Friday, May 22, 2009

सभासद्का लागि शैक्षिक योग्याता एसएलसी हुनुपर्ने


काठमाडौं । आगामी नयाँ संविधान निर्माणमा सभासद्का लागि कम्तीमा एसएलसीसरहको शैक्षिक योग्यता निर्धारण गर्न्र बहुसङ्ख्यक सर्वसाधारणले सुझाव दिएका छन् । संविधान निर्माणका लागि राय÷सुझाव सङ्कलन गर्न गएको टोलीमार्फत आम जनताले सो सुझाव दिएको पाइएको छ ।
सभासद्हरुको शैक्षिक योग्यता कम्तीमा एसएलसी हुनुपर्छ भन्नेमा नौ हजार ६९ स्नातक हुनुपर्छ भन्नेमा छ हजार ८६० साधारण लेखपढ मात्र भए पुग्छ भन्नेमा सात हजार २८५ र शैक्षिक योग्यता आवश्यक छैन भन्नेको सङ्ख्या छ हजार ७२० रहेको संविधान निर्माणका लागि राय सङ्कलन टोलीमार्फत भरिएको फाराममा उल्लेख छ । आगामी संविधानमा सभासद्हरुका लागि स्नातक तथा राष्ट्रपति प्रधानमन्त्री अर्थमन्त्री र शिक्षामन्त्रीका हकमा भने स्नातकोत्तरको शैक्षिक योग्यता अनिवार्य बनाइनुपर्ने सङ्घ सङ्गठन र सुझावकर्ताबाट सुझाव प्राप्त भएका छन् ।
सुझावकर्ताले एकभन्दा बढी क्षेत्रबाट सभासद्का लागि उम्मेदवार हुनबाट रोक लगाउनुपर्ने तथा एकपटक प्रधानमन्त्री भइसकेको व्यक्ति पुनः सभासद्का लागि उम्मेदवार हुन नपाउने व्यवस्थासमेत आगामी संविधानमा रहनुपर्ने सुझाव दिएको पाइएको छ ।
त्यसैगरी प्रत्येक पाँच वर्षमा हुने निर्वाचनको मिति संविधानमै तोकिनुपर्ने आरक्षण जातीय रुपमा नभएर गरिबी तथा भौगोलिक आधारमा हुनुपर्ने मतदाताको उमेर १६ वर्ष बनाइनुपर्ने कागजी भाषा र सम्पर्क भाषा निर्णय गर्ने अधिकार सङ्घीय राज्यलाई भए पनि मुलुकभर सम्पर्क भाषा नेपालीलाई बनाउनुपर्ने सुझाव दिइएको छ । नयाँ संविधान निर्माणका लागि सभासद्हरुमार्फत पठाइएको प्रश्नावलीमध्ये ४२ हजार प्रश्नावली भरेर आएका थिए ।
त्यसमध्ये व्यवस्थापकीय अङ्गको स्वरुप निर्धारण समितिमा ३७ हजार फाराम प्रशोधन भई फिर्ता आइसकेको चार हजार ५०० संशोधनको क्रममा रहेको र ५०० प्रशोधन हुन बाँकी भएको बुझिएको छ । सो प्रश्नावलीमा राज्य प्रमुखसहितको विधायक राख्नेमा २५ हजार ६६३ जना र राज्य प्रमुख बाहेकको विधायक बनाइनुपर्छ भन्नेमा पाँच हजार ७९७ जनाले आफ्नो राय दिएका थिए ।
त्यसैगरी केन्द्रीय विधायक एक सदनात्मक हुनुपर्छ भन्नेमा सात हजार २८ जनाले मत जाहेर गरेका थिए भने दुई सदनात्मक हुनुपर्छ भन्नेमा २४ हजार २८७ जना रहेका छन् । केन्द्रीय तहको तल्लो सदन र माथिल्लो सदनको निर्वाचन प्रणाली एउटै हुनुपर्छ भन्नेमा ११ हजार ९६६ र फरक फरक हुनुपर्छ भन्नेमा १८ हजार ४ जनाले आआफ्नो राय सुझाव दिएका छन् । साथै विधायिकमा आरक्षण आवश्यक छ छैन भन्नेतर्पु १७ हजार ७८५ जनाले राख्न उपयुक्त रहेको धारणा राखेका थिए भने नौ हजार ४१५ जनाले हुँदैन भन्ने तर्क राखेका छन् ।
