Tuesday, May 5, 2009

दुर्घट्नामा परेका प्रेम सुनार ४ महिनादेखी युएईका हस्पिटलमा


मई, २ दुबई




-->

दुबईको फार्मीक एकेडमी नामक कम्पनीमा काम गर्दै आएका नेपालगंज निवासी प्रेम प्रसाद सुनार २४ जनवरी को डिउटी जाने क्रममा गाडी दुर्घट्नामा परी ४ महिना देखी रशिद हस्पिटलमा इलाज गराउदै आएका छन् ।हस्पिटलका डाक्टर को रिपोर्ट अनुसार उहाको कम्मर देखी तलको भाग चल्दैन डाक्टरले हन्ड्रेड प्रसेन्ट डिसएविलीटी भएको रिपोर्ट दिएको छ उहाको रेखदेख को लागी राजदुतावासको सिफारिस मा निज सुनारकी श्रीमती आसा बिकलाई एक महिनाको लागी बोलाइएको थियो श्रीमान लिन भनेर आएकी आशा बि.क एकमहिना बस्दा पनि उनको स्वास्थ्य मा कुनै सुधार नभएपछि एक्लै फर्किन परेको हो २/५/०९ का दिन नेपाली समाजका पुर्व अध्यक्ष कृष्ण ढकाल र पत्रकार महासंघ युएईका उपाध्यक्ष मान बहादुर थापा ले प्रेम सुनार को अवस्था बुझ्नु को साथै केहि संघसंस्थाका सदस्यहरुबाट उठेको रकम बुझाएको हो ।प्रेमको अवस्था बुझ्दा अझै लामो समयसम्म ट्रीटमेण्ट गराई रहनु पर्ने डक्टर को रिपोर्टमा जनाएको छ । प्रेम सुनार गुनासो गर्छन् अहिले सम्मत श्रीमतीले बुझ्दै आएकी थिइन् मलाई केहि जानकारी छैन म उठ्न पनि सक्दिन युएइमा थुप्रै संघसंस्था हरु छन् भन्ने सुन्छु तर अहिले सम्म दुर्गालाल शर्मा र धर्मेन्द्र यादव लगायत केहि मित्रहरु आउनु भएको थियो भने राजदुतावास बाट इब्राहिम अन्सारी आउनु भएको थियो त्यसपछि तपाईहरुनै हो भन्दै गुनासो पोखे ।राजदुतावास मा पनि धेरौ चोटी राजदुत सर र अरु कर्मचारीहरुलाई फोन गरको थिंए तर कुनै रेस्पोन्स आएन । मेरि श्रीमतीले पनि धेरै चोटी सम्पर्क गरीन तर राजदुतावास बाट कुनै सहयोग हुन सकेन । दुतावासले चासो देखाएमा छिटै स्वदेश फर्किन सक्थें भन्ने उनको गुनासो थियो । प्रेम सुनार भन्छन् घरको आर्थिक अवस्था कमजोर छ मेरो कमाईले ३ बच्चा र श्रीमती पालीएका थिए अव कम्पनीको इन्सोरेन्स बाट केही पाएमा नेपालमा गएर मेरो इलाज गराउनुका साथै बच्चाहरुको पढाईमा सहयोग हुने थियो भन्ने दुखेसो उनको रहेको छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete

पूर्वाधार अभावले पर्यटकीय क्षेत्र ओझेलमा

बागलुङ - पूर्वाधार अभावले यहाँको पर्यटन क्षेत्र ओझेलमा परेको छ । जिल्लाको पर्यटन विकास क्षेत्रको गुरुयोजना बन्न सकेको छैन । बजेट अनुत्पा...