्धीसँग तुलना गर्ने गर्छन् । विचार सिद्धान्त दृष्टिकोण र व्यवहार कुनै पनि मानेमा सोनिया गान्धी र सुजातासँग तुलना गर्न मिल्दैन । केवल नामको अगाडि ुसु सम्म मिल्छ । त्योभन्दा बढी तुलना गर्ने ठाउँ नै छैन ।
सुजाताको वास्तविक परिचय दिनुपर्दा उनलाई नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकी एक मात्र सुपुत्रीका रुपमा दिन सकिन्छ । २०११ असोज ९ गते जन्मेकी उनले भारत कोलकाताको शान्ति निकेतन स्कुलमा पढिन् । नोबेल पुरस्कार विजेता कवि रवीन्द्रनाथ टैगोरद्वारा स्थापित शान्ति निकेतन आदर्श दिने कहलिएको छ । सानी छँदा सुजाता पनि फुईं नगर्ने र शालीन स्वभावकी भनेर चिनिन्थिन् । उनको उच्च शिक्षा चाहिँ त्यति राम्रो हुन सकेन । भारतमा टेक्सटाइल डिजाइनिङको छमहिने डिप्लोमा गरेकी उनले केही समय यसैसम्बन्धी काम गरिन् ।
३० वर्षअघि जर्मन नागरिक नोवर्ट जोस्टसँग विवाह गरेपछि सुजाता जर्मनीमै बस्न थालिन् । उसबेला पिता प्रवासमै भएकाले फुपू इन्दिरा आचार्य र शैलजाकी आमाले काठमाडौंबाट उनको बिहे गरिदिएकी थिइन् । कृषि-अर्थमन्त्री नोबर्ट राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपीअन्तर्गत भारतमा काम गर्थे ।
जर्मनीको बर्लिनस्थित ह्यासमसमा रहेको एकतले घर सुजाता नोवर्टको स्थायी थलो थियो । ०४८ सालको चुनावअघि एकपटक नेपाल आएकी सुजाता करिब १५ दिनमै नेपालबाट फर्किइन् । पिता गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएपछि पनि उनी बेलाबेखत मात्र आउँथिन् । पिताको साथ लागेर विदेश भ्रमणमा जान्थिन् अनि जर्मनी नै फर्कन्थिन् ।
वर्तमान नोबर्ट जोस्टसँग सुजाताको औपचारिक सम्बन्ध के कस्तो रहेको छ त्यो त प्रस्ट छैन तर जानकार स्रोतका अनुसार जर्मनी सरकारका लिखितहरुमा हालसम्म उनी जर्मन नागरिक नै रहेको देखिन्छ । कतिसम्म भने तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हत्याएलगत्तै २०६१ माघ २३ गते बिहान भारततर्फ लुकेर भाग्नुअघि उनले आफ्नो जर्मन पासपोर्ट आफूले ुसेल्टरु बनाई आएको प्रहरीका एक सईको मैतीदेवीस्थित घरमा जलाएकी थिइन् । सूत्रका अनुसार अझै जर्मनी पासपोर्टको फोटोकपी उनका पूर्व सहायक कर्मचारीसँग रहेको बताइन्छ ।
जब सुजाता नेपालमै बस्ने उद्देश्यका साथ बालुटावार भित्रिछन् उच्चपदस्थ कर्मचारीहरुको सरुवा-बढवा राजनीतिक नियुक्ति र व्यापारीहरुसँग लेनदेनको काममा रुचि देखाउन थालिहालिन् । त्यतिाजेलसम्म उनमा खासै राजनीतिक महत्वाकांक्षी देखिएको थिएन । पाचायतकालमा प्रवासमा बस्दा कोइराला परिवारका थुप्रै सदस्यले राजनीतिमा चासो देखाएपछि सुजातामा त्यस्तो रुचि पटक्कै देखिँदैनथ्यो ।
बालुवाटारमा राजनीतिक मान्छेहरुसँग उठबस बढ्दै जाँदा राजनीतिबाट पैसा र शक्ति दुवै आर्जन हुने उनले बुझ्दै गइन् । त्यो महत्वाकांक्षा पलाउँदासम्म उनले आफ्नो नामका पछाडि पतिको थरबाट जोडिएको ुजोस्टुसमेत लेख्न छाडिसकेकी थिइन् । त्यससँगै उनले आफूलाई नोबर्ट जोस्टकी पत्नी होइन प्रधानमन्त्री गरिजाप्रसादकी छोरी सुजाता कोइराला भनेर चिनाउन थालिन् ।
सम्भवतः पिता कोइरालामा पनि उसैबेलादेखि आफ्नी छोरीलाई उत्तराधिकारी बनाउने सोच आइसकेको थियो । पिताकै सल्लाहअनुसार उनले राजनीतिक छवि निर्माण गर्न समाजसेवामार्फत सकि्रयता बढाइन् । त्यसको माध्यम बन्यो आफ्नी दिवंगत आमाको स्मृतिमा खोलिएको सुस्मा कोइराला मेमोरियल ट्रस्ट ।
सुजाता स्वयम् अध्यक्ष रहेर २०५० पुस १८ गते काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएको ट्रष्टमा स्वदेशी-विदेशी दाताबाट पैसा बटुल्न पिताको पद गतिलो आड बन्यो । पिता प्रधानमन्त्रीले पनि आफू निकटका व्यक्तिहरुलाई ट्रस्टमा बसिदिन आग्रह गरे । हुलासचन्द्र गोल्छा विनोदकुमार चौधरी चण्डीराज ढकाल पीयुषबहादुर अमात्यलागयतका उद्योगी-व्यापारीहरु र राष्ट्रिय वाणिज्य बैंकका तत्कालीन अध्यक्ष तिलक रावललाई समेत बनाइयो । प्रतिष्ठानको घुमाउरो बाटोबाट राजनीतिक छलाङ्ग हान्ने सुजाताको कोसिस अन्ततः अहिले आएर प्रभावी देखियो ।
