Thursday, October 29, 2009

ठेकी बनाउने पेशा अंगालेर बसेका गोरखाका स्थानीय मजदुर

विहानदेखि यो पेशामा तल्लिन रहेर धेरै ठेकी बनाएपछि गाउँ गाउँ डुलेर ठेकी बेच्नुपर्ने उनीहरुको दिनचर्या भइसकेको छ ।


प्रेमको प्रतीककारुपमा रहेको रानीमहलको बेहाल

सुमन वैरागी
पाल्पा १२ कात्तिक । प्रेमको प्रतिककोरुपमा रहेको नेपालको ताजमहलको नामले परिचित रानीमहल दिनप्रतिदिन जीर्ण बन्दै गएको छ । उचित संरक्षण र सम्बद्र्धनको अभाबमा उक्त ताजमहल रानीघाट दरबार कमजोर अवस्थामा पुगेको हो । तानसेन सदरमुकामदेखि २५ किलोमिटर उत्तर पश्चिम बौघागुम्बा गाविसको रानीघाटमा अबस्थित उक्त दरबार वि।स।१९४९मा निमार्ण भएको थियो । ऐतिहासिक र धार्मिकरुपमा प्रसिद्ध यो दरबारको संरक्षण नहुँदा त्यहाँका महत्वपूर्ण बस्क्तहरु चोरी भई विक्री समेत भएका छन् । यसले पुराना धरोहर र ऐतिहासिक एवं धार्मिकरुपमा चर्चित रानीघाट दरबारको अस्तित्व नै सङ्कटमा परेको छ । यो दरबारलाई बिश्व सम्पदा सूचीमा राख्नको लागि काम भइरहेको सरकारी कार्यालयले बताउँदै आएका छन् तर दरवार भने जीर्ण बन्दै गएको छ ।
खड्ग शमशेर राणाले आफ्नी पि्रय रानी तेजकुमारीको निधनपछि उनको सम्झनामा रानीघाट दरबार निर्माण गराएका थिए । एकसय १६ वर्ष पुरानो उक्त दरवार अहिले भने संरक्षणको पर्खाइमा धरासायी अबस्थामा रहेको छ । उनको रानीको अन्तिम ईच्छा अनुसार उक्त स्थानमा दरबार निमार्ण गरेका थिए । रानी महलको संरक्षण र मर्मत सम्भार एक पटक पनि राम्रोसँग हुन सकेको छैन । उक्त दरबार भित्र पाटीपौवा धारा र मन्दिरसहित रहेको छ ।
तर पाटीपौवा धारा र मन्दिर अहिले नचिनिने अबस्थामा पुगेका छन् । पाटी पौवा भित्र बुट्यानहरु छन् भने मन्दिर भित्र पनि झार र बनमारा उमि्रएका छन् । मन्दिर भित्रको मूर्ति र मन्दिरको गजुरसमेत चोरी भइसकेको छ । फलामबाट निमार्ण भएका मुर्ति तथा अन्य महत्वपूर्ण धातुबाट बनेका बस्तु हराएर गएका छन् । दरबारको भित्तामा यहाँ घुम्न आउने युवक युवतीका नाम कोरिएर बेरुप भएको छ भने दरबार निर्माणमा प्रयोग भएका काठहरुसमेत दाउरा बाल्न प्रयोग भइसकेका छन् ।
भारतको आग्रामा रहेको विश्व प्रसिद्ध ताजमहलसँग भावनात्मक र कलात्मक समानता रहेको यो पे्रमको प्रतीक करिब छ रोपनी जग्गामा फैलिएको छ । खड्ग शमशेरले बिबिध कारणले पाल्पा पश्चिम नेपालको अख्तियारी गर्न छोडेपछि दरबारको संरक्षण र उचितरुपमा रेखदेख हुनसकेको छैन । यसअघि जिल्ला विकास समिति पाल्पाले समान्यरुपमा दरबारको मर्मत सम्भार गरेपनि दरबार फेरि पुरानै जीर्ण अवस्थामा फर्किएको छ । धार्मिक पर्यटकीय र एतिहासिकरुपमा नाम कमाएको पाल्पाले पर्यटन विकासका लागि यो स्थानलाई समेत केन्द्र बनाउन सकिनेमा कसैको दुईमत छैन । राजधानी जोड्ने फास्ट ट्याकको रुपमा अहिले कालीगण्डकी राजमार्ग निमार्णकार्य भइरहेको छ । यो मार्गले कालीगण्डकीको छेउमा रहेको रानी महलमा पर्यटक भित्र्याउन सहयोग पुग्ने विस्वास लिइएको छ ।
यसले आगामी दिनमा उक्त दरबारको संरक्षणसमेत हुने त्यहाँका स्थानीय बासिन्दाहरुले आशा गरेका छन् । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिएमा रानी महलबाट पाल्पालगायत अन्य आसपासका जिल्लालाई पर्यटन विकासमा टेवा पुग्ने निश्चित छ । दरबारको संरक्षण भने अहिलेदेखि नै गर्दा पाल्पालाई मात्र होईन नेपाल र नेपालीलाई नै फाइदा हुने कुरामा कसैको असहमति भने छैन ।
पाल्पा गुल्मी र स्याङजाको सङ्गमस्थलमा रहेको रानीघाट दरबार अहिले बर्षको एक दिन पे्रम दिवसको दिन प्रेमीहरु यस स्थानमा तीन घण्टा हिडेरै भएपनि घुम्न र प्रेम साटासाट गर्न जाने गर्दछन् । यस बाहेक अन्य दिन पाल्पा र अन्य क्षेत्रका मानिसहरु यो स्थानमा घुम्न र दरबार अबलोकन गर्न जाने गरेका छन् । त्यहाँसम्म पुग्नलाई यातायातको सुबिधा नभएका कारण पर्यटकले यो स्थानमा अवलोकन गर्न जाने ईच्छा गर्दागर्दै पनि उनीहरु जान सकेका छैनन् ।

Monday, September 21, 2009

तथ्यांकमा गोरखा भाग २

७।राजनैतिक विभाजन
संसदीय निर्वाचन क्षेत्रः ३
जिल्ला विकास समिति इलाका संख्या ः१३
नगरपालिका संख्याः १
गाउँ विकास समिति संख्याः ६६
वडा संख्यागाविसको ५९४ नगरपालिकाको ११ः ६०५
जिल्लाको संसदीय निर्वाचन क्षेत्र अनुसार जिविसको इलाका गाविस र नगरपालिकाको विवरण ः

निर्वाचन क्षेत्रइलाकागा।वि।स र नगरपालिकाका वडाहरु

१७ वटा गा।वि।स। र नगरपालिका१


४गोरखा नगरपालिका नारेश्वर फिनाम
ताप्ले वोर्लाङ अश्राङ बंुकोट नाम्जुङ
मनकामना घैरुङ मकैिसंङ वक्राङ ताक्लुङ
ताङलीचोक फुँजेल ध्याल्चोक भुम्लीचोक दरवुङ

२० वटा गा।वि।स५


८देउराली च्याङली मिरकोट धुँवाकोट गाईखुर
छोप्राक खोप्लाङ पालुम्टार हर्मी आँपपिपल
गाँखु श्रीनाथकोट जौवारी थालाजुङ केरावारी
हंसपुर खरीबोट घ्याच्चोक सिम्जुङ मुच्चोक

२९ वटा गा।वि।स।९
१०
११
१२
१३वारपाक स्वाँरा सौरपानी ताकुकोट ताकुमाझ लाकुरीवोट
धावा पाँचखुवा देउराली पन्द्रुङ मसेल वगुवा तान्द्राङ
मान्वु आरुआरवाङ थुमी आरुचनौटे आरुपोखरी
करौजा काशशीगाउँ उहिया लाप्राक लापु गुम्दा
छेकम्पार सिर्दिवास सामागाउँ चुम्चेत ल्हो विही प्रोक


८।मोटरबाटो पुगेको न।पा÷ गा।वि।स। संख्या ५२

निर्वाचन क्षेत्र नं। १
१७ वटा गा।वि।स। र १ नगरपालिका
गोरखा नगरपालिका
नानेश्वर
फिनाम
ताप्ले
वोर्लाङ
अश्राङ
बुंकोट
नाम्जुङ
मनकामना
घैरुङ
मकैिसंङ
वक्राङ
ताक्लुङ
ताङलीचोक
फुँजेल
घ्याल्चोक
भुम्लीचोक
दरवुङ
निर्वाचन क्षेत्र नं। २ २९ गा।वि।स।
देउराली
च्याङली
मिरकोट
धुँवाकोट
गाइखुर
छोप्राक
खोप्लाङ
पालुम्टार
हर्मी आँपपिपल
गांखु
श्रीनाथकोट
जौवारी
तालाजुङ
केरावारी
हंसपुर
खरीबोट
घ्याच्चोक
सिम्जुङ
मुच्चोक
निर्वाचन क्षेत्र नं। ३ २९ गा।वि।स।
वारपाक
स्वारा
सौरपानी
ताकुकोट
ताकुमाझ लाकुरीबोट
पांचखुवा देउराली
मसेल धावा पन्द्रुङ
वगुवा तान्द्राङ
आरुआरवाङ
आरुपोखरी
आरुचनौटे
थुमी
विद्युत सुविधा पुगेको न।पा÷गा।वि।स। संख्या ३०
देउराली
धुँवाकोट
च्याङ्गली
पालुम्टार
हर्मी
खोप्लाङ
छोप्राक
श्रीनाथकोट
गाईखुर
आँपपिपल
तालाजुङ
मिरकोट
गोरखा न।पा।
नारेश्वर
फिनाम
वगुवा
घैरुङ
ताप्ले
मनकामना
घ्याल्चोक
अश्राङ
वोर्लाङ
दरवुङ
ताङलीचोक
फुजेल
नाम्जुङ वुङकोट
मकैिसंङ
घैरुङ
वक्राङ

९।संचारको अवस्थाः
हाल जिल्लाको १ न।पा। र सम्पूर्ण गा।वि।स। मा संचार सुविधा
टेलिफोन लाईनका प्रकार
ीबलम ीष्लभ न्कःरऋमःब् ख्क्ब्त्
सूचना तथा अभिलेख केन्द्र
जिल्ला विकास समितिमा जिल्ला सूचना तथा अभिलेख केन्द्रको स्थापना भएको
विभिन्न विषयमा पाठ्यपुस्तक र पत्रिपत्रिका रहेको ।
ग्रामीण सूचना केन्द्र पालुम्टारमा स्थापना गरिएको ।
रेडियो÷एफ।एम
ए।एम। रेडियोको स्टेशन -१ सामुदायिक रेडियो
पत्रपत्रिकाः
साप्ताहिकः दरौदी हाम्रो गोरखा सन्देश
हुलाकको अवस्थाः
जिल्ला हुलाक -१
इलाका हुलाक-१२
अतिरिक्त हुलाक-५५
निजी क्षेत्रबाट संचालित सेवा -२ कुरियर सेवा

१०।जिल्लाको भू¬-उपयोग स्थितिः
भू उपयोगको आधारमाः
कूल क्षेत्रफल ३६०९९९।९ हेक्टर
कृषियोग्य जमीनः ५५६९६ हेक्टर १५।४२ प्रतिशत
वनजंगल झाडी क्षेत्रः ११२६७६ हेक्टर ३१।२१ प्रतिशत
चरन भूमीः ५९५२० हेक्टर १६।४९ प्रतिशत
सिँचाईको आधारमाः
खेत सिँचितः ३६६२ हेक्टर ५।७५ प्रतिशत
खेत असिँचित १२२२५ हेक्टर २६।४७ प्रतिशत
पाखोः ३१३५० हेक्टर ६७।८१ प्रतिशत

११।शैक्षिक अवस्था
पुरुषः ५९।%
महिलाः ४०।७ %
औषतः ४९।४० %
शैक्षिक संस्था
क्याम्पसः ४
प्राविधिक शिक्षालयः १
उच्चमाध्यमिक विद्यालयः २५
माध्यमिक विद्यालयः ५१
निम्नमाध्यमिक विद्यालयः ६१
प्राथमिक विद्यालयः ३८४
भ्ऋम् कक्षाः ३२५

१२।स्वास्थ्यः
स्वास्थ्य संस्थाः
जिल्ला अस्पतालः १
आंपपिपल अस्पतालः १
जिल्ला आयुर्वेद औषधालयः १
प्राथमिक स्वास्थ्य केन्द्रः ३
स्वास्थ्य चौकीः १०
उप-स्वास्थ्य चौकीः ५५
आयुर्वेद औषधालयः ५
नीजि आईएनजीओ एनजिओः ७

१३।जनसंख्याः
कूल जनसंख्याः २८८१३४
पुरुषः १३४४०७ ४६।६५%
महिलाः १५३७२७ ५३।३५%


१४।धर्मः
हिन्दु ९० %
कि्रश्चियन ०।४ %
बौद्धः ९%
जैन ०।०२ %
इश्लामः ०।८ %
अन्य ०।०३ %
जातिः व्राम्हण क्षेत्री नेवार गुरुङ कुमाल दमै मगर सार्की तामाङ प्रजा दराई राई अन्य ।
भाषाः नेपाली गुरुङ मगर शेर्पा÷भोटे तामाङ राई÷किराँती नेवार थारु सतार लिम्बु मैथिली अन्य
१५।प्रमुख जडिबुटीहरुः
लौठसल्ला चिराईतो जटामसी निरमसी गुच्छीच्याउ पाषाणवेद सिन्कौली गामडोल कुट्की पदमचाल सतुवा तरुल उन्यु भ्याकुर अमलवेद हर्रो वर्रोर कुरीलो सुगन्धवाल टिमुर बोझो यासा्रगुम्बा आदि ।

१६।चलचित्र मन्दीरहरुः
गोरखकाली चलचित्र मन्दिर
हिमाली चलचित्र मन्दिर
यी दुई वटा चलचित्र मन्दिरहरुमा पालैपालो ६÷६ महिना चलचित्र चल्ने गर्दछ ।

१७।सरकारी कार्यालयहरु
कृषिः
जिल्ला कृषि कार्यालयः १
कृषि सेवा केन्द्रः ६
सम्पर्क इकाईः ७
पशुसेवाः
जिल्ला पशुसेवा कार्यालयः १
पशु सेवा केन्द्र ६
पशु सेवा उप-केन्द्रः ११
वनः
जिल्ला बन कार्यालयः १
इलाका बन कार्यालयः १
रेाज पोष्टः ८
सामुदायिक वन संख्याः ४०४
कवुलियत वनः ५३
उद्योगः
ठूलो उद्योगः
गोरखकाली रबर
मनकामना केबुलकार
गोरखा आयुर्वेद कम्पनी प्रा।लि।
घरेलु तथा साना उद्योगः
३९ वटा घरेलु उद्योग
३३५ वटा साना उद्योग

१८।वित्तिय संस्थाः
राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय गोरखा-१
राष्ट्रिय बाणिज्य बैंक उप¬-शाखा कार्यालय ३
पालुङटार शाखा-१
आरुघाट शाखा-१
भच्चेक शाखा-१
कृषि विकास बैंक शाखा कार्यालय गोरखा-१
कृषि विकास बैंक उप¬-शाखा -२
पालुङटार -१
आरुघाट-१
गोरखा विकास बैंक शाखा कार्यालय-१
क्लिन इनर्जी डेभलपमेन्ट बैंक शाखा कार्यालय-१
गण्डकी विकास बैंक शाखा कार्यालय-१
छिमेकी विकास बैंक शाखा कार्यालय-१
ग्रामीण विकास बंैक शाखा कार्यालय-१
डिप्रोक्स विकास बैंक शाखा कार्यालय-१

