Wednesday, May 13, 2009

नारायणहिटीका छानामा विषालु खनिज


बिहिवार
काठमाडौं वैशाख ३१ नारायणहिटीस्थित परराष्ट्र मन्त्रालयका हरिया छाना टिनका ठान्नुभयो भने तपाईं गलत हुनुहुनेछ । ती १९७०-८० को दशकमा युरोप-अमेरिकामा प्रतिबन्धित विषालु खनिज 'एस्बेस्टोस' बाट बनेका हुन्। १९७२ मा निर्मित पूर्वराजदरबार सचिवालय रहेको यो भवनमा तिनै एस्बेस्टोसका छाना प्रयोग भएका छन् । 'हामीले जस्ता टिन छाएको ठानेका थियौं' परराष्ट्रका एक अधिकारीले भने 'तर हानिकारक एस्बेस्टोसले बनाइएको रहेछ।' यो सिमेन्टबाट बनाइएको पातलो टायलजस्तो देखिन्छ तर जस्ताजस्तो खण्डखण्ड परेको हुन्छ ।स्रोतका अुसार भवनको माथिल्ला सबै छाना यही विषालु खनिजका हुन् । तर पूर्व राजा ज्ञानेन्द्रको सचिवालयकक्ष प्रवेशद्वारा र मुख्य ढोका सामुन्नेका गरी दुई वटा स-साना छाना भने टिनले छाएका छन् । काठको धुलोबाट भेनेस्टा बनाएझैं एस्बेस्टोसका धुलो मेसिनले पेलेर जस्ताकै आकारमा बनाइन्छ र छानालगायत निर्माण कार्यमा प्रयोग गरिन्छ ।ताप विद्युत र रासायनिक परिवर्तन प्रतिरोधी भएकाले १९ औं शताब्दीको अन्त्यदेखि युरोप-अमेरिकाका निर्माण व्यवसायीमा यो निकै लोकपि्रय थियो । २०२८ माघमा राजा महेन्द्रको निधनपछि उनका छोरा वीरेन्द्रले उक्त सचिवालय भवन निर्माण गराएका थिए । राजदरबारका एक पूर्वकर्मचारीका अनुसार आगोले नखाने खिया नलाग्ने र बढी टिकाउ हुने भएकाले सचिवालय भवनको छानामा यसको प्रयोग गरिएको थियो । १९७० को सुरुतिर युरोप÷अमेरिकामा निर्माणजन्य सामग्रीका रुपमा एस्बेस्टोसको प्रयोगले मानव स्वास्थ्यमा प्रतिकुल असर पार्छ भनेर वातावरण संरक्षकहरुले अभियान चलाउन थालेपछि उनीहरुले नेपालजस्तो तेस्रो मुलुकमा सहयोगस्वरुप दिएको हुनसक्ने उनले बताए ।उनका अनुसार राजधानी लगायत देशका तीन÷चार दशक पुराना भवनहरुमा यसका छाना प्रयोग गरिएका छन् । यद्यपि नेपालमा यो कहिलेदेखि भित्रियो भनेर कसैले एकिन गरेनन् ।'त्यतिबेला बाढी पहिरो भुइचालोजस्ता दैविकप्रकोपका बेला सहयोग स्वरुप विभिन्न देशले यस्ता सामग्री दिएका हुन्थे' उनले भने 'ती भवन निर्भाण स्कुल पौवाहरु बनाउन प्रयोग हुन्थ्यो।'भौतिक योजना तथा निर्माण मन्त्रालयका प्रवक्ता हरी प्रसाद शर्माका अनुसार जस्ता पाताभन्दा सस्तो तर बलियो हुने गरेकाले विगतमा यस्तो निर्माण सामग्रीको प्रयोग भए पनि अहिले यो आयात नहुने जानकारी दिए ।'किनेर पनि ल्याइयो होला सहयोग स्वरुप पनि आएको हुन सक्छ' उनले भने 'जे होस् पुराना भवनहरुमा यसको छाना प्रयोग भएको पाइन्छ।'स्वास्थ्य सेवा विभागका महानिर्देशक गोविन्द ओझाले आगो-प्रतिरोधी र टिकाऊ हुने भएकाले यसको प्रयोग गरिएको हुन सक्ने उल्लेख गर्दै मानव स्वास्थ्यका दृष्टिले यो हानिकारक भएको बताए ।