सुजाता नेपाल आएलगत्तै २०४९ चैत १८ गते शानेवानिको युरोप क्षेत्रका लागि जनरल सेल्स एजेन्ट नियुक्त गर्ने सम्झौता गरिएको थियो । त्यसअनुरुप सुजाता र उनका जर्मनपति नोबर्टले गरेको सिफारिसअनुसार भारतीयमूलका बेलायती दिनेश धमिजाको फेयर कम्पनीलाई जीएसए बनाइएको थियो । तर त्यो रहेछ फर्जी कम्पनी । धमिजा प्रकरणबाट निगमलाई ३९ करोड ५० लाख रुपियाँ नोक्सानी भएको ०५८ सालमा दामोदर गौतमको अध्यक्षतामा गठित उच्चस्तरीय सुझाव प्रतिवेदनमा उल्लेख छ ।
धमिजासँग सम्झौता भएको करिब एक वर्षपछि निगमसँग रहेका दुईटा बोइङ-७२७ विमान जर्मनीमा लगेर बिक्री गरियो । त्यो पनि अत्यन्त कम मूल्यमा । ती दुई विमान बिक्री गरेदेखि नै निगमको दुरावस्था आरम्भ भएको हो । त्यसयता निगमको अन्तर्राष्ट्रिय उडानमा दुईवटा विमान मात्र छन् । उडिरहेको विमान बिक्री गर्ने त्यसबखतको निर्णयका पछाडि पनि सुजाताको नाम जोडियो ।
लाउडा विमान प्रकरणमा पनि ३८ करोड ९७ लाख ६७ हजार ३१ रुपियाँ अनियमितता भएको ठहर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको थियो । लाउडा विमान भाडा सम्झौता गर्नुअघि सुजाताले तत्कालीन पर्यटनमन्त्री तारणीदत्त चटौतकी पत्नीलाई हरिभक्त श्रेष्ठमार्फत ५ लाख मात्र दिइएको थियो ।
सरकारी ठेक्का नियुक्ति र सरुवा-बढुवा मात्र होइन पिता शक्तिमा भएका बेला विदेशी कम्पनीहरुलाई नेपालमा कारोबार गर्ने वातावरण मिलाएर ठूलै सेयरसमेत हात पारिन् सुजाताले । सुजाताको अगुवाईमा साचालित सुस्मा कोइराला मेमेरियल ट्रस्टका गतिविधि पनि विवादरहित छैनन् । काठमाडौंकै साँखुमा देखिएको एउटा विवादास्पद निर्णयलाई हेरौं - त्यहाँ अस्पतालका लागि भनेर कित्ता नम्बर १८२ अन्तर्गत रहेको एक सय १६ रोपनी १० आना सार्वजनिक जग्गामध्ये ८२ रोपनी ट्रस्टलाई प्रयोग गर्न दिने निर्णय २०५३ पुस २५ गते मन्त्रिपरिषद्बाट गराइयो । त्यसबाट स्थानीय बासिन्दाको गौचरन खेलमैदान पानीघाटदेखि चिहानसम्म ट्रस्टमा पर्न गयो ।
ट्रस्टको इन्टरप्लास्ट जर्मनी हनीसँग भएको सम्झौताअनुसार सुरुमा सरकारकै स्वामित्वमा रहने गरी कोषलाई अस्पताल निर्माण गर्न उक्त सार्वजनिक जग्गा प्रयोग गर्न दिइएको थियो । तर २०५६ जेठ ३० गतेको मन्त्रिपरिषद् बैठकबाट ४९ वर्षका लागि निःशुल्क भाडामा प्रयोग गर्न अर्काे निर्णय गराइयो । त्यतिबेला प्रधानमन्त्री गिरिजाप्रसाद नै थिए ।
साँखु गाउँ विकास समितिले त्यस निर्णयविरुद्ध मुद्दा हालेपछि आठ वर्ष लामो कानुनी लडाइँबाट ०६१ जेठ २७ गते सर्वाेच्च अदालतले सरकारी निर्णय उल्टाइदियो । ुसार्वजनिक जग्गा छोरीलाई दाइजो दिन पाइँदैनु भनेर गाविसले गरेको दाबी अदालतले सही सावित गरिदियो । सुजातासँगै जोडिएका जनघाती र राष्ट्रघाती यस कार्यहरु अनगिन्ती छन् । काण्डकाण्डको पहाडमा चढेर राष्ट्रमा लूट आतंक मच्चाउने सुजाताको राजनीतिक उत्थानले मुलुक कहाँ पुग्ने हो प्रश्न गम्भीर रुपमा खडा भएको छ । त्यस्तै-यस्तै विवादास्पद सुजाता कसरी कांग्रेसको उत्तराधिकारी हुन्छिन् जवाफ अनुत्तरित बनेको छ ।
सुजाताले २०५१ सालमा सुनसरी-१ का क्षेत्रीय सभापति विनोद राईबाट नेपाली कांग्रेसको साधारण र कि्रयाशील सदस्यता लिएकी हुन् । सुजाता २०५६ सालको आमचुनावमा सुनसरीबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न खोजेकी थिइन् तर पाइनन् । त्यसपछि २०५७ माघमा पोखरामा सफल कांग्रेस महाधिवेशनमा केन्द्रीय सदस्य लड्नका लागि सुनसरी जिल्ला सभापति रामहादुर बस्नेतबाट १० वर्षदेखि कि्रयाशील रहेको सिफारिस त बनाइन् तर शैलजा आचार्य र नोना कोइरालासम्मले विरोध गरेका कारण उम्मेदवारी दिनबाट विाचत भइन् । २०६३ भदौमा काठमाडौंमा सम्पन्न महाधिवेशनबाट चाहिँ केन्द्रीय समितिमा पुग्ने उनको धोको पूरा भयो । केन्द्रीय सदस्य बनेपछि उनी पार्टी विदेश विभागको प्रमुख पनि भइहालिन् । अन्तरिम संसद्को गठनसँगै सांसद बिनाविभागीयमन्त्री र हाल परराष्ट्रमन्त्री बन्न सफल भइन् । अब उनको इच्छा प्रधानमन्त्री बन्ने रहेको छ । यस्तो नेत्री प्रधानमन्त्री भएमा यो मुलुकको हालत के होला आमनेपाली जनताको जिज्ञासाको विषय बनेको छ ।


