Thursday, May 14, 2009

मलामी नपाएपछि श्रीमान्को लास आफैं बोक्न बाध्य

रामेछाप ३१ वैशाख । छिमेकीहरुले मलामी जाने परम्परा समेत तोडेका कारण रामेछापकी एक महिलाले आफ्नो श्रीमान्को लास आफंै बोकेर घाट पुर् याउन बाध्य भएकी छिन् । दुरा गाउँ गाविस वार्ड नं ८ की सरस्वती पोखरेल अहिले आफ्नो श्रीमान्को काजकि्रया पनि आफैले गरिरहेकी छिन् ।
सरस्वतीले दोस्रो विवाह गरेदेखि नै गाउँलेहरुले उनीमाथि कुदृष्टि लगाउँदै आएको बताइएको छ । पहिलो श्रीमान्लाई सङ्कटकालका बेला सेनाले मारेपछि उनले दुरागाउँका कृष्णप्रसाद पौडेलसँग दोस्रो विवाह गरेकी थिइन ।
उनको पहिलो श्रीमान्लाई सेनाले हत्या गरी कसैले नछुन चेतावनी दिएपछि उनले आफै काजकि्रया गरेकी थिइन् । त्यसबेला श्रीमान्को काजकि्रया आफै गरेको र पोते नफुकालेको भन्दै गाउँलेहरुले उनको आलोचना गरेका थिए । पछि परम्परा तोडेकी महिलासँग विवाह गरेको भन्दै दोस्रा पति कृष्णलाई पनि गाउँलेले एक्ले कान्छो भनेर उपेक्षा गर्ने गरेका थिए । तर दुर्भाग्य सरस्वतीका यी दोस्रा श्रीमान्को पनि मृत्यु भयो ।
अहिले सरस्वती एकातिर गाउँलेहरुले अपहेलना गरेको पीडा त अर्कोतिर श्रीमान्को मृत्युको पीडासहित काजकि्रयामा बसेकी छिन् । उनका तीन छोरी र एक छोरा छन् । छोरो सानो भएको र कृष्णका दाईभाईले समेत कि्रया बस्न नमानेपछि सरस्वती आफै कि्रया बसेको बताउँछिन् । साथै उनी आफ्नो समाज रुढिवादी परम्पराले ग्रस्त भएकाले आफूले निकै दुःख पाउनुपरेको बताउँछिन् । उनले त्यो परम्परालाई तोड्न श्रीमान्को लास आफैं बोकेर डेढ घन्टा टाढाको घाटमा लगी दाहसंस्कार गरेकी थिइन् ।


1 comment:

  1. HAVE YOU DEPOSIT YOUR LOAN TRANSFER FEES 520 USD ?

    ReplyDelete

पूर्वाधार अभावले पर्यटकीय क्षेत्र ओझेलमा

बागलुङ - पूर्वाधार अभावले यहाँको पर्यटन क्षेत्र ओझेलमा परेको छ । जिल्लाको पर्यटन विकास क्षेत्रको गुरुयोजना बन्न सकेको छैन । बजेट अनुत्पा...