१९।यातायात सुविधा कच्ची सडकः
आवुखैरेनी-खोरखाः २४।०० कििम
गोरखा- आरुघाट-आरुखेतः ३८।६० कििम
अवुवा-सातदोवाटो-लुईँटेल-आंपपिपल-चित्रेपोखरी-भच्चेकः ३०।०० कि।िम
ढुंगागाडे भन्ज्याङे-तीनमाने-मनकामनाः ३०ः०० कि।मि।
घ्याम्पेसाल-मसेल-निवेलः ८।५ कि।िम
झिँगटे-वोर्लाङ-महादेवटारः १५ कि।मि।
वरचुलीस्थान-बुंकोटः ७।४ कि।मि।
अवुवा-बक्राङ-मनकामनाः १४।५ कि।मि।
लक्ष्मीबजार-भालेढुंगा-तीनमानेः १० कि।मि।
पातीस्वारा-पीपलछाप-बुट्टटार १३ कि।मि।
ठाँटीपोखरी -लुईटेल६।५ कि।मि।
गैरीचौतारा- मैलुङ- क्यामुनटार१४ कि।मि।
विर्दिसेरा- कालामाटा- एयरपोर्ट४ कि।मि।
विमलनगर नयांपुल च्याङली-विरुवाटार- पौवाटार७ कि।मि।
पन्थडिहि- कटहरे- हर्मी१० कि।मि।
नारेश्वर- निवेल- पाल्खु२१ कि।मि।
सतिपिपल- विन्धवासिनी- डेरागाउ- आहाले भन्ज्याङ१०।५ कि।मि।
चोरकाटे- चित्रे१५ कि।मि।
पिप्ले- चामाभन्ज्याङ- आपपीपल६ कि।मि।
स्याउली- मनकामना१४ कि।मि।
दश किलो- मनकामना१० कि।मि।
ठांटीपोखरी-छापथोक- बड्डाडा४।७ कि।मि।
आपपीपल भन्ज्याङ-हस्पिटल१।६ कि।मि।
तुरतुरे हवाई मैदान - कालीरह - चेपे१।८ कि।मि।
घ्याम्पेसाल -वाकोट- स्वारा -सौरपानी -वारपाक५ कि।िम
विर्दि -वागडाडा -पन्थिनि -कालामाटा १० कि।मि।
फिनामटार - जौवारी - चैनपुर ५ कि।मि।
तुरतुरे हवाई मैदान - ठांटीपोखरी४ कि।मि।
बाह किलो - छेपेटार३।५ कि।मि।

२०।िसंचाई सुविधा-
जिल्लाको कूल क्षेत्रफल-३६१००० हेक्टर
िसंचाईयोग्य भूमि-४४३०१ हेक्टर
बाहै महिना िसंचित-२३०० हेक्टर
बर्षे आिशंक िसंचित-१३३४३ हेक्टर
नेपाल सरकार संघ संस्थाहरुबाट निर्माण वा मर्मत सम्भार भएको क्षेत्रफल-४१०१ हेक्टर
परम्परागत रुपमा वा कृषक उपभोक्ता आफैंले निर्माण वा मर्मत सम्भार भएको क्षेत्रफल-९२४२ हेक्टर

२१।प्रमुख कृषि बालीहरु तथा पशुपालन -
खाद्यान बाली- मकै धान गहुं कोधो जौ घैयाधान आलु
दलहन बाली - मास भट्टमास मुसुरो बोडी रहर
तरकारी बाली- आलु लसुन प्याज काउली बन्दा घिरौला रायो
फलपुूल बाली- हिउंदे तथा वर्षे फलपुूल सुन्तला जात
पशुपालन- गाई भैसी भेडा बाखा बंगुर कुखुरा हांस

२२।sृषि पकेट क्षेत्रहरु-
सुन्तला विकास आयोजना१२
खाद्यान्न बाली विकास तथा उत्पादन आयोजना८
व्यवसायिक खेती विस्तार१
ताजा तरकारी४
खायन आलु७
अलैंचीं तथा किफ४
व्यवसायिक सदावहार फलपुूल२

२३।नमूना गा।वि।स।
मनकामना सिम्जुङ बारपाक छेकम्पार


२४।जिल्ला भू-स्वामित्वको स्थिितपरिवार प्रतिसत
०।१ हेक्टर भन्दा मुनी५।०७
०।१ हेक्टर देखि ०।२ हेक्टरसम्म१०।३५
०।२ हेक्टर देखि ०।५ हेक्टरसम्म३२।२५
०।५ हेक्टरदेखि १ हेक्टरसम्म३०।९०
१ हेक्टर देखि २ हेक्टरसम्म१७।७४
२ हेक्टर देखि ३ हेक्टरसम्म३।१२
३ हेक्टर देखि ४ हेक्टरसम्म०।३७
४ हेक्टर देखि ५ हेक्टरसम्म०।०५
५ हेक्टर देखि १० हेक्टरसम्म०।११
१० हेक्टर भन्दा मािथ०।०५

२५।गोरखा बजार देखि गा।वि।स। सम्मको दुरी

दुरीकोषमान।पा। तथा गा।वि।स।
०गोरखा बजार गोरखा नगरपालिका
२नारेश्वर
३फिनाम
४ताप्ले छोप्राक गांखु
५अश्राङ बुंकोट मिरकोट धुवांकोट खोप्लाङ बगुवा देउराली
६बक्राङ श्रीनाथकोट घैरुङ मसेल
७नाम्जुङ ताक्लुङ च्याङली गाईखुर आपपीपल हर्मी
८वोर्लाङ मनकामना ताङलीचोक
९फुजेल पालुम्टार थालाजुङताकुकोट ताकुमाझ लाकुरीबोट धापांचखुवा देउराली तान्द्राङ
१०मकैिसंह भुम्लीचोकजौवारी पन्द्रुङ आरुचनौटे
११दरवुङ केरावारी स्वारा आरुपोखरी
१२सौरपानी आरुआरवाङ
१४हंसपुर मुच्चोक थुमी
१५सिम्जुङ
१७घ्याल्चोक मान्वु
१८खरीबोट वारपाक घ्याच्चोक
२०काशीगाउं लापू
२२केरौजा लाप्राक गुम्दा
२६उहिया
३०सिर्दिबास
३८विही
४१प्रोक
४७ल्हो चुम्चेत
५०छेकम्पार
५२सामागाउँ


२६। जनसंख्या वितरण तथा प्रक्षेपण
जनसंख्याको आकार
राष्ट्रिय जनगणना २०५८ को प्रारम्भिक नतिजा अनुसार गोरखा जिल्लाको जनसंख्या २८८१३४ कुल घरधुरी संख्या ५८९२३ रहेको देखिन्छ । यसले नेपालको कुल जनसंख्याको १।२४ प्रतिशत ओगोटेको छ । औसत घरपरिवारको आकार ४।९ रहेको देखिन्छ । यसैगरी जिल्लाको २०३८ देखि २०५८ सालसम्मको जनसंख्याको स्थितिलाई निम्न तालिकामा देखाईएको छ ।

जिल्लाको जनसंख्या स्थिति २०३८-२०५८
राष्ट्रिय जनगणना बर्षजनसंख्याबृद्धिदरघरधुरी संख्याऔसत घरपरिवारको आकार
कूलपुरुष %महिला%
२०३८२३१२६४११४६१४४९४०११६६५०५०।४-४०७३४५।७
२०४८२५२५२४१२१३२७४८१३११९७५२०।९४९३११५।१
२०५८२८८१३४१३४४०७४६।७१५३७२७५३।३१।३२५८९२३४।८९
कुल जनसंख्या बृद्धि प्रतिशत
२०३८-५८२४।६१७।५-३१।५--४५।६-


विगत २० बर्षको तथ्यांकलाई हेर्दा पुरुषको तुलनामा महिलाको जनसंख्या १४ प्रतिशतले थप बृद्धि भएको छ भने सो अवधिमा कुल जनसंख्याको बृद्धि २४।६ प्रतिशतले भएको छ । यसले तीब्र जनसंख्या बृद्धिलाई देखाएको छ ।
यसरी नै कुल घरधुरी संख्या २० बर्षमा ४५।६ प्रतिशतले बृद्धि भई २०३८ सालमा ४०७३४ भएकोमा २०५८ सालमा ५८९२३ भएको छ । जनसंख्या सम्बन्धी अन्य विवरणलाई तलको तालिकामा देखाइएको छ ।
जिल्लाको जनसंख्या र यससँग सम्बन्धित अन्य विवरणहरु
कुल जनसंख्या- २८८१३४
पुरुष-१३४४०७
महिला- १५३७२७
जनघनत्व ८० वर्ग किमी
जनसंख्या प्रक्षेपणहाल ०५७÷०५८०५९÷६००६०÷६२०६२÷६४
२८८१३४२९१९०३२९९६६१३०७६२४
स्रोत ः रा।ज।ग २०४८ २०५८



२७।धर्म जाति तथा भाषागत विवरण
धर्म
धर्मालम्बीहरुको विवरण
धर्मालम्बीवि।सं। २०३८वि।सं।२०४८वि।सं २०५८
संख्याप्रतिशतसंख्याप्रतिशतसंख्याप्रतिशत
हिन्दु१९५९८२८४।८२२६९३९९०२०९७३३७२।७९
बौद्ध१७५६४७।६२३९९९७२६१९२५।२०
इस्लाम११६८०।५२०१५०।८२६३६०।९१
कि्रश्चियन१७७०।०६१०३८०।४२२६२०।७

Friday, September 11, 2009

तथ्यांकमा गोरखा जिल्ला

१।पृष्ठभूिम
पश्चिमााचल विकास क्षेत्र अन्तर्गत गण्डकी अाचलमा पर्ने गोरखा जिल्ला भौगोलिक हिसाबले मध्य पहाडी क्षेत्रदेखि उत्तरी भेगका हिमाली क्षेत्रसम्म पर्दछ । सुगम क्षेत्रदेखि लिएर अति विकट क्षेत्रहरुसमेत ओगटेको यस जिल्लाको दक्षिणमा मस्र्याङदी र त्रिशुली नदीका किनारदेखि लिएर उत्तरमा चीनको सीमानासम्म फैलिएको छ । यस जिल्लाको सदरमुकाम गोरखा बजार हो जुन समुन्द्र सतहदेखि करिब ११ मिटरको उचाईमा रहेको छ । गोरखा जिल्ला समुद्र सतहबाट २२८ मिटर मुग्लिन नजिक त्रिशुली र मस्र्याङदीको दोभान उचाईदेखि लिएर ८१६३ मिटरमनासलु हिमालउचाइसम्म अवस्थित रहेको हुँदा यस क्षेत्रभित्र भूमिको बनावटमा विभिन्नता रहेको छ ।
गोरखा जिल्ला लगभग सबैजसो ग्रामीण क्षेत्रले ढाकेको छ । यस जिल्लामा ६६ गाविस र एउटा मात्र नगरपालिका छ । सो नगरपालिकाभित्र पनि गोरखा बजार बाहेक धेरैजसो ग्रामीण इलाका पर्दछन् । राष्ट्रिय जनगणना २०५८ अनुसार नगरपालिकाको जनसंख्या २५७२३ रहेको छ । यसरी हेर्दा झण्डै ९ प्रतिशत जनसंख्या मात्र शहरी क्षेत्रमा पर्दछन् भने ९१ प्रतिशत जनसंख्या ग्रामीण क्षेत्रमा पर्दछन् । यस जिल्लाका लगभग १५ गाविस कासिगाउँ लापु केरौंजा लाप्राक गुम्दा मान्वु उहिया थुमी सिर्दिबास विही प्रोक ल्हो चुम्चेत छेकम्पार र सामागाउँ दुर्गम क्षेत्रमा पर्दछन् । लगभग ११ प्रतिशत जनसंख्या उक्त गाविसमा बसोबास गर्दछन् । गोरखा जिल्लाको उत्तरी भाग हिमाली क्षेत्रमा पर्दछ । लगभग आधाजसो भू-भाग सात वटा गाविसले मात्र ओगटेको छ र यहाँको जम्मा जनसंख्या ७६९७ मात्र छ ।
जनगणना २०४८ अनुसार गोरखा जिल्लाको जनसंख्या बृद्धिदर ०।९ प्रतिशत थियो भने हाल २।२४ प्रतिशत रहेको छ । यसलाई हेर्दा नेपालको जनसंख्या बृद्धिदर २।२७ भन्दा यहाँको कम देखिएता पनि २०४८ को तुलनामा यहाँको जनसंख्या बृद्धिदर बढेको देखिन्छ । यही दरमा जनसंख्या बृद्धि हुँदा ५२ बर्षमा यहाँको जनसंख्या दोब्बर हुने देखिन्छ । यसरी नै कुल घरधुरी संख्या २० बर्षमा ४५।६ प्रतिशत बृद्धि भई २०३८ सालमा ४०७३४ भएकोमा २०५८ सालमा ५८९२३ भएको छ ।
राष्ट्रिय जनगणना २०५८ को जनगणना अनुसार गोरखा जिल्लाको जनसंख्या २८८१३४ कुल घरधुरी संख्या ५८९२३ रहेको देखिन्छ । यसले नेपालको कुल जनसंख्याको १।२४ प्रतिशत ओगटेको छ । औसत घर परिवारको आकार ४।९ रहेको छ । २० बर्षमा पुरुषको तुलनामा महिलाको जनसंख्या १४ प्रतिशत थप बृद्धि भएको छ भने सो अवधिमा कुल जनसंख्याको बृद्धि २४।६ प्रतिशतले भएको छ । यसले तीब्र जनसंख्या बृद्धिलाई देखाएको छ ।

