
काठमाडौँ, बैशाख २३/प्रधानमन्त्री एवं एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आजदेखि फेरि राजनीतिक तथा कुटनीतिक भेटघाटलाई तिब्रता दिएका छन् । प्रधानमन्त्री र एमाले अध्यक्ष झलनाथ खनालबीच विहान भएको भेटमा सहमतिको सरकार गठन गर्ने विषयमा छलफल भएको छ । खनाल निवास डल्लुमा बिहान भएको भेटमा नयाँ सरकार गठनको विषयमा छलफल भएको हो । भेटमा प्रधानमन्त्रीले राष्ट्रपतिको कदम नसच्चिएसम्म नयाँ सरकार गठनको बिषयमा सोच्न नसकिने बताए । एमाले अध्यक्ष खनालले नयाँ सरकार गठनको लागि सहयोग गर्न प्रधानमन्त्री एवं एकीकृत माओवादीका अध्यक्षसंग आग्रह गर्नुभएको थियो । भेटमा राष्ट्रपतिको कदम, सत्ता समिकरण र शान्ति प्रकृयाका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार ओम शर्माले जानकारी दिए ।यसैगरी दुइ पार्टीबीच पछिल्लो समयमा देखापरेका आपसी मतभेद हटाउने विषयमा समेत छलफल भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र युरोपेली युनियनका राजदुतहरुबीच पनि आज भेटवार्ता छ । भेटमा नेपालको तरल राजनीतिक अवस्थाका बारेमा राजदुतहरुले गम्भीर चिन्ता र चासो प्रकट गरेको प्रधानमन्त्रीका वैदेशिक मामिला सल्लाहकार हिराबहादुर थापाले जानकारी दिनुभयो । प्रधानमन्त्रीले संविधान निमार्ण र शान्ति प्रक्रिया समयमै टुङ्गोमा पुग्ने भन्दै आस्वस्त हुन आग्रह गर्नुभएको थियो । मन्त्रीपरिषद तथा प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भएको छलफल झण्डै आधा घण्टा चलेको थियो ।पछिल्लोपटक सार्वजनिक भिडियो टेपका बारेमा स्पष्टिकरण दिन प्रधानमन्त्री तथा एकिकृत माओवादीका अध्यक्ष प्रचण्डले आज पत्रकार सम्मेलन गर्दैछन् । पत्रकार सम्मेलन दिउँसो ४ बजे माओवादी संविधानसभा दलको कार्यालयमा हुँदैछ । सरकार छोडे लगत्तै माओवादीको भित्री रणनीतिका सम्बन्धमा अध्यक्षको संवोधनको भिडियो टेप सार्वजनिक भएपछि विभिन्न टिकाटिप्पणी हुन थालेका छन् । यसैबीच नेपाली कांग्रेसले माओवादीको सत्ता कब्जा गर्ने रणनीति भएको पुष्टि भएको जनाएको छ । कांग्रेसले पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भिडियो टेप सार्वजनिक भएपछि सेना समायोजनका बारेमा पुनर्विचार गर्ने जनाएको छ । कांग्रेसले माओवादीको रणनीति सफल हुन नदिन सबैलाई आग्रह गरेको छ ।
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete