
काठमाडौं, बैसाख २३/एमाले उपाध्यक्ष विद्यादेवी भण्डारीले भावी सरकारको नेतृत्वका लागि आफ्नो दलले वरिष्ठ नेता माधवकुमार नेपालको नाम प्रस्ताव गर्ने बताएकी छन् । बुधबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै लामो अनुभव र विवादरहित व्यक्तित्व भएकाले नेपालको नाम अगाडि सार्न लागिएको बताइन् ।"माधवकुमार नेपाल सबैलाई मिलाएर लानसक्ने क्षमताका हनुहुन्छ," भण्डारीले भनिन्, "हाम्रो पार्टी सर्वसम्मत रुपमा नाम प्रस्ताव गर्न लागेको हो ।" पार्टीभित्र प्रधानमन्त्रीका लागि उपयुक्त तीनजना व्यक्तित्वहरू हुनुभएको बताइन् । उनले भनिन्, "केपी ओली, माधव नेपाल र झलनाथ खनाल देशलाई हाँक्न सक्षम हुनुहुन्छ ।"उनले माओवादी नेतृत्वमा सरकार बन्न नसक्ने बताइन् । एमालेको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने उनको भनाई थियो । माओवादीले सदन अवरुद्ध गरेर सरकार गठनको बाटो थुनेर अस्थिरता ल्याउन खोजेको आरोप लगाइन् । माओवादी अध्यक्ष प्रचण्डले लोकतान्त्रिक अभ्यासअर्न्तगत सजिलै सत्ता छाडेको र सदनमा पनि लोकतान्त्रिक अध्यास गर्न आग्रह गरिन् ।माओवादी गतिविधि सत्ता कब्जाकै उद्देश्यमा रहेको भन्ने प्रचण्डको टेपकाण्डले प्रमाणित गरेको बताइन् । राष्ट्रपति डा.रामवरण यादवले उपयुक्त कदम चालेर देशलाई सम्भावित दुर्घटनाबाट जोगाएको बताइन् । उनले भनिन्, "राष्ट्रपतिले देशलाई दुर्घटनाबाट बचाउनुभयो, उहाँको कदमको आलोचना गर्नु ठिक होइन ।"नेकपा माओवादीका सचिवालय सदस्य वर्षमान पुनः अनन्तले आफ्नो दलले जनसरकार पुनर्जीवित गर्ने र भिन्न विचार राख्नेमाथि आक्रमण गर्ने कुनै नीति नबनाएको बताएका छन् । आफ्नो पार्टीले नीतिविपरित जाने जोकोहीमाथि कारबाही गर्ने बताए । उनले भने, 'हामी भिन्न दलका कार्यकर्तालाई विचारका आधारमा आक्रमण गर्ने र गाउँ छाड्न लगाउने नीति छैन, जनसरकार पुनर्जीवित गर्ने नीति पनि छैन । ' रामेछापमा अन्य दलका कार्यकर्तालाई गाउँ छाड्न उर्दी जारी गर्ने पार्टी जिल्ला सहइञ्चार्ज राजन दाहाललाई त्यस क्षेत्रका इञ्चार्ज अग्नि सापकोटामार्फत् स्पष्टीकरण लिइसकेको बताए ।अनन्तले आफूहरूसंग ३५ हजार जनसेना रहेकोमा अनमिनले १९ हजार लाई प्रमाणिकरण गरेको विषय नै आधिकारिक भएको बताए । प्रचण्डको टेपकाण्डमा संख्याको विषयमा आएको अभिव्यक्ति जे भए पनि प्राविधिक रुपमा संख्या त्यही रहेको बताए । उनले एक लाख जनमिलिसिया रहेकोमा बिघटन गरिसकिएको बताए । प्रचण्डको भनाई गलत हो त भन्ने प्रश्नमा भने, "म त्यसमा जान चाहन्न तर हामीसँग ३५ हजार जनसेना छन्, अनमिनको प्रमाणिकरणमा १९ हजार परेका हुन् ।"