१।१। ऐतिहासिक पृष्ठभूिम
नेपाल राज्यको एकीकरण गर्ने श्रेय गोरखा जिल्लालाई दिने गरिन्छ । गोरखा जिल्लाको लिगलिग भन्ने ठाउँमा घले राजाहरुको राज्य थियो । त्यहाँ प्रत्येक बर्ष विजयदशमीका दिन दौडमा प्रथम हुनेलाई राजा बनाउने प्रचलन थियो । त्यस उत्सवलाई हेर्न उपस्थित भएको बेला द्रव्य शाहले अप्रत्याशित रुपमा झुक्याएर आक्रमण गरी त्यहाँ आफ्नो प्रभुत्वका राज्य कायम गरे । यसै प्रसंगमा चेपे किनारबाट दौडेर लिगिलिगकोट पुग्न लागेका पाँच जना घलेहरुलाई मारेर गाडेको ठाउँ लिगलिग नजिकै पाँचचिहाानको रुपमा हालसम्म पनि परिचित छ । लिगलिगकोटमाथि विजय भएपछि तुरुन्तै गोरखा आक्रमण गरी १५ दिनसम्म युद्ध भएकोमा गोरखा विजय हुन सकेन । द्रव्य शाह निकै महत्वकांक्षी भएकोले प्रथम पराजयले उनलाई खासै असर पारेको थिएन भने भागिरथ पन्त गणेश पाण्डे सर्वेश्वर खनाल गंगाराम राना गजानन भट्टराई केशव बोहोरा मुरली खवासहरुले उनको उत्साहलाई बढाइरहेका थिए । द्रव्य शाहका सैनिकहरु थापा भुसाल मास्के रानाहरु समेतले गोरखाका राजाको दरबारलाई घेरी आक्रमण गरे । यसरी गोरखा राज्य जितेपछि द्रव्य शाह गोरखाका राजा भए ।
द्रव्य शाहले पछि गोरखा राज्यमा उनका बंशजहरु पुरन्दर शाह छत्र शाह राम शाह डम्बर शाह कृष्ण शाह रुद्र शाह पृथ्वीपति शाह र नरभूपाल शाहले राज्य गरेको पाइन्छ । राजा नरभूपाल शाह र रानी कौशल्यावतीको ज्येष्ठ पुत्रको रुपमा वि।स।१७७९ पौष २७ गते पृथ्वीनारायण शाहको जन्म भयो । तत्कालीन अवस्थामा नेपाल वाइसी चौविसी गरी ५२ भन्दा बढी स-साना राज्यमा विभाजित भएको थियो । यी राज्यहरुबाट एक आपसमा शत्रुताको व्यवहार मत्स्य न्यायको अवस्था थियो भने अर्कोतिर भारतमा बि्रटीस साम्राज्य फैलिसकेकोले तिनीहरुको आँखा नेपालमा परेको थियो । वि।स। १७९९ मा २० वर्षको उमेरमा पृथ्वीनारायण शाहले आफ्नो एकमात्र उद्देश्य जे जसरी हुन्छ टुकि्रएर रहेका स-साना राज्यहरुलाई विजय हासिल गर्ने भन्नेमा लागे । तदानुरुप वि।स। १८०१ मा नुवाकोट १८१९ मा मकवानपुर १८२२ मा किर्तीपुर ललितपुर १८२६ मा भक्तपुर विजय गरी गोरखा राज्यबाट नेपाल राज्यको स्थापना गरे र देशको राजधानी पनि काठमाडौं बनाए ।
यसरी वर्तमान नेपाल राज्यको उत्पत्ति गोरखा राज्यबाट भएको इतिहासमा वर्णित छ । गोर्खालीहरु बीरबहादुर र परिश्रमी भएकोले तत्कालीन अवस्थामा नेपाल राज्यको स्थापनामा उनीहरुले तत्कालिन शासकहरुलाई सहयोग पुर् याएका तथा नेपाल अंग्रेजबीच वि।सं। १८७१ देखि १८७३ सम्म भएको युद्धमा नेपाली सैनिकहरुले देखाएको अदम्य साहस र वीरताको कदर गर्दै अंग्रेजहरुले भारतमा नेपालीहरुलाई भर्ती गराउने प्रचलन समेत चलाए । पहिलो र दोस्रो विश्व युद्धमा नेपालका शासकहरुले वेलायतलाई साथ दिई युद्धमा सैनिकहरु पठाएका थिए । गोर्खाली सैनिकहरुको वीरगतिको कदर गर्दै जर्मन सम्राट कैजार विलियमले ुम मेरा सैनिकहरुलाई संसारका कुनै सेनासँग लडाउन रत्तिभर पनि डर मान्दिन तर गोरखा सैनिकको नाम सुन्नासाथ मेरो मुटु थर्कमान हुन्छु भनेका छन् भने बेलायतकी रानी एलिजावेद द्वितीयले ुगोरखा सैनिकले इतिहासमा छुट्टै र गरिमामय स्थान ओगट्न पुगेका छन्ु भनेकी छन् ।

१।२।जिल्लाको नामकरण प्रसंगः
गोरखामा रहेका योगी गोरखनाथको नामबाट वा गाइको रक्षा गो रक्षा गरिने ठाउँ भएकोले सोही आधारमा यो ठाउँको नाम ुगोरखाु रहेको मानिन्छ । नेपाली भाषामा घाँसको फाँटलाई खर्क मानिने गरेकोमा खर्क शब्द विकृत भएर गर्ख गर्खा हुँदाहुँदै गोरखा भएको पनि मानिन्छ । यो जिल्ला अन्तर्गत घाँसका ठूला ठूला फाँटहरु÷खर्कहरु छन् । लिच्छवीकालमा पनि गोरखा बारेमा चर्चा गरिएको छ । जयदेव द्वितीयको शिलालेखमा वर्णन भए अनुसार त्यस समयमा गोरखालाई केन्द्रबाट नै शासन गरिन्थ्यो ।

२। जनआन्दोलन र जनयुद्धमा गोरखाको स्थान
राणा शासन र पाचायत विरुद्धको विभिन्न जनआन्दोलनमा गोरखाको महत्वपूर्ण भूमिका रह्यो । राणाकालमा हलो जोत्ने आन्दोलनको साथसाथै विभिन्न किसान आन्दोलनहरु भएका थिए । पाचायती व्यवस्थाका विरुद्धमा आँपपिपलका होमनाथ ढकाललगायतका दर्जनौं आन्दोलनकारीहरु सहिद भएका थिए । २०३६ र २०४६ का आन्दोलनमा पनि गोरखा र गोरखालीहरुको महत्वपूर्ण भूमिका रह्यो ।
२०५२ सालमा सुरु भएको महान् जनयुद्धमा पनि गोरखाको भूमिका ऐतिहासिक रह्यो । जनयुद्धको थालनी गर्ने निर्णय पनि गोरखामा भएको बैठकबाट गरिएको थियो । जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेल र सवैभन्दा वरिष्ठ सहिद सुरेश वाग्लेबासु पनि गोरखाकै हुन् । यसैगरी जनयुद्धकै क्रममा गोरखाका ६ जना छोरीहरुले जेल ब्रेक गरी इतिहास रचेका छन् भने अन्य विभिन्न बलिदानी र त्यागमा गोरखाले सबैलाई उछिनेको छ । यसैगरी संविधानसभा निर्वाचन २०६४ मा पनि देशभरमा सबैभन्दा बढी मत गोरखा क्षेत्र नं २ का डा।बाबुराम भट्टराईले प्राप्त गरी ऐतिहासिकता देखाएका छन् । यसरी इतिहासदेखि हालसम्म राजतन्त्रदेखि गणतन्त्रसम्म गोरखाले आफ्नो छुट्टै पहिचान बनाएको छ ।
३।भौगोलिक अवस्थाः
अक्षांशः २७०१५ु देखि २८०१५ु
देशान्तरः ८४०२७ु देखि ८४०५८ु
क्षेत्रफलः ३६१० वर्ग किलोमिटर
उचाईँः २२८ मिटरदेखि ८१६३ मिटरसम्म
विकास क्षेत्रः पश्चिमााचल
अाचलः गण्डकी

सीमानाः
पूर्व ः धादिङ तिब्बत चीन
पश्चिमः तनहुँ लमजुङ मनाङ तिब्बत चीन
उत्तरः तिब्बत चीन
दक्षिणः चितवन तनहुँ धादिङ जिल्ला ।

हावापानीः
१। उष्ण हावापानी त्चयउष्अबि ऋषिषबतभ
२। सम-शितोष्ण हावापानी क्गद-तचयउष्अबि ऋषिषबतभ
३। शितोष्ण हावापानी ऋययि त्झउभचबतभ ऋषिषबतभ
४। हिमाली÷लेकाली हावापानी ब्उिष्लभ ऋषिषबतभ

४।वर्षा एवं तापक्रमको स्थितिः
यो जिल्ला सामान्यतयाः मनसुनी बर्षात् पर्दछ । जेष्ठको अन्त्यतिर मनसुन शुरु भइृ भाद्रको अन्त्यसम्म रहन्छ । हिउँदमा पश्चिमी वायुले वर्षा गराउँछ । हिमाल पहाड वेसी र टारहरुको भौगोलिक विविधताले गर्दा तापक्रम एवं वर्षा एकनास छैन । उत्तरी क्षेत्रमा बाह्रै महिना जाडो हुन्छ भने दक्षिणी टारमा तराईमा जस्तै प्रवल गर्मी हुन्छ । यस जिल्लामा प्रायः चैत्र÷बैशाखमा असिना पर्छ । यस जिल्लाको वार्षिक तापक्रम एवं औषत रुपमा निम्न अनुसार छ ।

वर्ष सन् महिना गोरखावर्षा मि।मि
मौसम से।ग्रे
अधिकतमन्यूनतम
२००७व्गिथ३०।१२३।४३६३।१
ब्गनगकत३१।०२३।३१७५।७
क्भउतझदभच२१।७२२।१३५३।०
इअतयदभच२८।२१९।०३७।६
ल्यखझदभच२४।२१२।६७।०
म्भअझदभच१९।५८।६०।०
२००८व्बलगबचथ---
ँभदचगबचथ२२।२८।८९।५
ःबचअज---
ब्उचष्ि३१।४१७।११३७।०
ःबथ३१।११९।३१५३।६
व्गलभ३०।८२१।७४४०।०
स्रोतः नारायणी वेसिन कार्यालय
अधिकतम तापक्रमः ब्उचष्ि ३१० से।
न्यूनतम तापक्रमः म्भअझदभच ८।६०
अधिकतम वर्षाः व्गलभ ४४० मि मि
न्यूनतम वर्षाः म्भअझदभच ँभदचगबचथ ०।० मि मि

५।गोरखा जिल्लालाई चिनाउने केही महत्वपूर्ण स्थानः
गोरखाबजार
मनकामना
आरुघाट बजार
जौबारी
घ्याम्पेसाल
वारपाक
पालुङटार विमानस्थल
भच्चेक
बुंकोट खाब्दी
सिर्दिबास
छेकम्पार
सामागाउँ
लिगलिगकोट
आँपपिपल हस्पिटल

६।प्रमुख ऐतिहासिक धार्मिक सांस्कृतिक एवं प्राकृतिक सम्पदाहरुः
गोरखा दरबार गोरखकाली गोरखनाथ
तल्लो दरबार
मनकामना मन्दिर
मनासलु क्षेत्र
गुम्बाहरु
गुफाहरु
हिमाल
कोटहरुउपल्लोकोट तल्लोकोट लिगलिगकोट हर्मीकोट आदि
महादेव मन्दिर विष्णु मन्दिर हनुमानढोका भिमसेनस्थान
ताल÷पोखरीकल्छुमन-१।५ किमी लामो नारदकुण्ड दुधपोखरी तातोपानी भुलभुलेखार वीरेन्द्र छोसोङ पुस्कर तीर्थ÷रानीपोखरी निम्चेपोखरी

हिमशिखर
गोरखा जिल्ला अन्तर्गगत विभिन्न हिमश्रृंखलाहरु रहेका छन् र ती हिमश्रृंखला अन्तर्गत करिब १०० हिमाली टाकुराहरु रहेका छन् ।
क्र।संहिमश्रृंखलाहिमालको संख्याप्रमुख हिमाल
१मनासलु४०मनासलु८१६३ मिटर
हिमालचुलीपूर्व७८९५ मिटर
नागधी चुली७८७१ मिटर
हिमालचुलीपश्चिम७५४० मिटर
हिमालचुलीउत्तर७३७१ मिटर
मनासलु उत्तर७१५१
बौद्ध हिमाल६६७२ मिटर

२गणेश ४३गणेश १२३
३श्रंृगी९श्रृंगी हिमाल७१७७ मिटर र पाग्मा
४कुताङ४साउला र कायाङ
जम्मा४९६


जल भण्डार
मुख्य नदीः बुढी गण्डकी चेपे दरौंदी त्रिशुली स्यार खोला
तालः कल्छुमन वीरेन्द्र
पोखरी नारद पोखरी दुध पोखरी रानी पोखरी निम्चे पोखरी भुलभुले खार

७।राजनैतिक विभाजन
संसदीय निर्वाचन क्षेत्रः ३
जिल्ला विकास समिति इलाका संख्या ः१३
नगरपालिका संख्याः १
गाउँ विकास समिति संख्याः ६६
वडा संख्यागाविसको ५९४ नगरपालिकाको ११ः ६०५



७।१।जिल्लाको संसदीय निर्वाचन क्षेत्र अनुसार जिविसको इलाका गाविस र नगरपालिकाको विवरण ः
निर्वाचन क्षेत्रइलाकागा।वि।स र नगरपालिकाका वडाहरु

१७ वटा गा।वि।स। र नगरपालिका१


४गोरखा नगरपालिका नारेश्वर फिनाम
ताप्ले वोर्लाङ अश्राङ बंुकोट नाम्जुङ
मनकामना घैरुङ मकैिसंङ वक्राङ ताक्लुङ
ताङलीचोक फुँजेल ध्याल्चोक भुम्लीचोक दरवुङ

२० वटा गा।वि।स५


८देउराली च्याङली मिरकोट धुँवाकोट गाईखुर
छोप्राक खोप्लाङ पालुम्टार हर्मी आँपपिपल
गाँखु श्रीनाथकोट जौवारी थालाजुङ केरावारी
हंसपुर खरीबोट घ्याच्चोक सिम्जुङ मुच्चोक

२९ वटा गा।वि।स।९
१०
११
१२
१३वारपाक स्वाँरा सौरपानी ताकुकोट ताकुमाझ लाकुरीवोट
धावा पाँचखुवा देउराली पन्द्रुङ मसेल वगुवा तान्द्राङ
मान्वु आरुआरवाङ थुमी आरुचनौटे आरुपोखरी
करौजा काशशीगाउँ उहिया लाप्राक लापु गुम्दा
छेकम्पार सििद

Tuesday, July 21, 2009

क्षतिपूर्ति दिन आनाकानी

गोरखा 6 साउन । गरिबी र अभावका कारण यासा्रगुम्बा सङ्कलन गर्न गएका सात केराँैजावासीका परिवारलाई रु।एक÷एक ल्ााख क्षतिपूर्ति दिन अन्नपूर्णक्षेत्र विकास समितिले पहिलेको निर्णय खारेज गरी हाल आएर प्रत्येक परिवारलाई रु।२०÷२० हजारमात्र दिने निर्णय गरेपछि तमुवान संयुक्त सङ्घर्ष समिति गोरखाले प्रेस विज्ञप्ति प्रकाशित गरी विरोध गरेको छ ।

समितिका संयोजक धना तमुद्वारा हस्ताक्षरित विज्ञप्तिमा अन्नपूर्ण संरक्षणक्षेत्र एक्याप को उक्त रवैयाप्रति सो सङ्गठनको घोर आपति रहेको र पहिलेका निर्णयबमोजिम उचित क्षतिपूर्ति तत्काल नदिए कडा कदम चालिने र यसको जिम्मेवारी स्वयम् एक्यापले नै लिनुपर्ने विज्ञप्तिमा जनाइएको छ ।

गोरखाको केरौँजाबाट यासा्रगुम्बा टिप्न मनाङको नार गाविस पुगेको सात गोरखालीको वीभ्ात्स हत्यामा एक्यापको प्रमुख हात रहेको र प्रमुख सहयोगी नै एक्याप भएको आरोप पीडितहरुले लगाउँदैआएका छन् ।

शिक्षा कार्यालयमा तालाबन्दी

गोरखा ६ साउन । जिल्ल्ाा शिक्षा कार्यालय गोरखामा शिक्षकहरुले तलब वृद्धि गर्नुपर्ने र पहिलेका सबै सहमति र मागहरु पूरा गर्नुपर्ने भन्दै जिल्ला शिक्षा कार्यालय गोरखामा आज तालाबन्दी गरेका छन् ।

नेपाल शिक्षक युनियन र अखिल नेपाल शिक्षक सङ्गठनले संयुक्तरुपमा सो कार्यक्रम गरेका हुन् ।

