Monday, May 18, 2009

मजदुरले ज्याला नपाउँदा सिँचाइ अवरोध

दमक ४ जेठ । झापाको कन्काई नदीमा मजदुरहरुको अवरोधका कारण एक हप्तादेखि नहरमा पानी बग्न छाडेपछि दर्जनौँ कृषक सिँचाइविहीन हुनपुगेका छन् । सतासीधामस्थित सो नदीमा एक दशकअघि निर्माण गरिएको कन्काई सिँचाइ आयोजनाका दुई दर्जन मजदुरले पारिश्रमिक नपाएको भन्दै नहरमा अवरोध पुर् याएपछि त्यस क्षेत्रमा सिँचाइसेवा बन्द हुनपुगेको हो । बन्दले गर्दा शिवगन्ज महाभारा सतासीधाम बैगुनन्धारालगायतका बासिन्दाका सयौँ हेक्टरमा लगाइएको चैतेधान खेतीसमेत प्रभावित भएको स्थानीय कृषक कुमार राईले बताउनुभयो । आयोजनाले दुई दर्जन मजदुरको छ महिनादेखिको ज्याला नदिएको भन्दै नहरमा अनिश्चितकालीन अवरोध पुर् याउँदै आएका मजदुरहरुले पारिश्रमिक नपाएसम्म आन्दोलन जारी राख्ने बताएका छन् । यता कृषकहरुले भने आयोजना र मजदुरको आन्तरिक समस्याले सिङ्गो सिँचाइ योजना प्रभावित हुन नहुँने भन्दै अविलम्ब सिँचाइसेवा नियमित गर्न माग गरेका छन् ।

1 comment:

  1. HAVE YOU DEPOSIT YOUR LOAN TRANSFER FEES 520 USD ?

    ReplyDelete

पूर्वाधार अभावले पर्यटकीय क्षेत्र ओझेलमा

बागलुङ - पूर्वाधार अभावले यहाँको पर्यटन क्षेत्र ओझेलमा परेको छ । जिल्लाको पर्यटन विकास क्षेत्रको गुरुयोजना बन्न सकेको छैन । बजेट अनुत्पा...