भक्तपुर क्यान्सर अस्पत्तालका निर्देशक राजेन्द्र बरालका अनुसार यसको संक्रमणबाट मेजोथेलियामा नामक अत्यन्त खतरनाक क्यान्सर हुने संभावना अत्यधिक रहन्छ । यो क्यान्सर लागिसकेपछि सामान्यतः निको हुदैन ।एस्बेस्टोसको संक्रमण भइसकेपछि शरीरबाट हटाउन अहिलेसम्म सकिएको छैन । 'शरीरसम्म यसको संक्रमण भएमा मेजोथेलियमा जस्तो घातक क्यान्सरका साथै अन्य रोग लाग्ने संभावना ज्यादै हुन्छ' उनले भने 'तर सितिमिति यसको संक्रमण भइहाल्दैन।'युरोप र अमेरिकातिर प्रतिबन्धित भए पनि आगो प्रतिरोधी यो खनिज अझै कुनै-कुनै निर्माण सामग्रीमा प्रयोग गर्ने गरिएको उनले जानकारी दिए। आगालागी भएर वा पुरानो भएर छाना खिइन थालेपछि त्यसको कण स्वासप्रश्वासका माध्यमबाट मानव शरीरसम्म पुगेमा त्यसले गम्भीर रोगहरु निम्त्याउन सक्नेछ । झण्डै चार दशक अघि निर्मित परराष्ट्र मत्रालयको छानोको अवस्थाबारे आफूहरुले नबुझेको त्यहींका एक अधिकारीले जानकारी दिए । 'हामी धुरीमा गएका छैनौं अहिलेसम्म त्यो टुटे-फुटेको देखिएको छैन' ती अधिकारीले भने ।विशेषज्ञहरुका अनुसार सामान्य छानामुनी बसेको भन्दा त्यसको छाना मुनी बस्नेलाई क्यान्सर हुने खतरा कम्तिमा सात गुना बढी हुन्छ । धुलो उडेर आयो भने त्यसले सोझै फोक्सोमा संक्रमण गर्छ र क्यान्सर हुने संभावना हुन्छ ।विकिपेडियाका अनुसार एस्बेस्टोस त्यस्तो विशेष प्रकारको सिलिकेट खनिज हो सामान्यतः यसको अर्थ 'नबिग्रिने र जादुमयी खनिज' भन्ने हुन्छ । वैज्ञानिकहरुले ६ प्रकारका खनिजलाई एस्बेस्टोसका रुपमा व्याख्या गरेका छन् । 'एस्बेस्टोसका कणहरु शरीरमा पुगेपछि कहिल्यै हटाउन सकिँदैन । यसका कारण ती कण छिट्ट शरीरका तन्तुहरुमा प्रवेश गर्छ र क्यान्सर न्यूमोकोनियोसिस लगायत घातक रोग लाग्न सक्छ । श्वासप्रश्वासका माध्यमबाट यो सोझै फोक्सोमा पर्ने भएकाले क्यान्सर हुने संभाबना बढी हुन्छ' विश्वकोषले लेखेको छ ।२००१ सेप्टेम्बर ११ मा वल्र्ड ट्रेड सेन्टरमा आतंककारी आक्रमण भएपछि त्यसको भग्नाबशेष एस्बेस्टोसका कारण हुने प्लुरल मेसोथेलियमा रोग देखा परेको थियो । दोस्रो विश्वयुद्धका बेला पानीजहाज कारखानामा काम गर्ने मजदुरहरुलाई एस्बेस्टोस क्यान्सर देखिएको थियो ।१९७६ मा अमेरिकी कंग्रेसले एउटा कानुन बनाई यस्ता विखालु पदार्थलाई नियमन गर्न कानुन बनाए पनि यो पूर्णत बन्द भएन । १९८९ मा वातावराण संरक्षण एजेन्सीले यसको उपयोगमाथि प्रतिबन्ध नै लगायो । युरोपेली संघले पनि यसमा प्रतिबन्ध लगाइसकेको छ । रुसलगायत केही मुलुकले भने यसको यो खनिज प्रशोधन अझै जारी राखेका छन् जसबाट कम्तीमा ३ सयभन्दा बढी निर्माण सामग्री उत्पादन गर्ने गरिन्छ ।

1 comment:

  1. HAVE YOU DEPOSIT YOUR LOAN TRANSFER FEES 520 USD ?

    ReplyDelete

पूर्वाधार अभावले पर्यटकीय क्षेत्र ओझेलमा

बागलुङ - पूर्वाधार अभावले यहाँको पर्यटन क्षेत्र ओझेलमा परेको छ । जिल्लाको पर्यटन विकास क्षेत्रको गुरुयोजना बन्न सकेको छैन । बजेट अनुत्पा...