शिक्षकहरुका माग सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने शिक्षक युनियनका गोरखा अध्यक्ष लुमनाथ लामिछानेले बताउनुभयो ।

ग्ााेरखामा ३८ उच्च मावि पुग्यो

गोरखा ६ साउन । गोरखा जिलःलामा उच्चमाध्यमिक विद्यालयको सङ्ख्या तीन दर्जन पुगेको छ ।
उच्च माध्यमिक शिक्षा परिषदबाट यसवर्ष गोरखा जिल्लामा एकदर्जन माध्यमिक विद्यालयले उच्च माध्यमिक विद्यालय साचालन गर्न अनुमति पाएका छन् ।

यसवर्ष स्वीकृति पाएका विद्यालयहरुमा नवजागृति चण्डी उच्च मावि अश्राङ शैलपुत्री उच्च मावि पाँचखुवा देउराली हिमालय उच्च मावि सिम्जुङ संसारी उच्च मावि गाँखु हिमालय उच्च मावि वारपाक अमरज्योति उच्च मावि लुँईटेल मण्डली उच्च मावि छोप्राक जीवनज्योति उच्च मावि च्याङली शान्ति मावि वगुवा संकृत उच्च मावि ताद्राङ अन्नपुर्ण उच्च मावि खोप्लाङ र जनज्योति उच्च मावि चिप्लेटी रहेका छन् ।

यसवर्ष गोरखा जिल्लामा माओवादी नेता बाबुराम भट्टराईले पढेको अमरज्योति जनता उच्च मावि लुईटेलमा विज्ञान सङ्काय र नेता नारायणकाजी श्रेष्ठ प्रकाशले पढेको जनज्योति उच्च मावि चिप्लेटीमा कृषि विज्ञान सङ्कायका लागि सम्बन्धन पाएको हो ।

Friday, July 17, 2009

विषालु च्याउ खाँदा एघारजना बिरामी

गोरखा । विषालु च्याउ खाँदा गोरखामा एकै घरका ६ जनासहित ११ जना बिरामी भएका छन् । गोरखा जिल्लाको आरुचनौटे गाविसस्थित रातमाटे गैरी वनबाट ल्याएको च्याउ खाँदा सोही गाविस वडा नं। ४ पिपलडाँडाका चार घरपरिवारका ११ जना बिरामी भएका हुन् ।
विषालु च्याउ खाएर गम्भीर बिरामी भएका वर्ष ७० का चन्द्रबहादुर नेपालीलाई उपचारका लागि काठमाडौँको वीर अस्पताल लगिएको र तीनजनाको स्थानीय आरुघाट स्वास्थ्यचौकीमा र अन्यको गाउँमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

नेपाली नागरिकता नेपाली र अंग्रेजी दुवै भाषामा

नेपाली नागरिकता अव नेपाली र अंग्रेजी दुवै भाषामा छिटै वितरण हुने भएको छ । गृह मन्त्रालयले परिवर्तित नयाँ स्वरुपको नेपाली नागरिकता असोज को पहिलो साता बाँड्न थाल्ने जानकारी दिएको छ। नेपाली र अंग्रेजी दुवै भाषामा लेखिएका नयाँ स्वरुपको नागरिकताको आकार भने केही ठूलो हुनेछ। प्रवक्ता घिमिरेका अनुसार विद्युतीय प्रविधिबाट नागरिकता दिने प्रक्रिया थाल्ने गृहले प्रस्ताव गरेको छ। त्यसो भएमा बिजुली भएको ठाउँमा बिजुली र नभएको ठाउँमा जेनेटरको माध्यमबाट नागरिकता वितरण गरिने छ। ुनागरिकता दिने सफ्टवेयर पनि तयार भइसकेको छ । यसअघिको नागरिकता भन्दा यसको साइज केही ठूलो हुने छ। २००९ मा आएको नागरिकता ऐन क्रमशः २०२० र २०६३ मा संशोधन भएको छ। थालनीमा बडाहाकिमले नागरिकता हातले लेखेर दिन्थे। २०४५ सालसम्म नेपाली कागजमा लेखिएको नीलो रंगको बाक्लो कभर भएको सानो बुकलेट जस्तो दिने प्रचलन थियो।अवको नयाँ नागरिकतामा भने लिंग पनि लेखिने छ। तर कुन लिंग भन्ने विषयमा भने बाँकी खाली राखिएको छ। हालसम्म कास्कीबाट एकजनाले तेस्रो लिंगी भनेर विष्णु अधिकारीले लिएकी छन्। उनले आफूलाई तेस्रो लिंगी भनेर दाबी गरेकी छिन्। सर्वोच्च अदालतले दिने भने पनि कानुनी वितरण गरेको छैन। महिला र पुरुषबाहेकलाई उभयलिंग राख्ने कि भनेर गृहमन्त्रालयले प्रस्ताव गर्ने भएको छ।वंशजको आधारमा दिइने नागरिकता र अंगीकृत नागरिकता स्पष्ट चिन्ने गरी वनाइने छ। वंशज र जन्मको आधारमा के हो रु त्यो उल्लेख हुने छ। बैबाहिक अंगीकृत नेपाली नागरिकताको प्रमाणपत्र अंगीकृत नेपाली नागरिकताको प्रमाणपत्रुको पछिल्तिर नागरिकता दिने निर्णय गरेको हो रु त्यो लेखिएको हुने छ।नयाँ नागरिकतामा नयाँ सूचनासमेत लेखिएको छ। नागरिकताको पछाडि पटी 'यो प्रमाणपत्र कसैले फेला पार्नु भएमा नजिकको जिल्ला प्रशासन कार्यालय वा प्रहरी कार्यालयमा बुझाइदिनुहोला' लेखिएको छ।यसको साथै नागरिकता अंग्रेजी भाषामा पनि लेखिने छ। नेपाली भाषामा मात्र लेखिएको नागरिकताले समस्या पार्दैआएको थियो। खासगरी राहदानी नचाहिने भारत जाने नेपाली र चीन सीमाक्षेत्रमा यस्तो समस्या देखिदैआएको थियो। अव भने केही हदसम्म भएपनि नागरिकताबाट हुने समस्या निकारण भएको छ ।

गोली लागेर सप्तरीमा एकको मृत्यु, निश्चितकालीन कर्फयु

२ साउन । सशस्त्र प्रहरीको गोली लागेर सप्तरीमा एक स्थानीय बासिन्दाको मृत्यु भएपछि आक्रोशित बनेकाहरुले प्रदर्शन जारी राखेपछि स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फयु आदेश जारी गरेको छ । मध्यान्ह १२ बजेदेखि लागू हुने गरि राजविराज नगरपालिकाको नगर क्षेत्र, ईटहरी विष्णुपुरा क्षेत्रमा अनिश्चितकालीन कफर्यू आदेश जारी गरेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लाको ईटहरी विष्णुपुरामा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एकको मृत्यु भएको हो । भारतबाट रासायनिक मल लिएर आएका गाउँलेको प्रहरीले साइकल र मल कब्जामा लिएपछि स्थानीय बासिन्दाले विरोध प्रदर्शन गरेका थिए । प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर विष्णुपुरा ४ का अखिलेश यादवको मृत्यु भएको हो । गोली लागेर कृतानन्द साह, नरेन्द्र यादव, नरेन्द्रप्रसाद मेहता, पुनानन्द यादव र सुरेश यादव गम्भिर घाइते भएका छन् । प्रहरीको गोली लागी घाइते भएकाहरुको सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ । स्थानीय बासिन्दाले सखडाबाट गएको सशस्त्र प्रहरीको टोलीले एक्कासी गोली चलाएको बताएका छन् । प्रहरीले सबै गाउँले मिलेर प्रहरी कार्यालय घेराउ गरेर आक्रमण प्रयास गरेपछि गोली चलाउनुपरेको जनाएको छ ।

Wednesday, July 1, 2009

रेडक्रसद्वारा २०६ परिवार लाभान्वित


गोरखा १८ असार । अन्तरराष्ट्रिय रेडक्रस सोसाइटी आइसिआरसि को सहयोगमा नेपाल रेडक्रस सोसाइटीले साचालन गरेको लघु आर्थिक पहल परियोजनाअन्तर्गत गोरखा जिल्लामा रहेको द्वन्द्वपीडित परिवारमध्ये २०६ जना परिवार लाभान्वित भएको नेपाल रेडक्रस सोसाइटी गोरखाले जनाएको छ । द्वन्द्वको क्रममा चर्को मार खेपेको गोरखा जिल्लामा १८६ जना नागरिकले ज्यान गुमाएका थिए र अझै २६ जनाको अवस्था सार्वजनिक भएको छैन ।
पीडित परिवारले सानो लगानी गर्न नसकिरहेको अवस्थामा रेडक्रसले गरेको दस हजार बराबरको सहयोग अमूल्य भएको पीडित परिवारमध्येका गणेश श्रेष्ठले बताए । श्रेष्ठ द्वन्द्वको क्रममा कुटपिटबाट घाइते हुनु भई अपाङ्ग हुनुभएको थियो । रेडक्रसले दिएको सात वटा बाख्राबाट राम्रो आम्दानी गर्ने गरेको उनले बताए । राज्य पक्ष या अर्को पक्षबाट भएका घटनामा पीडित भएका तर आर्थिक हैसियत अति नाजुक भएका परिवारका लागि मात्र सहयोग गरिएको सोसाइटीका सभापति शुक्रराज पन्तले जानकारी दिनुभयो ।

Friday, June 26, 2009

पानीघट्टको बिजुलीले गाउँलाई नै झलमल्ल पार् यो

पसा्र वीरगन्ज १२ असार । देशमा ऊर्जा सङ्कट देखापरिरहेका बेला वैकल्पिक ऊर्जाको खाजीसमेत भइरहेको अवस्थामा पसा्र जिल्लाको दुर्गम गाविसका एक किसानले नेपालमा उर्जाको प्रशस्त सम्भावना रहेको प्रष्ट पारेका छन् । जिल्लाको ठोरी गाविस वडा नं। ६ सुन्दरबस्तीका स्थानीय कृषक लक्ष्मण अधिकारीले आफ्नै पानीघट्टबाट बिजुली उत्पादन गरी नेपालमा ऊर्जाको विभिन्न स्रोत रहेको प्रष्ट पारेका छन् । उनले आफ्नै पहलमा निर्माण गरेको पानीघट्टबाट करिब पाँच वाटको बिजुली उत्पादन गरी ठोरी गाविसको दुईवटा वडालाई झलमल्ल पारेका छन् । करिब एक महिना परीक्षण गरेपछि अहिले नियमित रुपमा बिजुली उत्पादन भई ठोरी गाविस वडा नं। ६ सुन्दरबस्ती र ७ टाउन प्लाजालाई झलमल्ल पारिएको अधिकारीको भनाइ छ । घट्टबाट निस्किएको पानी सदुपयोग गरी डाइनामो राखेको र त्यसैले उत्पादन गरेको विद्युत आफूले आपूर्ति गरेको र पानीको मात्रा बढेपछि वडा नं ६ र ७ का अलवा ८ नं। मा समेत विद्युत पठाउने आफ्नो लक्ष्य रहेको अधिकारीले प्रष्ट पार्नुभयो ।
विद्युत उत्पादन भएपछि अहिलेसम्म गडबढी नभएको पनि अधिकारीले दाबी गरेका छन् । यद्यपि पछिल्लो समयमा चर्को खडेरीपरेका कारण पानीको स्रोत सुकेपछि केही समस्या भएको उनले बताए । तर पानी पुरै नसुकेका कारण अहिले बिजुली भने सुचारु रहेको अधिकारले बताए । ठोरी गाविसमा मात्रै करिब एक दर्जन जति पानीघट्ट भएपछि बिजुली उत्पादन गर्न भने अधिकारी सफल भएका छन् ।

Thursday, June 25, 2009

Students rally for severe punishment to Khyati's murderer, police suspect main accused could be a serial killer

Demanding severe punishment to the killer of late Khyati Shrestha, students and teachers took out a rally in the capital on Thursday.
Bereaved parents and family members of the murdered college students also took part in the rally.
Student groups took out rallies from different colleges and educational institutions of Kathmandu including Padma Kanya, the biggest women's college in the country, and gathered at Jubilant College and Research Center at Kalimati where Khyati used to study in grade 12.

From there the rally went to Sundhara and Ratnapark area before turning into a corner assembly after reaching Metropolitan Police headquarters at Hanumandhoka.
There the participants of the rally demanded severe punishment to those involved in abduction and subsequent murder of the 19-year old college girl.
Khyati's dismembered body parts were found 16 days after her abduction on June 5.
The main accused Biren Shrestha and his teenage accomplice Merina Shakya have already been arrested and have confessed to their crimes.
Meanwhile, reports say police have now started investigating the possible involvement of the main accused Shrestha in similar crimes in the past.
"We believe that the latest killing must not be the first crime of this nature he has committed," Superintendent of Police Nawa Raj Silwal told Republica Daily Wednesday. "We have now begun investigating whether there is a link with unsolved cases of a similar nature in the past."
He said the way body parts have been cut off and disposed of in cartons at different locations matches exactly with cases the police have across in the past.

Wednesday, June 24, 2009

Peace Minister rules out talks with Madhesi outfits involved in criminal activities

Newly-appointed Minister for Peace and Reconstruction Rakam Chemjong has denied possibility of the government holding dialogue with all armed Madhesi outfits active in Terai, saying that most of them are not "political groups" as they are involved in criminal activities.
"It is not necessary (for the government) to hold talks with all armed Madhesi outfits as most of them are not political groups," Minister Chemjong said in an interview with a Nepal FM radio station Wednesday.
He further said that all movements are started with certain political aims, but those armed Madhesi outfits involved in extortion, abduction and murder in Terai don't have any political aims and are just common criminals.
"There is no meaning in holding talks with outfits involved in criminal activities," he said, "the government must deal with them by other means." The peace minister, however, didn't gave any hint through which it could be inferred that the government is mulling action against the Madhesi outfits involved in low-intensity terrorist activities in Terai anytime soon.
But the straightforward and strong manner in which he made it clear that the government is losing patience against the deterioration of law and order situation in Terai definitely suggested that the government is giving serious thought to it.
At a time when various groups announce general strike at the drop of a hat and bring the whole country into a standstill, Minister Chemjong requested the agitating groups to sit in the negotiating table and put forward their demands before the government prior to taking such a step

PM preparing to expand cabinet for the fourth time

Prime Minister Madhav Kumar Nepal is all set to expand his cabinet for the fourth time by inducting ministers recommended by the two Madhesh-based parties Madhesi Janadhikar Forum (MJF) and Terai Madhes Loktantrik Party (TMLP) Wednesday.
MJF led by Bijaya Kumar Gachchhadar has recommended the names of Mrigendra Singh Yadav and Sharat Singh Bhandari for the posts of agriculture and tourism ministers respectively. The party is yet to decide on the names of other three ministers, three state ministers and one assistant minister.
Likewise, TMLP has forward the names of Mahendra Ray Yadav, Ram Kumar Sharma and Dan Bahadur Chaudhary to represent the party in the government. It is yet to select two state ministers from the party.
Another Madhes-based party supporting the UML-led coalition Sadbhavana Party has decided not to join the government unless it gets a ministry more than that offered by the UML or the ministry of its choice.