सुजाताका रोचक र राष्ट्रघाति प्रसंग
धएउटा पस्र किन्नका लागि ३÷४ हजारसम्म खर्च गर्ने
धचश्मा किन्नका लागि ६० हजार खर्च गर्ने
धहातेब्याग किन्नका लागि एक लाख ३४ हजार खर्चने
धछोरी मेलानी जोस्टको विवाह भोजमा ६५ लाखभन्दा बढी खर्च गरेको
धरक्तचन्दनको अवैध व्यापारमा संलग्न
धमानव तस्कर र धर्मपुत्र-पुत्री बेचबिखनमा कि्रयाशील
धसुष्मा कोइराला मेमोरियल ट्रस्टका नाममा उठाएको रकमबाट किनेको मण्डिखाटारको घर शशि अग्रवालको नाममा राखेको ।
धआफू चढ्ने स्यान्ट्रो कार पनि किशोर खनालको नाममा राखेको
धपद पैसा र रक्सीप्रति हुरुक्कै
धराष्ट्र राष्ट्रियता र जनताप्रति रत्तिभर चासो र माया नराख्ने
धछोरी मेलानी र छोरा आन्द्रेईका लागि करोडौं सम्पत्ति थुपार्न व्यस्त
धबेलायतस्थित नेपाली राजदूतावास भवन बेच्ने चलखेलमा व्यस्त
धभारतले नेपाली भूमि मिचेर आफ्नो भू-भागबाट नेपालीलाई विस्थापित गराउँदासमेत भारतले नेपाली भू-भाग मिचेको छैन भनेर निर्लज्जतापूर्वक भारतीय विस्तारवादको समर्थन गरी नेपाली राष्ट्रियतप्रतिको घोर अपमान गरेको ।

No comments:

Post a Comment

पूर्वाधार अभावले पर्यटकीय क्षेत्र ओझेलमा

बागलुङ - पूर्वाधार अभावले यहाँको पर्यटन क्षेत्र ओझेलमा परेको छ । जिल्लाको पर्यटन विकास क्षेत्रको गुरुयोजना बन्न सकेको छैन । बजेट अनुत्पा...