काठमाडौ। १२० औं अन्तर्राष्ट्रिय श्रमिक दिवस गणतन्त्र चोक गोंगबुमा हिजो शुक्रबार भव्य रुपले सम्पन्न भएको छ । कार्यक्रम अन्तर्राष्ट्रिय आप्रवासी अलायन्सइमानेपाल र नेपाल श्रमिक संगठनको संयुक्त तत्वाधानमा भएको थियो ।
उक्त अवसरमा राष्ट्रिय मुक्तिाका लागि एक महिने आन्दोलनको तयारी गरिएको घोषण श्रमिक अगुवा रमेश तुफानले गर्नुभयो। आन्दोलन तयारीका क्रममा श्रमिक जागरण अभियान र श्रमिक आन्दोलनको नयाँ मोडलको लागि विभिन्न कार्यक्रमहरु तय गरिएको जानकारी गराईएको थियो। जागरणका क्रममा उपत्यकाव्यापी खेलकुद प्रतियोगिता श्रमश्रमिक हक अधिकार सम्बन्धी प्रकाशन श्रम ऐन कानुन र अभिसन्धी महासन्धी सम्बन्धी अध्ययन तथा छलफल आदि रहेका छन् भने आन्दोलनको नयाँ मोडलसम्बन्धी आसन्न संविधानमा श्रमिकहरुको अधिक अधिकारका लागि पहल र श्रम गरेर जीवन यापन गर्ने श्रमजीवी किसान मजदुर भरिया ज्यामी सुकुम्बासी भूमिहीन कर्मचारी प्राध्यापक विद्यार्थी आप्रवासीलगायतको सल्लाह सुझाव र सहभागीतामा खुला बहस तथा छलफल गर्न सबैमा आव्हान गरिएको छ । एक महिने उक्त कार्यक्रमबाट प्राप्त हुने सुझाव विचार र निष्कर्षलाई गणतान्त्रिक चोक खुला कार्यक्रममार्फत् सार्वजनिक गरिने जानकारी िदंदै श्रमिक अगुवा तुफानले भन्नुभयो- ुयस तयारीका लागि विभिन्न श्रमिक संघसंस्थाहरुबीच अन्तरकि्रया गरेर मे महिनालाई श्रमिक मुक्ति संघर्षको तयारीको महिनाको रुपमा लिइएको हो।
कार्यक्रममा विभिन्न स्थानबाट भेला भएका श्रमिकहरुले बालाजु चोकबाट विहान ११ः३० बजे गणतन्त्रचोकसम्म विभिन्न नाराहरु अंकित प्लेकार्डका साथ नारा लगाउँदै मार्चपास गरिएको थियो। र् यालीमा आप्रवासी कामदार पीडित श्रमिक कृषि मजदुर प्रेस मजदुर सुकुम्बासी भूमिहीन कारखाना मदजुर यातायात मजदुरलगायतको सहभागीता रहेको थियो। उक्त र् याली गोंगबुको गणतान्त्रिक चोकमा पुगेर सभामा परिणत भएको थियो।
कार्यक्रममका अध्यक्षसमेत रहेका तुफानले लोकतान्त्रिक गणतन्त्रको अनुभुति श्रमिक वर्गमा नपुगेकोले दोस्रो आन्दोलनको तयारी गर्नुपरेको बताउनुभयो। जनताको महान् बलिदानबाट स्थापित सरकारले श्रमिकहरुमाथि आक्रमण र षड्यन्त्र गर्ने सुकुम्बासीका छाप्रा जलाउने निमुखा जनतालाई गिरफ्तारी र हतोत्साही बनाउन खोजेको तुफानले बताउनुभयो। तिनै श्रमिक सुकुम्बासीहरुले सत्तामा पुर् याएका सत्ता संचालकहरुको महल भत्काउन सक्ने चेतावनी उहाँले दिनुभयो। सुकुम्बासी नेता हिमालिसंह तामाङले यही माचबाट गणतन्त्रको घोषणा गर्दै वर्तमान सत्ताधारी मन्त्रि नेताहरुले सुकुम्बासीलाई बास र भूमिहीनको भूमिमाथिको अधिकार दिलाउने सम्बन्धी लाखौं सुकुम्बासीहरुलाई आन्दोलनमा उतारेको बताउँदै उनीहरु अहिले पजेरो र महलमा मस्त रहेर हाम्रो बास उठाउँदैछन् भन्नुभयो। यसैबीच कार्यक्रममा श्रमदूतका तर्फबाट दिनेश कार्की नेपाल श्रमिक संगठनका तर्फबाट सूर्य भट्ट आप्रवासी अलायन्सका उपाध्यक्ष आर।सी। तिवारी श्रमिक पत्रकार कोपिला गौतमलगायतले मन्तव्य राख्नुभएको थियो।
कार्यक्रममा श्रमिक गायकहरु बद्री पंगेनी विरही कार्की विमल गौतम हाँस्य कलाकार श्रीकृष्ण िसंखडा तथा सुरसप्तक कलाकेन्द्रले आ-आफ्नो कला प्रस्तुत गरेका थिए। गणतन्त्रचोकबाट ुअझै गणतन्त्र आुको छैन है मजदुरले भने झैं भाुको छैन हैु भन्दै बद्री पंगेनीले हजारौं दर्शकलाई जुरुक्कै उचालेका थिए। गायक विरही कार्कीको ुखै त हाम्ले लोकतन्त्र पाएको भोको पेटले पेटभरी खाएकोु गीतले दर्शकहरुलाई निकै भावुक बनाएको थियो।
यसैबीच राजनीतिक दलका भातृ संगठनको आयोजनामा विभिन्न स्थानमा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएका छन्। एमालेको जिफन्ट कांग्रेसको ट्रेड युनियन कांग्रेस माओवादीको अखिल नेपाल ट्रेड युनियन महासंघलगायतले आ-आफ्नै ढंगबाट छुट्टाछुट्टै स्थानमा मे दिवस मनाएका थिए।

No comments:
Post a Comment