Friday, June 19, 2009

मजदुर आन्दोलन चर्किएपछि आपतकालीन रुपमा विद्युत उत्पादन

दोलखा ५ असार । मजदुर आन्दोलन चिकर्ंदै गएपछि दोलखाको किर्नेटारस्थित ६० मेघावाट क्षमताको खिम्ती १ जलविद्युत आयोजनाले विगत छ दिनदेखि आपतकालीन रुपमा विद्युत उत्पादन गर्दैैआएको छ । खिम्ती १ जलविद्युत आयोजनाको व्यवस्थापनपक्ष हिमाल पावर लिमिटेडले आयोजनाको मूलद्वारमा आफैले तालाबन्दी गरी आइतबार रातिदेखि आपतकालीन रुपमा विद्युत उत्पादन गदैै्रआएको हो । आयोजनाले विद्युत उत्पादन गृहमा पाँच जना प्राविधिकहरु मात्र राखेर विद्युत उत्पादन गरिरहेको छ । आयोजनाका अनुसार विद्युत उत्पादनगृहमा हाल एक विदेशीसहित तीन जना इन्जिनियर र दुई जना अपरेटर मात्र रहेका छन् ।
मूलद्वारमा तालाबन्दी गरिएपछि हिमाल पावर लिमिटेडअन्तर्गतका कर्मचारीहरु आयोजना परिसरभित्र रहेका छन् भने खिम्ती सर्भिसेज् प्रालिअन्तर्गत आयोजनामा कार्यरत मजदुरहरु आयोजना परिसरमा प्रवेश गर्न पाएका छैनन् । हिमाल पावर लिमिटेडका महाप्रबन्धक टम सल्वर्गले तेस्रो पक्षसँग आबद्ध कर्मचारीहरुले विभिन्न माग राखी विद्युत उत्पादन कार्यमा अवरोध गर्न थालेपछि स्वयम् तालाबन्दी गरी आपतकालीन रुपमा विद्युत उत्पादन गर्न थालिएको बताउनुभयो ।
मजदुर आन्दोलनका कारण विद्युतगृहको सुरक्षा र राष्ट्रिय प्रसारण लाइनमा विद्युत आपूर्तिको निरन्तरतामा अवरोध सिर्जना हुनसक्ने भएकोले आपत्कालीन उपाय अवलम्बन गर्नुपरेको महाप्रबन्धक सल्वर्गको भनाइ छ । खिम्ती सर्भिसेज प्रालि नामक स्वतन्त्र सेवा प्रदायक कम्पनीमार्फत खिम्ती जलविद्युत आयोजनामा कार्यरत ८९ जना मजदुरले हिमाल पावर लिमिटेडका कर्मचारी सरहको तलब भत्ता तथा सुविधा पाउनुपर्ने हिमाल पावर लिमिटेडको सेयर पाउनुपर्नेलगायतका १३ बुँदे माग राखेर जेठ २९ गतेदेखि चरणबद्ध आन्दोलन गर्दैआएका छन् ।
जिफन्टअन्तर्गतको खिम्ती जलविद्युत नेपाल स्वतन्त्र केमिकल तथा आइरन मजदुर युनियनको आह्वानमा आन्दोलन भइरहेको हो । जेठको अन्तिम साता पूर्ण क्षमतामा अर्थात ६० मेघावाट विद्युत उत्पादन गर्दैआएको खिम्ती जलविद्युत आयोजनाले हाल ४० मेघावाट विद्युत उत्पादन गर्दैआएको छ । आयोजनाका सुपरभाइजर बलाराम अधिकारीले केही दिनदेखि सुख्खा बढेकाले पानीको बहावमा कमी आएपछि विद्युत उत्पादन अहिले ४० मेघावाटमा सीमित भएको जानकारी दिनुभयो ।

कोइराला उत्तराधिकारी राष्ट्रघाती र अलोकपि्रय


कांग्रेसका एकथरि लोभीपापी र स्वार्थीहरु राजनीतिक रुपले शून्य विचारले टाट पल्टिएकी र राजनीतिक संस्कारबाट च्यूत भएकी सुजाता कोइरालालाई भारतीय नेत्री सोनिया गान्धीसँग तुलना गर्ने गर्छन् । विचार सिद्धान्त दृष्टिकोण र व्यवहार कुनै पनि मानेमा सोनिया गान्धी र सुजातासँग तुलना गर्न मिल्दैन । केवल नामको अगाडि ुसु सम्म मिल्छ । त्योभन्दा बढी तुलना गर्ने ठाउँ नै छैन ।
सुजाताको वास्तविक परिचय दिनुपर्दा उनलाई नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकी एक मात्र सुपुत्रीका रुपमा दिन सकिन्छ । २०११ असोज ९ गते जन्मेकी उनले भारत कोलकाताको शान्ति निकेतन स्कुलमा पढिन् । नोबेल पुरस्कार विजेता कवि रवीन्द्रनाथ टैगोरद्वारा स्थापित शान्ति निकेतन आदर्श दिने कहलिएको छ । सानी छँदा सुजाता पनि फुईं नगर्ने र शालीन स्वभावकी भनेर चिनिन्थिन् । उनको उच्च शिक्षा चाहिँ त्यति राम्रो हुन सकेन । भारतमा टेक्सटाइल डिजाइनिङको छमहिने डिप्लोमा गरेकी उनले केही समय यसैसम्बन्धी काम गरिन् ।
३० वर्षअघि जर्मन नागरिक नोवर्ट जोस्टसँग विवाह गरेपछि सुजाता जर्मनीमै बस्न थालिन् । उसबेला पिता प्रवासमै भएकाले फुपू इन्दिरा आचार्य र शैलजाकी आमाले काठमाडौंबाट उनको बिहे गरिदिएकी थिइन् । कृषि-अर्थमन्त्री नोबर्ट राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपीअन्तर्गत भारतमा काम गर्थे ।
जर्मनीको बर्लिनस्थित ह्यासमसमा रहेको एकतले घर सुजाता नोवर्टको स्थायी थलो थियो । ०४८ सालको चुनावअघि एकपटक नेपाल आएकी सुजाता करिब १५ दिनमै नेपालबाट फर्किइन् । पिता गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएपछि पनि उनी बेलाबेखत मात्र आउँथिन् । पिताको साथ लागेर विदेश भ्रमणमा जान्थिन् अनि जर्मनी नै फर्कन्थिन् ।
वर्तमान नोबर्ट जोस्टसँग सुजाताको औपचारिक सम्बन्ध के कस्तो रहेको छ त्यो त प्रस्ट छैन तर जानकार स्रोतका अनुसार जर्मनी सरकारका लिखितहरुमा हालसम्म उनी जर्मन नागरिक नै रहेको देखिन्छ । कतिसम्म भने तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हत्याएलगत्तै २०६१ माघ २३ गते बिहान भारततर्फ लुकेर भाग्नुअघि उनले आफ्नो जर्मन पासपोर्ट आफूले ुसेल्टरु बनाई आएको प्रहरीका एक सईको मैतीदेवीस्थित घरमा जलाएकी थिइन् । सूत्रका अनुसार अझै जर्मनी पासपोर्टको फोटोकपी उनका पूर्व सहायक कर्मचारीसँग रहेको बताइन्छ ।
जब सुजाता नेपालमै बस्ने उद्देश्यका साथ बालुटावार भित्रिछन् उच्चपदस्थ कर्मचारीहरुको सरुवा-बढवा राजनीतिक नियुक्ति र व्यापारीहरुसँग लेनदेनको काममा रुचि देखाउन थालिहालिन् । त्यतिाजेलसम्म उनमा खासै राजनीतिक महत्वाकांक्षी देखिएको थिएन । पाचायतकालमा प्रवासमा बस्दा कोइराला परिवारका थुप्रै सदस्यले राजनीतिमा चासो देखाएपछि सुजातामा त्यस्तो रुचि पटक्कै देखिँदैनथ्यो ।
बालुवाटारमा राजनीतिक मान्छेहरुसँग उठबस बढ्दै जाँदा राजनीतिबाट पैसा र शक्ति दुवै आर्जन हुने उनले बुझ्दै गइन् । त्यो महत्वाकांक्षा पलाउँदासम्म उनले आफ्नो नामका पछाडि पतिको थरबाट जोडिएको ुजोस्टुसमेत लेख्न छाडिसकेकी थिइन् । त्यससँगै उनले आफूलाई नोबर्ट जोस्टकी पत्नी होइन प्रधानमन्त्री गरिजाप्रसादकी छोरी सुजाता कोइराला भनेर चिनाउन थालिन् ।
सम्भवतः पिता कोइरालामा पनि उसैबेलादेखि आफ्नी छोरीलाई उत्तराधिकारी बनाउने सोच आइसकेको थियो । पिताकै सल्लाहअनुसार उनले राजनीतिक छवि निर्माण गर्न समाजसेवामार्फत सकि्रयता बढाइन् । त्यसको माध्यम बन्यो आफ्नी दिवंगत आमाको स्मृतिमा खोलिएको सुस्मा कोइराला मेमोरियल ट्रस्ट ।
सुजाता स्वयम् अध्यक्ष रहेर २०५० पुस १८ गते काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएको ट्रष्टमा स्वदेशी-विदेशी दाताबाट पैसा बटुल्न पिताको पद गतिलो आड बन्यो । पिता प्रधानमन्त्रीले पनि आफू निकटका व्यक्तिहरुलाई ट्रस्टमा बसिदिन आग्रह गरे । हुलासचन्द्र गोल्छा विनोदकुमार चौधरी चण्डीराज ढकाल पीयुषबहादुर अमात्यलागयतका उद्योगी-व्यापारीहरु र राष्ट्रिय वाणिज्य बैंकका तत्कालीन अध्यक्ष तिलक रावललाई समेत बनाइयो । प्रतिष्ठानको घुमाउरो बाटोबाट राजनीतिक छलाङ्ग हान्ने सुजाताको कोसिस अन्ततः अहिले आएर प्रभावी देखियो ।
सुजाता नेपाल आएलगत्तै २०४९ चैत १८ गते शानेवानिको युरोप क्षेत्रका लागि जनरल सेल्स एजेन्ट नियुक्त गर्ने सम्झौता गरिएको थियो । त्यसअनुरुप सुजाता र उनका जर्मनपति नोबर्टले गरेको सिफारिसअनुसार भारतीयमूलका बेलायती दिनेश धमिजाको फेयर कम्पनीलाई जीएसए बनाइएको थियो । तर त्यो रहेछ फर्जी कम्पनी । धमिजा प्रकरणबाट निगमलाई ३९ करोड ५० लाख रुपियाँ नोक्सानी भएको ०५८ सालमा दामोदर गौतमको अध्यक्षतामा गठित उच्चस्तरीय सुझाव प्रतिवेदनमा उल्लेख छ ।
धमिजासँग सम्झौता भएको करिब एक वर्षपछि निगमसँग रहेका दुईटा बोइङ-७२७ विमान जर्मनीमा लगेर बिक्री गरियो । त्यो पनि अत्यन्त कम मूल्यमा । ती दुई विमान बिक्री गरेदेखि नै निगमको दुरावस्था आरम्भ भएको हो । त्यसयता निगमको अन्तर्राष्ट्रिय उडानमा दुईवटा विमान मात्र छन् । उडिरहेको विमान बिक्री गर्ने त्यसबखतको निर्णयका पछाडि पनि सुजाताको नाम जोडियो ।
लाउडा विमान प्रकरणमा पनि ३८ करोड ९७ लाख ६७ हजार ३१ रुपियाँ अनियमितता भएको ठहर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको थियो । लाउडा विमान भाडा सम्झौता गर्नुअघि सुजाताले तत्कालीन पर्यटनमन्त्री तारणीदत्त चटौतकी पत्नीलाई हरिभक्त श्रेष्ठमार्फत ५ लाख मात्र दिइएको थियो ।
सरकारी ठेक्का नियुक्ति र सरुवा-बढुवा मात्र होइन पिता शक्तिमा भएका बेला विदेशी कम्पनीहरुलाई नेपालमा कारोबार गर्ने वातावरण मिलाएर ठूलै सेयरसमेत हात पारिन् सुजाताले । सुजाताको अगुवाईमा साचालित सुस्मा कोइराला मेमेरियल ट्रस्टका गतिविधि पनि विवादरहित छैनन् । काठमाडौंकै साँखुमा देखिएको एउटा विवादास्पद निर्णयलाई हेरौं - त्यहाँ अस्पतालका लागि भनेर कित्ता नम्बर १८२ अन्तर्गत रहेको एक सय १६ रोपनी १० आना सार्वजनिक जग्गामध्ये ८२ रोपनी ट्रस्टलाई प्रयोग गर्न दिने निर्णय २०५३ पुस २५ गते मन्त्रिपरिषद्बाट गराइयो । त्यसबाट स्थानीय बासिन्दाको गौचरन खेलमैदान पानीघाटदेखि चिहानसम्म ट्रस्टमा पर्न गयो ।
ट्रस्टको इन्टरप्लास्ट जर्मनी हनीसँग भएको सम्झौताअनुसार सुरुमा सरकारकै स्वामित्वमा रहने गरी कोषलाई अस्पताल निर्माण गर्न उक्त सार्वजनिक जग्गा प्रयोग गर्न दिइएको थियो । तर २०५६ जेठ ३० गतेको मन्त्रिपरिषद् बैठकबाट ४९ वर्षका लागि निःशुल्क भाडामा प्रयोग गर्न अर्काे निर्णय गराइयो । त्यतिबेला प्रधानमन्त्री गिरिजाप्रसाद नै थिए ।
साँखु गाउँ विकास समितिले त्यस निर्णयविरुद्ध मुद्दा हालेपछि आठ वर्ष लामो कानुनी लडाइँबाट ०६१ जेठ २७ गते सर्वाेच्च अदालतले सरकारी निर्णय उल्टाइदियो । ुसार्वजनिक जग्गा छोरीलाई दाइजो दिन पाइँदैनु भनेर गाविसले गरेको दाबी अदालतले सही सावित गरिदियो । सुजातासँगै जोडिएका जनघाती र राष्ट्रघाती यस कार्यहरु अनगिन्ती छन् । काण्डकाण्डको पहाडमा चढेर राष्ट्रमा लूट आतंक मच्चाउने सुजाताको राजनीतिक उत्थानले मुलुक कहाँ पुग्ने हो प्रश्न गम्भीर रुपमा खडा भएको छ । त्यस्तै-यस्तै विवादास्पद सुजाता कसरी कांग्रेसको उत्तराधिकारी हुन्छिन् जवाफ अनुत्तरित बनेको छ ।
सुजाताले २०५१ सालमा सुनसरी-१ का क्षेत्रीय सभापति विनोद राईबाट नेपाली कांग्रेसको साधारण र कि्रयाशील सदस्यता लिएकी हुन् । सुजाता २०५६ सालको आमचुनावमा सुनसरीबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न खोजेकी थिइन् तर पाइनन् । त्यसपछि २०५७ माघमा पोखरामा सफल कांग्रेस महाधिवेशनमा केन्द्रीय सदस्य लड्नका लागि सुनसरी जिल्ला सभापति रामहादुर बस्नेतबाट १० वर्षदेखि कि्रयाशील रहेको सिफारिस त बनाइन् तर शैलजा आचार्य र नोना कोइरालासम्मले विरोध गरेका कारण उम्मेदवारी दिनबाट विाचत भइन् । २०६३ भदौमा काठमाडौंमा सम्पन्न महाधिवेशनबाट चाहिँ केन्द्रीय समितिमा पुग्ने उनको धोको पूरा भयो । केन्द्रीय सदस्य बनेपछि उनी पार्टी विदेश विभागको प्रमुख पनि भइहालिन् । अन्तरिम संसद्को गठनसँगै सांसद बिनाविभागीयमन्त्री र हाल परराष्ट्रमन्त्री बन्न सफल भइन् । अब उनको इच्छा प्रधानमन्त्री बन्ने रहेको छ । यस्तो नेत्री प्रधानमन्त्री भएमा यो मुलुकको हालत के होला आमनेपाली जनताको जिज्ञासाको विषय बनेको छ ।


सुजाताका रोचक र राष्ट्रघाति प्रसंग
धएउटा पस्र किन्नका लागि ३÷४ हजारसम्म खर्च गर्ने
धचश्मा किन्नका लागि ६० हजार खर्च गर्ने
धहातेब्याग किन्नका लागि एक लाख ३४ हजार खर्चने
धछोरी मेलानी जोस्टको विवाह भोजमा ६५ लाखभन्दा बढी खर्च गरेको
धरक्तचन्दनको अवैध व्यापारमा संलग्न
धमानव तस्कर र धर्मपुत्र-पुत्री बेचबिखनमा कि्रयाशील
धसुष्मा कोइराला मेमोरियल ट्रस्टका नाममा उठाएको रकमबाट किनेको मण्डिखाटारको घर शशि अग्रवालको नाममा राखेको ।
धआफू चढ्ने स्यान्ट्रो कार पनि किशोर खनालको नाममा राखेको
धपद पैसा र रक्सीप्रति हुरुक्कै
धराष्ट्र राष्ट्रियता र जनताप्रति रत्तिभर चासो र माया नराख्ने
धछोरी मेलानी र छोरा आन्द्रेईका लागि करोडौं सम्पत्ति थुपार्न व्यस्त
धबेलायतस्थित नेपाली राजदूतावास भवन बेच्ने चलखेलमा व्यस्त
धभारतले नेपाली भूमि मिचेर आफ्नो भू-भागबाट नेपालीलाई विस्थापित गराउँदासमेत भारतले नेपाली भू-भाग मिचेको छैन भनेर निर्लज्जतापूर्वक भारतीय विस्तारवादको समर्थन गरी नेपाली राष्ट्रियतप्रतिको घोर अपमान गरेको ।

Friday, June 5, 2009

गच्छादार लगायत सात जना निष्कासन


काठमाडौँ २२ जेठ । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा शान्ति गणतन्त्र र स्थिरता नचाहने तत्वहरुले आफ्नो पार्टी फुटाउने षड्यन्त्र गरको बताउनुभएको छ । फोरमद्वारा आज यहाँ आयोजित पत्रकारसम्मेलनमा उहाँले नेपाली काङ्ग्रेस नेकपा एमाले तराई मधेस लोकतान्त्रिक पार्टी र सदभावना पार्टीले आफ्नो पार्टी फुटाउन खोजेको आरोप लगाउनुभएको हो । अध्यक्ष यादवले पार्टीविरोधी कि्रयाकलाप गरेकाले वरिष्ठ नेता विजयकुमार गच्छदारलगायत सात जनालाई आजै केन्द्रीय समितिको बैठकले निष्कासन गर्ने निर्णय गरेको जानकारी दिँदै अब फोरमले सरकारलाई दिएको समर्थन फिर्ता लिई विपक्षमा बस्ने बताउनुभयो । पार्टीको अनुशासन उल्लङ्घन गर्ने सभासद् र कार्यकर्तालाई पनि पार्टीको अनुशासन समितिद्वारा कारबाही अघि बढाइने बताउँदै उहाँले अलमलमा परेको कार्यकर्तालाई पार्टीमै फर्कन आह्वान गर्नुभयो ।
उहाँले मधेसविरोधी षड्यन्त्र गर्नेका विरुद्धमा सडक र सदनबाट सशक्त आन्दोलन गरिने जानकारी दिँदै तर शान्तिप्रकि्रया संविधान निर्माण र सङ्घीय लोकतन्त्रको संस्थागत विकासमा पार्टी प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा पार्टीका सह-अध्यक्ष जयप्रकाशप्रसाद गुप्ताले प्रधानमन्त्रीले सम्बन्धित पार्टीको सिफारिसमा मात्र मन्त्री नियुक्त गर्ने प्रावधान संविधानमा रहेको उल्लेख गर्दै यो सरकारको गठन असंवैधानिक पार्टी पद्धति र दलीय परम्परा उल्लङ्घन गरी अनैतिक तवरले भएको आरोप लगाउनुभयो । पार्टीको बहुमत सभासद् अझै पनि आफ्नै पक्षमा रहेको दाबी गर्दै सहअध्यक्ष गुप्ताले २८ जना सभासद्को हस्ताक्षरको प्रतिलिपि पत्रकारहरुलाई वितरण गर्नुभयो ।
उहाँले सरकारको न्यूनतम साझा कार्यक्रममा आफ्नो पार्टी अध्यक्षले हस्ताक्षर गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले आफ्नो पार्टीप्रति दोहोरो मापदण्ड अपनाई पार्टीलाई नसोधी विजयकुमार गच्छदारलाई उपप्रधानमन्त्री बनाएको आरोप पनि लगाउनुभयो । पार्टीभित्र दुईधार छ भन्ने भ्रम गच्छदारले पार्टीमा फैलाउने गरेको उल्लेख गर्दै सहअध्यक्ष गुप्ताले गच्छदारले विभिन्न लोभ र प्रलोभन दिएर सभासद्हरुलाई आफ्नो पक्षमा पारेको र त्यसमध्ये केही सभासद्ले यो कुरा महसुस गरी पाार्टीमा फर्किसकेको दाबी गर्नुभयो ।

Tuesday, June 2, 2009

बाँध र नहरका कारण नेपालमा खाद्यन्न्ा सङ्कट

परासी १९ जेठ । नेपाल सरकारको सहमति र सम्झौताविपरीत भारतले लक्ष्मणपुर र गण्डक बाँध निर्माण गर्दा बाँके र नवलपरासीमा वार्षिक दुवै जिल्ल्ााका २० गाविस डुबान र कटानमा पर्दै आएको जानकारी दिइएको छ । अन्तर जिल्ला बाँधपीडित सङ्घर्ष सम्ान्वय समितिद्वारा हिजो परास्ाीमा आयोजित पत्रकार सम्मेलनमा भारतद्वारा बनाएका अवैज्ञानिक बाँधका कारण डुबान र कटान भई प्रभावित क्षेत्रमा खाद्यन्न्ा सङ्कटको सम्भावना बढेको जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा सम्ान्वय समिति नवलपरासीमा संयोजक प्रेमच्ान्द्र गुप्ताले नेपालका सीमा क्षेत्रमा बनाइएका बाँधका कारण सोबाट पीडितहरुले अन्तर जिल्ला सङ्घर्ष समिति बनाउने घोषणा गरेको बताउँदै जिल्लामा गण्डक बाँधका कारण १३ गाविसका एक लाख ५० हजार स्थानियवासी प्रभावित हुने गरेको उल्लेख गर्नुभयो ।
बाँकेका संंयोजक जगदीशबहादुर िसंहले बाँधपीडितले राष्ट्रियस्तरमा समस्या पुर् याएर सङ्घर्षको थप कार्यक्रम गरिने जानकारी दिँदै जिल्ल्ााको ६ गाविसका १० हजार बढी स्थ्ाानीयवासीसमेत बसे्रनि प्रभावित हँुदै आएको छ भन्नुभयो । विसं।२०१६ को गण्डक सम्झौताअनुसार बनाइएको गण्डक बाँध र भारतीय नहरको कारण नवलपरासीका विभिन्न १३ गाविस त्यस्तै १९८५ र २००० मा निर्माण गरिएको लक्ष्मणपुर बाँधका कारण बाँकेका विभिन्न ६ गाविस बसे्रनि डुबान हुने गरेको सो अवसरमा बताइएको थियो । भारतले अन्तरराष्ट्रिय कानुनको ठाडो उल्लङ्घन गरी नेपालमा बाँध र नहर निर्माण गर्दा बसे्रनि हजारौँ नेपाली किसानलाई समस्या बनाउँदै आएको समेत दुबै जिल्ल्ााका बाँधपीडितले बताएका थिए । बाँध र नहरका कारण नवलपरासीका रामपुरखडैना त्रिवेणी सुस्ता रुपैलिया प्रतापपुर कुडिया नस्रही पक्लिहवा गुठीप्रसौनी गु्ठीसूर्यपुरा बैदौली भुजहवा ठूलोखरेटवा सोमनी र जमुनिया गाविस प्रभावित हुँदै आएको छ । त्यस्तै भारतले निर्माण ग्ारेको बाँध र नहरका कारण बाँकेका होलिया बेतहनी फत्तेपुर बनकट्टी गङ्गापुर र मटेहियाका गाविस प्रभावित हँुदै आएको छ ।

मोर्चाका अध्यक्षमा कृष्ण चेपाङ

गोरखा १८ जेठ । चेपाङ राष्ट्रिय मुक्ति मोर्चा नेपाल गोरखा जिल्लाको दोस्रो जिल्ला सम्मेलनले कृष्ण चेपाङको अध्यक्षतामा ३५ सदस्यीय जिल्ला कार्यसमितिको निर्माण गरेको छ । कार्यसमितिको उपाध्यक्षमा कमानिसं चेपाङ र सचिवमा कृष्ण चेपाङ रहनुभएको छ । पद बहालीपछि अध्यक्षले चेपाङ जातिको समस्यामा सधँै लडिरहने र अधिकार स्थापित गराउने बताउनुभयो ।

चेपाङ जाति अति पिछडिएको जाति हो । यिनी अझै पनि वनमा पाइने रिठा र भ्याकुर खाएर जीवन निर्वाह गर्ने गरिरहेका छन् । चेपाङ जाति सङ्गठित भएर हकअधिकार स्थापितका लागि लड्नु भनेको नेपालको इतिहासमा नै ठूलो उपलब्ध्ाि हो । जङ्गलमा नै बसोबास गर्ने यी जाति नयाँ मानिस देखेपछि गुफा र ओडारमा पस्ने गर्थे । अहिले चेपाङ जातिको एकजना सभासद्समेत भइसकेको छ । चेपाङ जातिकी सभासद् माया चेपाङले आफू चेपाङ हितकै लागि लड्न सभासद् भएको बताउनुभयो ।

Saturday, May 30, 2009

यूएईमा फेरि एक नेपालीको मृत्यू

यूएई/रोल्पा जिल्लाको जौकोट घर भै रोजगारीको सिलसिलामा करीब छ महिना अघि यूएई छिरेका अन्दाजी वर्ष २८ का नन्द बहादुर डांगीको गत मिति १७ मई २००९ का दिन साउदी अरेबियाको सीमाना नजिकै यूएईको एक दुर्गम क्षेत्र गयासी भन्ने ठाउंमा कार्यक्षेत्रमा दुर्घटना भै घटनास्थलमै मृत्यू भएको समाचार प्राप्त भएको छ ।समाचारदाता लोक बहादुर गुरुंग र रेवन्तराम अधिकारीका अनुसार रोडमा आफ्नो ड्युटी गरिरहेको बेला कुवेतबाट आएको ट्रेलरले ठक्कर दिएपछि उनको मृत्यू भएको हो । मृतकको घरपरिवारको बारेमा आफूहरु अनभिज्ञ रहेको र उनको शव अहिले कहां छ र कम्पनीले के गरिरहेको छ भन्ने कुरा पनि आफूहरुलाई जानकारी नभएको उनीहरुले बताए । मृतक लगायत अन्य साथीहरु यूएईको टेक्निकल रोड नामक कम्पनीमा उक्त क्षेत्रमा काम गर्दै आइरहेका थिए । उनीहरुका अनुसार मृतकले रोजगारीको सिलसिलामा यसअघि साउदी अरेबिया र कत्तारमा पनि काम गरिसकेका र यूएई उनका लागि तेश्रो रोजगारदाता मुलुक रहेको थियो ।नेपाली समाज यूएई, मुसफाह क्षेत्रीय समितिका अध्यक्ष कृष्णराम अधिकारीले सो मृत्यूको घटनाक्रम जानकारी लिइरहेको अवस्थामा उक्त कम्पनीमा कार्यरत नेपालीहरुले धेरै दुःख पाइरहेको पनि जानकारी हुन आएको छ । नेपालबाट ब्लू स्काई म्यानपावर मार्फत् ने.रु. तीस हजार देखि एकलाख सम्म भुक्तानी गरेर सो कम्पनीमा आएका नेपालीहरुले ड्युटी १२ घण्टा गर्नुपर्ने र खाना खाएर ३००/- दिर्हाम्स भन्दा नबच्ने गुनासो पनि पोखेका छन् । कार्यक्षेत्र अत्यन्तै कठीन र पञ्जा, जुत्ता, हेल्मेट जस्ता सेफ्टीका सामानहरु समेत कम्पनीले उपलब्ध नगराएको कुरा पीडितहरुलाई उद्घृत गर्दै कृष्णराम अधिकारीले बताउंछन् ।गत ०४ मई २००९ का दिन मुसफाहमा मगन चौधरीको आकस्मिक मृत्यू भएको समाचार नसेलाउंदै ०८ मई २००९ का दिन दुबईमा अर्जुन पोखरेलको करेन्ट लागेर मृत्यू भएको खबर आएको थियो । यस महिनाको करीब १५ दिनको अन्तरालमा यूएईमा तीनजना नेपालीको मृत्यूको सनाखत भैसकेको छ । नेपालको बढ्दो बेरोजगारीको समस्या तथा कमजोर पारिवारिक अवस्थाका कारण आफ्नो सुखी जीवन बिताउंने अभिलाषाले यूएई भित्रिएका नेपालीहरुको विभिन्न कारणले मृत्यूको लहर यूएईमा ज्यादै नै बढेको हुंदा यहां जीवनको कुनै भरोसा नभएको आभास पनि हुन थालेको छ ।

एकै गाविसका दुई विद्यालय बन्द

तनहुँ १६ जेठ । जिल्लाको दक्षिण भेगमा पर्ने ढोरफिर्दो गाविसस्थित दुई विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ । ढोरफिर्दो-१ गर्दुमस्थित शारदा प्राथमिक विद्यालय र सोही गाविस-४ स्थित छाब्दी माध्यमिक विद्यालय बन्द गरिएको हो । उक्त विद्यालयका सबै विद्यार्थी विरामी परेपछि अभिभावकहरुको सल्लाहबाट नै विद्यालय बन्द गरिएको शारदा प्राविका प्रधानाध्यापक निर्मल पौडेलले बताउनुभयो ।
उहाँका अनुसार शारदा प्राविका ५६ र छाब्दी माविका ३१० गरी ३६६ विद्यार्थी विरामी परेका छन् । विद्यार्थीहरुलाई रुघाखोकी लाग्नुका साथै ज्वरो आउने र टाउको दुःख्ने रोग देखा परेको ढोरफिर्दो उपस्वास्थ्य चौकीका अहेव भीमसेन साहले बताउनुभयो । एक्कासि भएको मौसमी परिवर्तनले भाइरल फिवर रोग देखा परेको हो । सात दिन भित्र आफै निको हुने दमौली अस्पतालका डा। सुशीलनाथ प्याकुरेले बताउनुभयो । उहाँले थप्नुभयो - स्वास्थ्यकर्मी समयमै चनाखो हुँदा सो रोग फैलिन नपाएको हो।

के बन्ला त सहमतिको राजनीति ?