टेपकाण्ड प्रायोजित रुपमा आएको र त्यसबाट शान्ति प्रक्रियाबाट माओवादीलाई विचलित बनाउने प्रयास भइरहेको बताए । टेपकाण्ड सार्वजनिक गरेकै आधारमा कुनै पनि मिडियामाथि आक्रमण गर्ने नीति नरहेको र कसैले गरेको भए कारबाही गरिने बताए । राष्ट्रपति डा.रामवरण यादवले सेनाका विषयमा चालेको कदम असंवैधानिक भएको बताए । राष्ट्रपतिले निर्णय नसच्याएसम्म सदन चल्न नदिने बताए । उनले भने, "राजा महाराजाको शैलीमा राष्ट्रपतिले संविधान बाहिर गएर लोकतन्त्र विपरितको काम गर्नुभएको छ, उहाँले सच्याउनु पर्छ ।"नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा.रामशरण महतले माओवादी राज्यसत्ता कब्जा गर्ने योजनाबाट असफल भएको बताए । प्रचण्डको टेपकाण्डबाट योजनाको वास्तविकता उजागर भएको बताउँदै भने, "सेनालाई नियन्त्रणमा राखी सत्ता कब्जा गर्ने नियतलाई राष्ट्रपतिको कदमले असफल बनाइदिएको छ ।" राष्ट्रपतिप्रति सबै कृतज्ञ हुनु पर्ने बताउँदै विरोध गर्नुको तुक नरहेको बताए । माओवादी जनसेनाको संख्यालाई बढ्नुमा अनमिनको असक्षमता दोषी भएको बताए । अनमिनको गल्तीले सात हजारको सङ्ख्यामा रहेको जनसेना १९ हजारमा पुगेको बताए । उनले भने, "माओवादी जनसेनाको सङ्ख्या बढ्नुमा अनमिनको असक्षमता दोषी छ ।"माओवादीसँग हतियार रहेकाले समस्या रहेको बताए । देशमा कानुनसम्मत बाहेकको हतियारको अवस्था रहन दिन नहुने बताए । उनले भने, "देशलाई हतियारमुक्त बनाउनुपर्छ ।"वातावरण, विज्ञान तथा प्रविधिमन्त्रीसमेत रहेका नेकपा संयुक्तका अध्यक्ष गणेश शाहले नेपाली काङ्ग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने बताए । माओवादीले सरकारको नतृत्व त्यागी सकेपछि दोस्रो ठूलो दलका रुपमा काङ्ग्रेस अगाडि आउनुपर्ने बताए । उनले भने, "काङ्ग्रेसले सरकार बनाउनु पर्छ, अरु दललाई टाउकामा टेकाएर हल्लाउने नीतिमा काङ्ग्रेस रहनुहुदैन, आफैँ सरकारको नेतृत्वका लागि अघि सर्नुपर्छ ।" राष्ट्रपति डा.रामवरण यादवले सेनापतिलाई पुनर्स्थापित गरेर असंवैधानिक काम गरेको बताए । उनले भने, "राष्ट्रपतिको हस्तक्षेपले विवाद उब्जाएको छ ।"नेपाली सेनाका पूर्व सहायकरथी केशरबहादुर भण्डारीले प्रचण्डको टेप प्रकरणले सत्ता कब्जा गर्ने नियतको भण्डाफोर भएको बताए । यद्यपि अहिलेको समयमा टेप प्रकरणलाई बढी उचालेमा शान्ति प्रक्रियामा थप चुनौती आउने बताए । दलहरू संयम भएर शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन लाग्नुपर्ने बताए । नेपाली सेनाले सधै सरकारको आदेश पालना गरेको उल्लेख गर्दै सेनापति रुक्माड्गत कटवाल पनि सोही अनुरुप क्रियाशील रहेको बताए । अहिले सेनापति को हो भन्ने प्रश्नमा उनले भने, "रुक्माड्गत कटवालनै सेनापति हुनुहुन्छ भन्नेमा कुनै दुविधा नराखे हुन्छ ।"
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete