गोरखा २३ वैशाख । गोरखा जिल्लाको गुम्दा गाविसमा अज्ञात रोगबाट आज बिहानसम्म आठ जनाको ज्यान गइसकेको छ । सो गाविस वडा नं। १ २ ३ मा विगत दुई हप्तादेखि टाउको दुख्ने ज्वरो आउने खोकी लाग्ने घाँटी दुख्ने जीउ चिलाउने पेटमा डल्लो हिँड्ने पेट दुख्ने लक्षणसहितको रोग देखापरेको छ । गुम्दाको सिङ्ला गाउँ गोरखा सदरमुकामबाट २६ कोष उत्तरमा पर्दछ । सो गाउँमा अहिले दुई जना बिरामी नभएको घर नै छैन । काम गर्दागर्दै बाटोमा हिँड्दाहिँड्दै रोगको लक्षण देखिन गई बिरामी ढल्ने र मर्ने गरेको स्थानीय समाजसेवी बुद्ध गुरुङ र छमबहादुर तमुले बताए ।
अज्ञात रोगले ज्यान लिन थालेको बारे जिल्ला स्वास्थ्य कार्यालय गोरखालाई जानकारी नभएको एक कर्मचारीले बताए । जनसङ्ख्या वृद्धि दर तीव्र रहेको सो ठाउँमा रोगले ज्यान लिन थालेपछि स्थानीयवासी स्वास्थ्य विभागमा तुरुन्तै सो सम्बन्धमा अध्ययन अनुसन्धान गरी उपचारका प्रकि्रया अगाडि बढाउनेमा आशावादी छन् । गुम्दाको अन्य वडा र उदिया गाविसको केही गाउँमा समेत रोगका लक्षण देखिँदै गएको छ । यस रोगबाट दुई हजारभन्दा बढी व्यक्ति प्रभावित भएका छन् ।
Subscribe to:
Post Comments (Atom)
पूर्वाधार अभावले पर्यटकीय क्षेत्र ओझेलमा
बागलुङ - पूर्वाधार अभावले यहाँको पर्यटन क्षेत्र ओझेलमा परेको छ । जिल्लाको पर्यटन विकास क्षेत्रको गुरुयोजना बन्न सकेको छैन । बजेट अनुत्पा...

-
विहानदेखि यो पेशामा तल्लिन रहेर धेरै ठेकी बनाएपछि गाउँ गाउँ डुलेर ठेकी बेच्नुपर्ने उनीहरुको दिनचर्या भइसकेको छ ।
-
बालबालिकाले निकै मन पराएको नेपाली हास्य चलचित्र 'ईकु'को सिक्वेल चलचित्र 'ईकु:ब्याक अगेन' छिट्टै दर्शकमाझ आउँदैछ । सेप्टेम्ब...
-
सुमन बैरागी मुलुकमा हुने गरेको द्वन्द्व, हत्या, हिंसा, बन्द र हड्तालले युवायुवतीमा मानसिक विचलन बढ्दै गएको छ । मुलुकले बेरोजगारी उत्...
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete