काचनपुर २ जेठ । प्रशंसा समूह नामक संस्थाले सङ्कलन गरेको तथ्याङ्कअनुसार काचनपुर जिल्लामा मात्रै ६०० भन्दा बढी समलिङ्गी रहेको पाइएको छ ।
समाजले नस्वीकार्ने र अपहेलित हुने डरले समलिङ्गीहरु सार्वजनिक हुन नचाहेको प्रशंसा समूहका अध्यक्ष अम्वादत्त भट्टले बताउनुभयो । पुरुष-पुरुषप्रति र महिला-महिलाप्रतिको आकर्षणलाई समलिङ्गीका रुपमा हेरिने गरिएको भए पनि तेस्रो लिङ्गी पनि समलिङ्गी भएको अनुसन्धानका क्रममा फेला परेको उक्त संस्थाको दाबी छ । यहाँका ग्रामीण बस्तीहरुमा समलिङ्गी कम भए पनि सहरी क्षेत्रहरुमा यसको सङ्ख्या ४०० को हाराहारीमा रहेको पाइएको छ । महिला समलिङ्गीभन्दा पुरुष समलिङ्गीको सङ्ख्या बढ्दै गइरहेको बताइएको छ ।
प्रशंसा समूहका अध्यक्ष भट्टका अनुसार समलिङ्गीहरुको अनुमतिबिना परिचय सार्वजनिक गर्न नमिल्ने हुँदा उनीहरुलाई गोप्य नै राखिएको छ । ग्रामीण बस्तीहरुमा अझै सामाजिक डरले केही समलिङ्गीहरु अगाडि आउन सकेका छैनन् । समलिङ्गीहरुको पहिचान गरी संस्थाले उनीहरुलाई सङ्गठित र अधिकारका लागि चेतना भर्न संस्था अग्रसर रहेको उक्त संस्थाका कार्यक्रम संयोजक ईश्वरराज पन्तले बताउनुभयो । महेन्द्रनगर सहरी क्षेत्रका केही युवा समलिङ्गीले सङ्गठित भई आफ्नो अधिकारका लागि कार्य गर्ने बताए पनि उनीहरु खुला रुपमै अगाडि आउन भने सकेका छैनन् । पुरुष र महिलाजस्तै समलिङ्गीहरुले राज्यका हरेक क्षेत्रमा पहुँच पुर् याउन सरकारसँग मागसमेत गरेका छन् । उनीहरुले नयाँ बन्ने संविधानमा समलिङ्गीको स्थान किटान गरिनुपर्नेमा जोड दिएका छन् ।

HAVE YOU DEPOSIT YOUR LOAN TRANSFER FEES 520 USD ?
ReplyDelete