Wednesday, May 27, 2009

चीनमा नेपाली पक्राउ

बेइजिङ १३ जेठ । म्ाानवतस्करको अभियोगमा दक्षिण चीनमा एक नेपाली पक्राउ परेका छन् । राजधानी बेइजिङबाट झन्डै २ हजार किलोमीटर दक्षिणमा पर्ने सेनच्यान सहरबाट १८ विदेशीलाई चीनको विशेष प्रशासनिक क्षेत्र हङ्गकङ्गतर्फ लैजाने क्रममा कृष्णकुमार अधिकारी पक्राउमा परेका हुन् । अधिकारीसहित दुई भारतीय र पाँच चिनियाँ नागरिकलाई चीनको सीमा प्रहरीले पक्राउ गरेको हो । गत शुक्रबार सीमा प्रहरीले हङकङबाट झन्डै दुई किलामीटर टाढा समुद्रमा चलिरहेको मोटरबोटमा चढेर हङकङतर्फ जादँैगरेका दश विदेशीलाई पक्राउ गरेको थियो ।
उनीहरुकै सूचनाका आधारमा सबै तस्करहरु पक्राउ परेको सेनच्यानस्थित सीमा प्रहरी प्रवक्ता छन सन याङले जानकारी दिनुभयो । हङकङ प्रवेश गर्न चाहनेमा पाकिस्तान घाना भारत र बङ्गलादेशका नागरिक छन् । उनीहरु मध्ये दुई बालबालिका र एक महिला रहेको प्रवक्ता छनलाई उद्धृत गर्दै चिनियाँ साचारमाध्यमहरुले जनाएका छन् । हङकङ प्रवेश गर्न सफल भए उनीहरुलाई दुई वर्षसम्म कानुनसम्मत तरिकाले काम गर्न पाउने प्रलोभन तस्करहरुले दिएका थिए । हङकङ प्रवेशका लागि मात्रै उनीहरु प्रत्येकले तस्करहरुलाई ३३ हजारदेखि ६६ हजार रुपियाँ बुझाएको प्रहरीलाई जानकारी दिएका छन् ।
पक्राउ परेका सबैलाई सेनच्यानस्थित सार्वजनिक सुरक्षा ब्यूरोमा पुर् याइएको छ । चिनियाँ कानूनअनुसार म्ाानवतस्करलाई जेल सजाय हुनसक्ने छ भने अन्यको पहिचानपछि आ-आफ्नो देश फिर्ता गरिने जनाइएको छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete

पूर्वाधार अभावले पर्यटकीय क्षेत्र ओझेलमा

बागलुङ - पूर्वाधार अभावले यहाँको पर्यटन क्षेत्र ओझेलमा परेको छ । जिल्लाको पर्यटन विकास क्षेत्रको गुरुयोजना बन्न सकेको छैन । बजेट अनुत्पा...