Thursday, May 14, 2009

अपहरणको आरोपमा जिउँदै जलाए स्थानीय वासीले

राजविराज ३१ वैशाख । सप्तरीको पोर्ताहा गाविस-४ मा आज दिउँसो एक अपरिचित पुरुषलाई गाउँलेहरुले जिउँदै जलाएका छन् । स्थानीय एक ११ वर्षीया बालिकालाई ललाई-फकाई चकलेट खुवाउँदै गर्दा बालिकाको अपहरण गर्न आएको भन्दै गाउँलेहरुले जीउँदै जलाएका हुन् ।नाम थर खुल्न नसकेका ती पुरुषको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
पोर्ताहा-४ बस्नेत शिवजी सरदारकी ११ वर्षीया छोरी मीना सरदारलाई चकलेट खुवाउन जवर्जस्ती गरेपछि स्थानीय बासिस्दाले ती पुरुषलाई समातेर कुटपिट गर्दै जलाएको भारदह प्रहरी चौकीका प्रहरी नायव निरीक्षक रामविलास िसंहले बताउनुभयो । बङ्गाली भाषा बोल्ने ती व्यक्तिका साथमा रहेका एक महिलासहित दुईजना फरार भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । यतिबेला बालबालिकाको अपहरण गर्ने र आँखा निकाल्ने गिरोह सकि्रय रहेको हल्लाले सप्तरीवासीमा त्रास फैलिएको छ । जिल्लाको विभिन्न गाउँबाट शङ्काको आधारमा हालसम्म छ जना महिला तथा पुरुष पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

1 comment:

  1. HAVE YOU DEPOSIT YOUR LOAN TRANSFER FEES 520 USD ?

    ReplyDelete

पूर्वाधार अभावले पर्यटकीय क्षेत्र ओझेलमा

बागलुङ - पूर्वाधार अभावले यहाँको पर्यटन क्षेत्र ओझेलमा परेको छ । जिल्लाको पर्यटन विकास क्षेत्रको गुरुयोजना बन्न सकेको छैन । बजेट अनुत्पा...