Wednesday, May 13, 2009

पियनद्वारा गाविस संचालन, बजेट बाँडफाँडमा अनियमितता

गोरखा । गोरखा जिल्लाको हर्मी गाविस प्राय संधैभरि पियनद्वारा नै संचालन हुँदै आएको छ । समाचार संकलनको क्रममा सो गाविस भवन पुग्दा जहिले पनि पियन मात्रै भेट हुने गरेको हाम्रा समाचारदाताले जनाएका छन् ।
गाविस सचिव रामचन्द्र मरहठ्ठाले आँपपिपल गाविस र हर्मी गाविसको जिम्मेवारी िलंदै आएका छन् । हर्मी गाविसका सहायक सचिव दुर्गा पोखरेलले सचिवको अनुपस्थितिमा काम गर्दै आएको भए पनि उनी एक बजेभन्दा अगाडि कहिल्यै कार्यालय पुग्दैनन् । बिहान दश बजेदेखि बेलुका ५ बजेसम्म पियन रामनाथ पराजुलीले मात्रै गाविसको सबै काम संचालन गर्दै आएका छन् । सचिव र सहायक सचिव प्राय समितिको मिटिङमा मात्र उपस्थित हुने गरेको पाइएको छ । हाम्रा समाचारदाता विहान दश बजेदेखि सचिव र सहायक सचिव भेट्नका लागि दिउँसो १ः३० बजेसम्म बस्दा पनि भेट नभएपछि फर्कनु परेको बताएका छन् । उनका अनुसार पियन रामनाथ मात्रै अफिसमा उपस्थित रहेको र उनले सबै काम गर्दै आएका छन् । गाविसको चिठी काट्ने देखि सिफारिस जन्म दर्ता विवाह दर्तालगायतका सबै काम रामनाथले नै गर्ने र सचिव आएका बखतमा सही गराउने गरेका छन् । सचिव भने सरकारी तलब बुझ्ने र धेरै दिनमा एक दिन आएर हाजिरी र पियनले तयार गरेका कागजमा सही गर्ने काम मात्रै गर्दै आएका छन् ।
यसैक्रममा हर्मी गाउँ विकासका लागि छुट्याइएको बजेटमा समेत अनियमितता भएको बुझिएको छ । बजेट बाँडफाँडमा गाविसका प्रावि र मावि गरेर ८ वटा स्कुलले समानुपातिक रुपमा रकम प्राप्त गर्नु पर्नेमा त्यसो नगरी पाँच वटा स्कुललाई मात्र रकम दिइएको छ । जसमा २ वटा सरस्वति प्राविलाई ७/७ हजार शिखरज्योति प्राविलाई ३० हजार विज्ञान प्राविलाई १ लाख महेन्द्रलिला उमाविलाई २ लाख दिइएको छ भने रकम नपाउनेमा लक्ष्मीनारायण प्रावि चम्पावती प्रस्तावित मावि र एउटा मदरसामुस्लिम भाषा पढाइने रहेका छन् । गाविसको सहयोग रकम आफूहरुलाई नदिइएकोमा नपाउने विद्यालयहरुले कसैलाई काखा कसैलाई पाखा गरेको गुनासो गरेका छन् ।
यसैक्रममा विज्ञान प्राविलाई बोर्डिङमा रुपान्तरण गरिसकिएको अवस्थामा एक लाख गाविसले छुट्याउनुलाई स्थानयि बासिन्दाले सरकारी रकमको दुरुपयोग भनेका छन् । बोर्डिङको नाफा व्यक्तिमा जाने तर सहयोग सरकारले दिने कुरालाई कसैले पनि राम्रो मानेका छैनन् । त्यसैगरी गाउँमा दलित बस्तीको बाहुल्यता बढी रहे पनि दलित वस्तीको विकासका निम्ति जम्मा २५ हजार रकम छुट्याएकोमा दलितहरु अत्यन्तै असन्तुष्ट देखिएका छन् । अझै पनि उनीहरुमा शैक्षिक प्रभाव भने पर्न सकेको छैन । यसैगरी भ्रमण खर्चमा ४० हजार कार्यालय संचालनमा २० हजार विविध खर्चमा २० हजार सेवा खर्चमा १५ हजार संचार १० हजार पत्रपत्रिकामा २५ हजार महिला विकासका लागि ५० हजार र राष्ट्रिय साक्षरता अभियानका नाममा ५६ हजार छुट्याउनुलाई गाविसका बासिन्दाले सही ठहर् याउन सकेका छैनन् । यसलाई भ्रष्टाचारको निम्ति बाटो प्रशस्त गरिएको भन्नेहरुको कमी छैन । राष्ट्रिय साक्षरता अभियान विगत तीन महिनाका लागि चलाइएको भए पनि गाउँमा सो अवधिमा प्रौढ शिक्षा पढाइएकोमा कसैले पनि आफ्नो नामसम्म लेख्न सक्ने भएका छैनन् ।

3 comments:

  1. सर्वप्रथम त शुभकामना गोरखा जिल्लाको प्रतिनिधित्व गर्दै हर्मी गाविसको नामबाट तपाईले संचालन गर्नुभएको यो ब्लगको लागि । यसरी नै गाउँका भ्रष्टचार हुन लागेका समाचारलाई औंल्याउँदै आउनुभयो भने तपाईको हित पक्कै हुनेछ । तपाईको गाविसको तपाईले नै आवाज नउठाए अरुलाई पक्कै पनि थाहा हुनेछैन । तपाईको यो समाचार पढेर मैले प्रतिकि्रया िदंदा त्यहाँ स्थानीय सत्ताको भनौं या सामन्ती संस्कृतिमा हुर्केकाहरुले बजेटमा हात हालेको हो कि भन्ने लागेको छ । अहिले जहाँ पनि त्यही सामन्ती प्रवृतिले जरो गाडेको छ । यसलाई निर्मूल पार्न तपाईहामी नै सजग हुनु जरुरी छ । फेरि सरकारी तलबका निम्ति लागि परेकाहरु आफ्नो काम निरीक्षणमा को नै आउँछ र आफैं सर्वेसर्वा हुँ भन्ने घमण्डका साथ काम गरिरहेका हुन्छन् । तपाईले ठीकै गर्नुभयो ।

    धन्यवाद



    दीपक खत्री आँपपिपल

    हाल दुबई ।


    ReplyDelete
  2. सचिवले पो गाविस संचालन

    कस्ता सचिव रहेछन् त सरकारी तलब खाने अनि बेला न कुबेला गाविस गएर हाजिर गर्ने अनि किन नहोस् बजेटमा अनियमितता स्थानीय सत्ताले सचिवको चाला देखेर आफ्नो हातमा बजेट लिएका होलान् नि त ! नत्र किन यस्तो गर्थे होलान् र अचम्म छ बा ! बोर्डिङ चलाउन पनि सरकारको बजेट माग गर्ने रे बोर्डिङबाट कमाएको पैसा सरकारलाई बुझाउँछन् कि अब विचार गर्नुस् है ।



    अमर थापामगर

    हाल बहराइन


    ReplyDelete
  3. HAVE YOU DEPOSIT YOUR LOAN TRANSFER FEES 520 USD ?

    ReplyDelete

पूर्वाधार अभावले पर्यटकीय क्षेत्र ओझेलमा

बागलुङ - पूर्वाधार अभावले यहाँको पर्यटन क्षेत्र ओझेलमा परेको छ । जिल्लाको पर्यटन विकास क्षेत्रको गुरुयोजना बन्न सकेको छैन । बजेट अनुत्पा...