एकीकृत नेकपा माओवादीको नेतृत्वको सरकार सत्ताबाट बाहिरिएर एकाएक प्रतिपक्षमा बस्न पुग्यो र मुलुकको पुनः नयाँ नेतृत्व पायो । नयाँ नेपालका लागि गणतन्त्र नेपालका दोस्रो प्रधानमन्त्रीका रुपमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई संविधानसभाको बहुमतले अगाडि ल्यायो । नेपालको धेरै अगाडिदेखिका प्रधानमन्त्री हुने सपना बल्ल पूरा भएको छ । उनकै शब्दमा भन्ने भने भाग्यले नै माधव नेपाललाई यो अवसर प्राप्त भएको हो ।
प्रधानमन्त्री भएलगत्तै प्रधानमन्त्री नेपालले नेपाली जनताका नाममा सम्बोधन गरे । उनले गरेको सम्बोधनलाई क-कसले कसरी लिएभन्दा पनि प्रधानमन्त्रीका हैसियतले भनिनुपर्ने के थियो भन्ने कुरा नै प्रमुख छ । सम्बोधनले संविधान निर्माणलाई महत्वपूर्ण रुपमा हेरेको छ । माओवादी सेनाको रेखदेख पुनःस्थापना र समायोजनको विषयलाई आत्मसात् गर्दै आफ्नो दायित्वका रुपमा संविधानले लिएको छ । सबै राजनीतिक दलहरु मिलेर मात्र संविधान निर्माण हुने र शान्ति प्रकि्रयालाई टुंगोमा पुर् याउने साथै यो मुलुकमा सहमतिको राजनीतिक मात्र टिक्ने विश्वास सम्बोधनले लिएको छ । नेपाली सेनाले आफ्नो भूमिकाबाट पछि नहटी देशको रक्षार्थ खटिएको र राष्ट्रपति डा। रामवरण यादवले अहिलेसम्म निर्वाह गरेको भूमिका एउटा अभिभावकको जिम्मेवारी भएको प्रस्ट गरेको छ ।
त्यसो त सम्बोधनले १२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौता हुँदै अगाडि बढेको शान्ति प्रकि्रयालाई पछिल्ला दिनमा देखिएको राजनीतिक असमझदारीले खल्बल्याउने आशंका पैदा भएको बताएको छ । सम्बोधनमा अझै पनि असहमति र असमझदारी जारी नै रहन्छ भन्ने झ-झल्को पाइन्छ । सम्बोधनले संविधानसभाको ठूलो दल एकीकृत नेकपा माओवादीलाई हिजोको गल्ती कमजोरी सँगै बसेर समीक्षा गरौं भनेर भन्नुको साटो उसलाई प्रतिपक्षमा पुर् याएको छ । उनीहरुले पटक-पटक नागरिक सर्वाेच्चताको कुरा उठाउँदै आए पनि नेपालको सम्बोधनले त्यसलाई कहीँकतै उल्लेखसमेत नगरी राष्ट्रपतिको कदम र सेनापतिको कामको सम्मान गर् यो । सम्बोधन माओवादी नेताद्वारा बोलिएको कुराको खण्डन गर्नकै लागि मात्र गरिएको प्रस्ट देखियो । जुन कारणले प्रमुख राजनीतिक दलबीच अविश्वास असमझदारी र असहमतिको राजनीति उत्कर्षमा पुगेको छ । प्रधानमन्त्रीले त्यही कारणको खुलेआम वकालत गर्दा कसरी राष्ट्रिय सहमतिको निर्माण होला यसले त हिजोका राजनीतिलाई बिसर्िदेऊ र सँगै मिलेर नयाँ राजनीति गरौं भन्दै आश्वासन दिने काम मात्र भएन र यदि राष्ट्रिय सहमतिमा नै राजनीति गर्नु छ भने त सबैलाई सँगै मिलाउन सम्बोधनले कुनै मद्दत पुर् याएको देखिँदैन ।
एकीकृत नेकपा माओवादी अहिले सत्ताबाहिरबाट आफूले नागरिक सर्वाेच्चताबाट मात्र मुलुकले निकास पाउने भन्दै राष्ट्रपतिको कदम सच्चिएमा माधव नेपालको नेतृत्वलाई सहयोग गर्ने बताइरहेको नत्र अहिले बनेको यो सरकारप्रति आफ्नो कुनै समर्थन नरहेको पनि बताइरहेको छ । तर प्रधानमन्त्रीले त्यसको ठाडै अस्वीकार गरिदिएका छन् । नेपालले पनि आफूलाई लोकतन्त्रको हिमायती ठानेका छन् । तर आफूले देशका लागि यही गर्नुपर्छ भनेर सीधै भन्न भने सकेनन् । उनले त हिजोका सरकारको काम र वचनको सीधै विरोध र खण्डन गर्दै आफू कुनै पनि विषवृक्ष र कल्पवृक्ष नभएको तर एउटा असल वृक्ष बनी मिठो फल दिने सपना देखेको र त्यो पनि पूरा नभए बाटो हिँड्ने बटुवालाई छहारी मात्र दिनसक्ने बताए । उनको यो कुराले ुचर्काे घामले अत्तालिएका बटुवालाई पतझर रुखको छहारीु हो भन्ने संकेत दिएको छ ।
मुलुक कहिल्यै पराधीन नभएको तर सत्ताकेन्द्रमा द्वन्द चर्केका बेला स्वतन्त्र अस्मिता निर्णय क्षमता र अधिकारलाई कुण्ठित पार्न खोजिएको इतिहास देखाउँदै अप्ठेरोमा मात्र विदेशीको हात रहेको प्रस्ट पारेका छन् । ुआफ्नो थैलीको मुख बलियो पार अरुलाई दोष नदेऊ भन्ने अर्काे यो शब्दले ुगधालाई नुहाएर गाई बनाउन खोजिएकोु भने पक्कै हो । मुलुक पराधीन छैन भन्दै निर्णय भने विदेशीको हातमा सुम्पिनुले आफ्नो कमजोरीपन देखाएको प्रस्ट देखिन्छ । मुलुकमा भएको हत्या िहंसा असुरक्षा अराजकता बढ्दो दलण्डहीनता बेराजगारी महँगीलगायतका तत्कालीन समस्यको हलमा जुन प्रतिबद्धता देखाउनुपर्ने हो त्यसमा पनि उनले सर्वसाधारणको नजरले देखेकोभन्दा सामान्य मात्र देखे । त्यसमा आफ्नो नेतृत्व उपयुक्त भएको दाबी गरे पनि राष्ट्रिय सहमतिलाई जोड दिए पनि अन्ततः नागरिक हितको कुरा प्रमुख रुपमा सम्बोधन गरिएको छैन जसको फलस्वरुप अबको देशको राजनीतिले मुलुकमा अन्योलता पैदा गराएको छ ।
जे होस् प्रधानमन्त्रीको सम्बोधनमा भनेझैं प्रमुख प्राथमिकता संविधान निर्माण गर्नु हो भने राष्ट्रपति र मन्त्रिपरिषद्को संवैधानिक क्षेत्राधिकारबारे र सेनापति कटवालको अवकाशबारे माओवादी नेतृत्वसित बसेर संवाद गर्नुको विकल्प छैन न त दुवै पक्षलाई मान्य हुने र दुवैले जित्ने एउटा मध्यमार्गी बाटो निकालुनको नै विकल्प छ । यदि सँगै बसेर संवाद गर्ने हो भने अन्तरिम संविधानमुताविक राष्ट्रपति कुनै पनि हिसाबले कार्यकारी राष्ट्रपति बन्न सक्दैनन् । उनले मन्त्रिपरिषद्को निर्णयलाई उल्ट्याएर आफ्नो निर्णय गर्न कुनै अधिकार छैन । त्यसैगरी सेनाले पनि सरकारको सर्वाेच्चताको सम्मान गर्नुपर्छ । सेनाले सरकारसँग द्वन्द्व गर्ने राजनीति गर्ने होइन सरकारले दिएको आदेशको पालना गर्दै मुलुकको रक्षार्थ अगाडि बढ्नुपर्छ । जसले गर्दा आज मुलुकमा असहमतिको राजनीतिले प्रश्रय पाएकेा छ । राष्ट्रिय सहमतिको राजनीतिलाई अँध्यारोतर्फ धकेलेको छ । नेपालको सम्बोधनले राष्ट्रपति र प्रधानसेनापतिको कदमको समर्थन गर्नु माआवादीलाई मध्यमार्गमा नल्याउनु र प्रधानमन्त्रीले लचकता नदेखाई सहमतिको सरकारको राजनीति गर्न खोजेका छन् । यतिखेर मुलुकमा राष्ट्रिय सहमतिको सरकारको विकल्प छैन । यसका लागि इमानदारीका साथ गम्भीर पहल गर्ने राजनीतिक शक्ति वा नेता अहिलेसम्म कोही पनि देखिएका छैनन् भने कस्तो सहमतिको सरकार बन्ला

Wednesday, May 27, 2009

चीनमा नेपाली पक्राउ

बेइजिङ १३ जेठ । म्ाानवतस्करको अभियोगमा दक्षिण चीनमा एक नेपाली पक्राउ परेका छन् । राजधानी बेइजिङबाट झन्डै २ हजार किलोमीटर दक्षिणमा पर्ने सेनच्यान सहरबाट १८ विदेशीलाई चीनको विशेष प्रशासनिक क्षेत्र हङ्गकङ्गतर्फ लैजाने क्रममा कृष्णकुमार अधिकारी पक्राउमा परेका हुन् । अधिकारीसहित दुई भारतीय र पाँच चिनियाँ नागरिकलाई चीनको सीमा प्रहरीले पक्राउ गरेको हो । गत शुक्रबार सीमा प्रहरीले हङकङबाट झन्डै दुई किलामीटर टाढा समुद्रमा चलिरहेको मोटरबोटमा चढेर हङकङतर्फ जादँैगरेका दश विदेशीलाई पक्राउ गरेको थियो ।
उनीहरुकै सूचनाका आधारमा सबै तस्करहरु पक्राउ परेको सेनच्यानस्थित सीमा प्रहरी प्रवक्ता छन सन याङले जानकारी दिनुभयो । हङकङ प्रवेश गर्न चाहनेमा पाकिस्तान घाना भारत र बङ्गलादेशका नागरिक छन् । उनीहरु मध्ये दुई बालबालिका र एक महिला रहेको प्रवक्ता छनलाई उद्धृत गर्दै चिनियाँ साचारमाध्यमहरुले जनाएका छन् । हङकङ प्रवेश गर्न सफल भए उनीहरुलाई दुई वर्षसम्म कानुनसम्मत तरिकाले काम गर्न पाउने प्रलोभन तस्करहरुले दिएका थिए । हङकङ प्रवेशका लागि मात्रै उनीहरु प्रत्येकले तस्करहरुलाई ३३ हजारदेखि ६६ हजार रुपियाँ बुझाएको प्रहरीलाई जानकारी दिएका छन् ।
पक्राउ परेका सबैलाई सेनच्यानस्थित सार्वजनिक सुरक्षा ब्यूरोमा पुर् याइएको छ । चिनियाँ कानूनअनुसार म्ाानवतस्करलाई जेल सजाय हुनसक्ने छ भने अन्यको पहिचानपछि आ-आफ्नो देश फिर्ता गरिने जनाइएको छ ।

गोरखाली लोकतारामा पवन गुरुङ

गोरखा । गोरखामा साचालित गोरखाली लोकतारा अभियानमा स्वाँरा- १ माझगाउँका पवन गुरुङ गोरखाली लोकतारा हुन सफल भएका छन् । हलेसी सङ्गीत पाठशाला काठमाडौँ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गोरखा र पृथ्वी साँस्कृतिक परिवार गोरखाको संयुक्त आयोजनामा सम्पन्न उक्त अभियानमा गुरुङ ४६ जना प्रतियोगीलाई उछिन्दै लोकतारा बन्न सफल भएका हुन् ।