त्यसैगरी सभासद्का लागि उम्मेदवार बन्न कम्तीमा ३० वर्ष उमेर पुगेको व्यक्ति हुन आवश्यक छ भनेर सुझाव दिनेमा १३ हजार ५७७ ३५ वर्ष हुनुपर्छ भन्नेमा १० हजार ६०९ तथा ४० वर्ष हुनुपर्छ भन्नेमा चार हजार ३१४ जना छन् ।साथै कतिपय सर्वसाधारणले १६ वर्षदेखि ७५ वर्षसम्मको व्यक्ति सभासद्का लागि उम्मेदवार बन्नसक्ने समेत सुझाव दिएका छन् । आगामी संविधान निर्माण गर्दा व्यवस्थापिकाको कार्यावधि पाँच वर्षको हुनुपर्नेमा अधिकांश सुझावकर्ताको मतैक्यता रहेको पाइएको छ । व्यवस्थापकीय अङ्गको स्वरुप निर्धारण समितिअन्तर्गत गठित अवधारणापत्र तथा प्रारम्भिक मस्यौदा उपसमितिले ती सुझावहरु समेटेर दिएको प्रतिवेदनमाथिको छलफललाई समितिले तीव्रता दिएको छ ।
उपसमितिले राज्यको केन्द्रीय तल्लो सदन १५१ सदस्यीय र माथिल्लो सदन ७५ सदस्यीय रहने व्यवस्थाका लागि प्रस्ताव गरेको छ भने प्रादेशिक सङ्घअन्तर्गत रहने सदन ३५ सदस्यीय हुनुपर्ने सुझाव राखेको छ । समितिले आफ्नो क्षेत्राधिकारभित्र परेको विभिन्न सङ्घीय एकाइमा व्यवस्थापिकाको स्वरुप र गठन विधि सङ्घीय इकाइमा व्यवस्थापिकाहरुबीचको अन्तरसम्बन्ध व्यवस्थापन कार्यविधि र आर्थिक व्यवस्थापनका सवालमा आगामी संविधानमा समेट्नु पर्ने विषयलाई छलफल गरी पहिलो चरणका लागि टुङ्गो लाउने कार्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । छलफलमा जुटेका सभासद्हरुले संविधान नियम कानुन निर्माण गर्दैमा जनताले अधिकार पाउँछन् भन्ने कुरोको ग्यारेन्टी हुँदोरहेनछ भन्ने कुरा विगतको अभ्यासले देखाएको छ भन्दै कानुन कार्यान्वयनमा जोड दिने खालको नीति निर्माण गर्नु नै अहिलेको आवश्यकता भएको बताए ।
सो समितिका सभापति रमेश रिजालले नयाँ संविधान निर्माणका लागि समितिले पाएको क्षेत्र र अधिकारभित्र रहेर समितिलाई प्राप्त जिम्मेवारी पूरा गर्ने कार्यलाई तीव्रता दिए पनि व्यवस्थापिका-संसदको अवरोध र सरकारको फेरबदलले कामलाई प्रभाव तुल्याएको बताउनुभयो । उहाँले भन्नुभयो- ुमुलुकालाई दूरगामी प्रभाव पार्ने संविधान निर्माण कार्य त्यति सजिलो छैन । शब्दशब्दलाई व्याख्या गरी अगाडि बढ्नुपर्छ हामीलाई दिएको जिम्मेवारी पूरा गर्न कामलाई तीव्रताका साथ गहकिलो छलफल चलाइरहेका छौँ पाँच सात दिनभित्रै पहिलोचरणको जिम्मेवारी हामीले पूरा गर्नेछौँ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete

पूर्वाधार अभावले पर्यटकीय क्षेत्र ओझेलमा

बागलुङ - पूर्वाधार अभावले यहाँको पर्यटन क्षेत्र ओझेलमा परेको छ । जिल्लाको पर्यटन विकास क्षेत्रको गुरुयोजना बन्न सकेको छैन । बजेट अनुत्पा...