Sunday, May 17, 2009

गोरखाका कैदी र थुनुवाको अवस्था सामान्य

गोरखा । गोरखा जिल्ला कारागारमा रहेका थुनुवाकैदी र आश्रित गरी ७१ जना बन्दीको अवस्था सामान्य रहेको छ । कारागारमा ३९ जना कैदी ३० जना थुनुवा र २ जना आश्रित बन्दी बालबालिका रहेका छन् । ज्यान मुद्धामा तनहँु र कास्कीबाट आएका पाँच महिला र सात पुरुष गरी १२ रहेका छन् । कैदीका लागि दिने गरिएको चामल भत्तामा कुनै कमी नभएको ज्यान मुद्धामा जेल सजाय भोगिरहेकी सरिता मजकोटीले बताउनुभयो । गोरखा कारागारका प्रमुख रेशम गुरुङका अनुसार विगतको समयमा भन्दा गोरखा कारागारका कैदीको अवस्था अहिले व्यवस्थित भएको छ । द्वन्द्वको समयमा नालीको पानी खुवाउने गरिएको गोरखा कारागारमा अहिले मुलको शुद्ध खानेपानी खुवाउने गरिएको छ ।
एक महिना अगाडि कारागार भित्रै सुत्केरी भइ छोरी जन्माएकी सावित्री वि।s। जेलमा आफुलाई राज्यले सहयोग गरेको बताउँदै नगद सहयोग समेत प्रदान गरेकोमा खुशी व्यक्त गर्नुभयो । गाउँ घरमा महिला सुत्केरी हुँदा र छोरी पाउँदा हेंलाको पात्र बन्ने गरेकोमा जेलमा सरकारले गरेको सहयोगको उहाँले खुलेर प्रशंसा गर्नुभयो ।

1 comment:

  1. HAVE YOU DEPOSIT YOUR LOAN TRANSFER FEES 520 USD ?

    ReplyDelete

पूर्वाधार अभावले पर्यटकीय क्षेत्र ओझेलमा

बागलुङ - पूर्वाधार अभावले यहाँको पर्यटन क्षेत्र ओझेलमा परेको छ । जिल्लाको पर्यटन विकास क्षेत्रको गुरुयोजना बन्न सकेको छैन । बजेट अनुत्पा...