Wednesday, May 20, 2009

वैदेशिक रोजगार पीडित - प्रहरीबाटै पीडित

इटहरी 6 जेठ । आकर्षक तलबको लोभमा विदेश पुगेर हैरानी व्यहोरेर आफ्नो घर आएका वैदेशिक रोजगारका पीडितहरु प्रहरीबाट पुनःपीडित बन्न पुगेका छन् । धरान ९ का प्रकाश श्रेष्ठ र धरान ९ का सीतल तुलाधार धरान नगरका विभिन्न वडाका ३० जनालाई सिङ्गापुरको पानीजहाजमा आकर्षक तलबसहित रोजगार दिलाई दिने आश्वासनसहित त्यहाँ पुर् याए पनि उनीहरुले रोजगार नपाएपछि दुःख पाएर धरान फर्केका थिए ।
मुस्किलले आफ्नो घर आएका पीडितले इलाका प्रहरी कार्यालय धरानमा रोजगारमा लैजाने मानिससँग आफ्नो डुबेको पैसा असुल्नका लागि दिएको उजुरीमा रोजगारमा लैजाने प्रकाश श्रेष्ठका बाबु गोपाल र सीतल तुलाधरकी दिदी सीताले आपुूहरुले पैसा फिर्ता दिने सहमतिसहित कागजमा हस्ताक्षर गर्न लाग्दा प्रहरी निरीक्षक रवी रावलले रोकेपछि पीडितहरु झन पीडित बन्नु परेको बताएका छन् ।
प्रहरी निरीक्षक रावलले पीडितलाई गालीगलौज गरी इलाका प्रहरी कार्यालय परिसरबाट बाहिर निकालेको र मिलिसकेको मुद्दालाई पनि लिखित कागजातमा हस्ताक्षर गर्न रोकेर पीडितलाई थप पीडा दिएको पीडितमध्येका मोहम्मद जावेदले बताए । प्रहरी निरीक्षक र प्रहरी नायब निरीक्षकको कारण वैदेशिक रोजगारका लागि भनेर दिइएको ३० जनाको रु।४६ लाख ४३ हजार तिर्न तयार भएका रोजगारमा लैजाने प्रकाशका बाबु गोपाल र सीतलका दिदी सीतालाई उक्साएर प्रहरीले कागजातमा हस्ताक्षर गर्न नदिएको आरोप पीडितहरुको छ ।
आपुूहरुमाथि प्रहरीले थप अन्याय गरेको भन्दै क्षेत्रीय प्रहरी इकाई कार्यालय धरानमा पुनः कारबाहीका लागि निवेदन गरेपछि क्षेप्रइका धरानले सो मुद्दा मिलाउनका लागि वडा प्रहरी कार्यालय धरानलाई जिम्मेवारी दिइएको पीडित धरान १९ का गङ्गा क्षेत्रीले बताए । पीडित धरान ८ का किरण श्रेष्ठका अनुसार उनीहरुलाई लैजाने दुवै जना सिङ्गापुरमा नै रहेकाले आपुूहरुले उनीहरुका अभिभावकलाई छोरा र भाइले डुबाई दिएको रकमको कुरा गर्दा स्वयम् उनीहरुले प्रहरीमा गएर मिलापत्र गर्ने र पैसा फिर्ता गर्ने सहमति बनेको थियो ।


No comments:

Post a Comment

पूर्वाधार अभावले पर्यटकीय क्षेत्र ओझेलमा

बागलुङ - पूर्वाधार अभावले यहाँको पर्यटन क्षेत्र ओझेलमा परेको छ । जिल्लाको पर्यटन विकास क्षेत्रको गुरुयोजना बन्न सकेको छैन । बजेट अनुत्पा...