Friday, May 22, 2009

सभासद्का लागि शैक्षिक योग्याता एसएलसी हुनुपर्ने


काठमाडौं । आगामी नयाँ संविधान निर्माणमा सभासद्का लागि कम्तीमा एसएलसीसरहको शैक्षिक योग्यता निर्धारण गर्न्र बहुसङ्ख्यक सर्वसाधारणले सुझाव दिएका छन् । संविधान निर्माणका लागि राय÷सुझाव सङ्कलन गर्न गएको टोलीमार्फत आम जनताले सो सुझाव दिएको पाइएको छ ।
सभासद्हरुको शैक्षिक योग्यता कम्तीमा एसएलसी हुनुपर्छ भन्नेमा नौ हजार ६९ स्नातक हुनुपर्छ भन्नेमा छ हजार ८६० साधारण लेखपढ मात्र भए पुग्छ भन्नेमा सात हजार २८५ र शैक्षिक योग्यता आवश्यक छैन भन्नेको सङ्ख्या छ हजार ७२० रहेको संविधान निर्माणका लागि राय सङ्कलन टोलीमार्फत भरिएको फाराममा उल्लेख छ । आगामी संविधानमा सभासद्हरुका लागि स्नातक तथा राष्ट्रपति प्रधानमन्त्री अर्थमन्त्री र शिक्षामन्त्रीका हकमा भने स्नातकोत्तरको शैक्षिक योग्यता अनिवार्य बनाइनुपर्ने सङ्घ सङ्गठन र सुझावकर्ताबाट सुझाव प्राप्त भएका छन् ।
सुझावकर्ताले एकभन्दा बढी क्षेत्रबाट सभासद्का लागि उम्मेदवार हुनबाट रोक लगाउनुपर्ने तथा एकपटक प्रधानमन्त्री भइसकेको व्यक्ति पुनः सभासद्का लागि उम्मेदवार हुन नपाउने व्यवस्थासमेत आगामी संविधानमा रहनुपर्ने सुझाव दिएको पाइएको छ ।
त्यसैगरी प्रत्येक पाँच वर्षमा हुने निर्वाचनको मिति संविधानमै तोकिनुपर्ने आरक्षण जातीय रुपमा नभएर गरिबी तथा भौगोलिक आधारमा हुनुपर्ने मतदाताको उमेर १६ वर्ष बनाइनुपर्ने कागजी भाषा र सम्पर्क भाषा निर्णय गर्ने अधिकार सङ्घीय राज्यलाई भए पनि मुलुकभर सम्पर्क भाषा नेपालीलाई बनाउनुपर्ने सुझाव दिइएको छ । नयाँ संविधान निर्माणका लागि सभासद्हरुमार्फत पठाइएको प्रश्नावलीमध्ये ४२ हजार प्रश्नावली भरेर आएका थिए ।
त्यसमध्ये व्यवस्थापकीय अङ्गको स्वरुप निर्धारण समितिमा ३७ हजार फाराम प्रशोधन भई फिर्ता आइसकेको चार हजार ५०० संशोधनको क्रममा रहेको र ५०० प्रशोधन हुन बाँकी भएको बुझिएको छ । सो प्रश्नावलीमा राज्य प्रमुखसहितको विधायक राख्नेमा २५ हजार ६६३ जना र राज्य प्रमुख बाहेकको विधायक बनाइनुपर्छ भन्नेमा पाँच हजार ७९७ जनाले आफ्नो राय दिएका थिए ।
त्यसैगरी केन्द्रीय विधायक एक सदनात्मक हुनुपर्छ भन्नेमा सात हजार २८ जनाले मत जाहेर गरेका थिए भने दुई सदनात्मक हुनुपर्छ भन्नेमा २४ हजार २८७ जना रहेका छन् । केन्द्रीय तहको तल्लो सदन र माथिल्लो सदनको निर्वाचन प्रणाली एउटै हुनुपर्छ भन्नेमा ११ हजार ९६६ र फरक फरक हुनुपर्छ भन्नेमा १८ हजार ४ जनाले आआफ्नो राय सुझाव दिएका छन् । साथै विधायिकमा आरक्षण आवश्यक छ छैन भन्नेतर्पु १७ हजार ७८५ जनाले राख्न उपयुक्त रहेको धारणा राखेका थिए भने नौ हजार ४१५ जनाले हुँदैन भन्ने तर्क राखेका छन् ।
त्यसैगरी सभासद्का लागि उम्मेदवार बन्न कम्तीमा ३० वर्ष उमेर पुगेको व्यक्ति हुन आवश्यक छ भनेर सुझाव दिनेमा १३ हजार ५७७ ३५ वर्ष हुनुपर्छ भन्नेमा १० हजार ६०९ तथा ४० वर्ष हुनुपर्छ भन्नेमा चार हजार ३१४ जना छन् ।साथै कतिपय सर्वसाधारणले १६ वर्षदेखि ७५ वर्षसम्मको व्यक्ति सभासद्का लागि उम्मेदवार बन्नसक्ने समेत सुझाव दिएका छन् । आगामी संविधान निर्माण गर्दा व्यवस्थापिकाको कार्यावधि पाँच वर्षको हुनुपर्नेमा अधिकांश सुझावकर्ताको मतैक्यता रहेको पाइएको छ । व्यवस्थापकीय अङ्गको स्वरुप निर्धारण समितिअन्तर्गत गठित अवधारणापत्र तथा प्रारम्भिक मस्यौदा उपसमितिले ती सुझावहरु समेटेर दिएको प्रतिवेदनमाथिको छलफललाई समितिले तीव्रता दिएको छ ।
उपसमितिले राज्यको केन्द्रीय तल्लो सदन १५१ सदस्यीय र माथिल्लो सदन ७५ सदस्यीय रहने व्यवस्थाका लागि प्रस्ताव गरेको छ भने प्रादेशिक सङ्घअन्तर्गत रहने सदन ३५ सदस्यीय हुनुपर्ने सुझाव राखेको छ । समितिले आफ्नो क्षेत्राधिकारभित्र परेको विभिन्न सङ्घीय एकाइमा व्यवस्थापिकाको स्वरुप र गठन विधि सङ्घीय इकाइमा व्यवस्थापिकाहरुबीचको अन्तरसम्बन्ध व्यवस्थापन कार्यविधि र आर्थिक व्यवस्थापनका सवालमा आगामी संविधानमा समेट्नु पर्ने विषयलाई छलफल गरी पहिलो चरणका लागि टुङ्गो लाउने कार्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । छलफलमा जुटेका सभासद्हरुले संविधान नियम कानुन निर्माण गर्दैमा जनताले अधिकार पाउँछन् भन्ने कुरोको ग्यारेन्टी हुँदोरहेनछ भन्ने कुरा विगतको अभ्यासले देखाएको छ भन्दै कानुन कार्यान्वयनमा जोड दिने खालको नीति निर्माण गर्नु नै अहिलेको आवश्यकता भएको बताए ।
सो समितिका सभापति रमेश रिजालले नयाँ संविधान निर्माणका लागि समितिले पाएको क्षेत्र र अधिकारभित्र रहेर समितिलाई प्राप्त जिम्मेवारी पूरा गर्ने कार्यलाई तीव्रता दिए पनि व्यवस्थापिका-संसदको अवरोध र सरकारको फेरबदलले कामलाई प्रभाव तुल्याएको बताउनुभयो । उहाँले भन्नुभयो- ुमुलुकालाई दूरगामी प्रभाव पार्ने संविधान निर्माण कार्य त्यति सजिलो छैन । शब्दशब्दलाई व्याख्या गरी अगाडि बढ्नुपर्छ हामीलाई दिएको जिम्मेवारी पूरा गर्न कामलाई तीव्रताका साथ गहकिलो छलफल चलाइरहेका छौँ पाँच सात दिनभित्रै पहिलोचरणको जिम्मेवारी हामीले पूरा गर्नेछौँ ।

Wednesday, May 20, 2009

रुघाखोकीबाट १० जनाको मृत्यु

हुम्ला ६ जेठ । हुम्ला जिल्लाका विभिन्न गाविसमा फैलिएको रुघाखोकीबाट आजसम्म १० मृत्युभएको छ । सो रोगबाट पछिल्लो पटक सर्कीदेउ गाविसका ३५ वर्षकी च्युरी फडेरा ३० वर्षकी हुम्स कार्की ५० वर्षकी स्यान्जीरा फडेरा र सिमीकोट गाविस वडा नं। ८ का ड्याले कामीको मृत्युभएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । प्रमुख जिल्ला अधिकारी शिवप्रसाद नेपालले रोगप्रभावित गाविसहरुमा स्वास्थ्यकर्मी र औषधि पठाउन पठाउन जिल्ला अस्पताल हुम्लालाई निर्देशन दिइसकिएको बताउनुभयो । मध्यपश्चिमााचल स्वास्थ्य निर्देशनालय सुर्खेतमा औषधि र प्राविधिकको माग गरिएको जानकारी पनि उहाँले दिनुभयो । जिल्लाका २५ गाविसमा रुघाखोकीका बिरामीको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

मोटरबाटो निर्माणमा एकको मृत्यु

गोरखा ६ जेठ । गोरखा जिल्ला बक्राङ गाविसमा मोटरबाटो निर्माणका लागि ग्याभिङ वाल राख्दै गर्दा सोही गाविस पिपलछाप निवासी ५० वर्षीय लेखबहादुर थापाको मृत्युभएको छ । ग्याभिङले चेप्दा ३५ वर्षीय काजी थापा र ३० वर्षीय झमान राना गम्भीर घाइते भएका छन् । घाइतेलाई उपचारका लागि काठमाडौँ लगिएको बताइएको छ ।

वैदेशिक रोजगार पीडित - प्रहरीबाटै पीडित

इटहरी 6 जेठ । आकर्षक तलबको लोभमा विदेश पुगेर हैरानी व्यहोरेर आफ्नो घर आएका वैदेशिक रोजगारका पीडितहरु प्रहरीबाट पुनःपीडित बन्न पुगेका छन् । धरान ९ का प्रकाश श्रेष्ठ र धरान ९ का सीतल तुलाधार धरान नगरका विभिन्न वडाका ३० जनालाई सिङ्गापुरको पानीजहाजमा आकर्षक तलबसहित रोजगार दिलाई दिने आश्वासनसहित त्यहाँ पुर् याए पनि उनीहरुले रोजगार नपाएपछि दुःख पाएर धरान फर्केका थिए ।
मुस्किलले आफ्नो घर आएका पीडितले इलाका प्रहरी कार्यालय धरानमा रोजगारमा लैजाने मानिससँग आफ्नो डुबेको पैसा असुल्नका लागि दिएको उजुरीमा रोजगारमा लैजाने प्रकाश श्रेष्ठका बाबु गोपाल र सीतल तुलाधरकी दिदी सीताले आपुूहरुले पैसा फिर्ता दिने सहमतिसहित कागजमा हस्ताक्षर गर्न लाग्दा प्रहरी निरीक्षक रवी रावलले रोकेपछि पीडितहरु झन पीडित बन्नु परेको बताएका छन् ।
प्रहरी निरीक्षक रावलले पीडितलाई गालीगलौज गरी इलाका प्रहरी कार्यालय परिसरबाट बाहिर निकालेको र मिलिसकेको मुद्दालाई पनि लिखित कागजातमा हस्ताक्षर गर्न रोकेर पीडितलाई थप पीडा दिएको पीडितमध्येका मोहम्मद जावेदले बताए । प्रहरी निरीक्षक र प्रहरी नायब निरीक्षकको कारण वैदेशिक रोजगारका लागि भनेर दिइएको ३० जनाको रु।४६ लाख ४३ हजार तिर्न तयार भएका रोजगारमा लैजाने प्रकाशका बाबु गोपाल र सीतलका दिदी सीतालाई उक्साएर प्रहरीले कागजातमा हस्ताक्षर गर्न नदिएको आरोप पीडितहरुको छ ।
आपुूहरुमाथि प्रहरीले थप अन्याय गरेको भन्दै क्षेत्रीय प्रहरी इकाई कार्यालय धरानमा पुनः कारबाहीका लागि निवेदन गरेपछि क्षेप्रइका धरानले सो मुद्दा मिलाउनका लागि वडा प्रहरी कार्यालय धरानलाई जिम्मेवारी दिइएको पीडित धरान १९ का गङ्गा क्षेत्रीले बताए । पीडित धरान ८ का किरण श्रेष्ठका अनुसार उनीहरुलाई लैजाने दुवै जना सिङ्गापुरमा नै रहेकाले आपुूहरुले उनीहरुका अभिभावकलाई छोरा र भाइले डुबाई दिएको रकमको कुरा गर्दा स्वयम् उनीहरुले प्रहरीमा गएर मिलापत्र गर्ने र पैसा फिर्ता गर्ने सहमति बनेको थियो ।


Monday, May 18, 2009

मजदुरले ज्याला नपाउँदा सिँचाइ अवरोध

दमक ४ जेठ । झापाको कन्काई नदीमा मजदुरहरुको अवरोधका कारण एक हप्तादेखि नहरमा पानी बग्न छाडेपछि दर्जनौँ कृषक सिँचाइविहीन हुनपुगेका छन् । सतासीधामस्थित सो नदीमा एक दशकअघि निर्माण गरिएको कन्काई सिँचाइ आयोजनाका दुई दर्जन मजदुरले पारिश्रमिक नपाएको भन्दै नहरमा अवरोध पुर् याएपछि त्यस क्षेत्रमा सिँचाइसेवा बन्द हुनपुगेको हो । बन्दले गर्दा शिवगन्ज महाभारा सतासीधाम बैगुनन्धारालगायतका बासिन्दाका सयौँ हेक्टरमा लगाइएको चैतेधान खेतीसमेत प्रभावित भएको स्थानीय कृषक कुमार राईले बताउनुभयो । आयोजनाले दुई दर्जन मजदुरको छ महिनादेखिको ज्याला नदिएको भन्दै नहरमा अनिश्चितकालीन अवरोध पुर् याउँदै आएका मजदुरहरुले पारिश्रमिक नपाएसम्म आन्दोलन जारी राख्ने बताएका छन् । यता कृषकहरुले भने आयोजना र मजदुरको आन्तरिक समस्याले सिङ्गो सिँचाइ योजना प्रभावित हुन नहुँने भन्दै अविलम्ब सिँचाइसेवा नियमित गर्न माग गरेका छन् ।

Sunday, May 17, 2009

गोरखाका कैदी र थुनुवाको अवस्था सामान्य

गोरखा । गोरखा जिल्ला कारागारमा रहेका थुनुवाकैदी र आश्रित गरी ७१ जना बन्दीको अवस्था सामान्य रहेको छ । कारागारमा ३९ जना कैदी ३० जना थुनुवा र २ जना आश्रित बन्दी बालबालिका रहेका छन् । ज्यान मुद्धामा तनहँु र कास्कीबाट आएका पाँच महिला र सात पुरुष गरी १२ रहेका छन् । कैदीका लागि दिने गरिएको चामल भत्तामा कुनै कमी नभएको ज्यान मुद्धामा जेल सजाय भोगिरहेकी सरिता मजकोटीले बताउनुभयो । गोरखा कारागारका प्रमुख रेशम गुरुङका अनुसार विगतको समयमा भन्दा गोरखा कारागारका कैदीको अवस्था अहिले व्यवस्थित भएको छ । द्वन्द्वको समयमा नालीको पानी खुवाउने गरिएको गोरखा कारागारमा अहिले मुलको शुद्ध खानेपानी खुवाउने गरिएको छ ।
एक महिना अगाडि कारागार भित्रै सुत्केरी भइ छोरी जन्माएकी सावित्री वि।s। जेलमा आफुलाई राज्यले सहयोग गरेको बताउँदै नगद सहयोग समेत प्रदान गरेकोमा खुशी व्यक्त गर्नुभयो । गाउँ घरमा महिला सुत्केरी हुँदा र छोरी पाउँदा हेंलाको पात्र बन्ने गरेकोमा जेलमा सरकारले गरेको सहयोगको उहाँले खुलेर प्रशंसा गर्नुभयो ।

Friday, May 15, 2009

क~ाचनपुरमा छसय समलिङ्गी

काचनपुर २ जेठ । प्रशंसा समूह नामक संस्थाले सङ्कलन गरेको तथ्याङ्कअनुसार काचनपुर जिल्लामा मात्रै ६०० भन्दा बढी समलिङ्गी रहेको पाइएको छ ।
समाजले नस्वीकार्ने र अपहेलित हुने डरले समलिङ्गीहरु सार्वजनिक हुन नचाहेको प्रशंसा समूहका अध्यक्ष अम्वादत्त भट्टले बताउनुभयो । पुरुष-पुरुषप्रति र महिला-महिलाप्रतिको आकर्षणलाई समलिङ्गीका रुपमा हेरिने गरिएको भए पनि तेस्रो लिङ्गी पनि समलिङ्गी भएको अनुसन्धानका क्रममा फेला परेको उक्त संस्थाको दाबी छ । यहाँका ग्रामीण बस्तीहरुमा समलिङ्गी कम भए पनि सहरी क्षेत्रहरुमा यसको सङ्ख्या ४०० को हाराहारीमा रहेको पाइएको छ । महिला समलिङ्गीभन्दा पुरुष समलिङ्गीको सङ्ख्या बढ्दै गइरहेको बताइएको छ ।
प्रशंसा समूहका अध्यक्ष भट्टका अनुसार समलिङ्गीहरुको अनुमतिबिना परिचय सार्वजनिक गर्न नमिल्ने हुँदा उनीहरुलाई गोप्य नै राखिएको छ । ग्रामीण बस्तीहरुमा अझै सामाजिक डरले केही समलिङ्गीहरु अगाडि आउन सकेका छैनन् । समलिङ्गीहरुको पहिचान गरी संस्थाले उनीहरुलाई सङ्गठित र अधिकारका लागि चेतना भर्न संस्था अग्रसर रहेको उक्त संस्थाका कार्यक्रम संयोजक ईश्वरराज पन्तले बताउनुभयो । महेन्द्रनगर सहरी क्षेत्रका केही युवा समलिङ्गीले सङ्गठित भई आफ्नो अधिकारका लागि कार्य गर्ने बताए पनि उनीहरु खुला रुपमै अगाडि आउन भने सकेका छैनन् । पुरुष र महिलाजस्तै समलिङ्गीहरुले राज्यका हरेक क्षेत्रमा पहुँच पुर् याउन सरकारसँग मागसमेत गरेका छन् । उनीहरुले नयाँ बन्ने संविधानमा समलिङ्गीको स्थान किटान गरिनुपर्नेमा जोड दिएका छन् ।

बेरोजगारी जापान जान नपाउने

श्रम संवाददाता
काठमाडौं। जापानमा काम गर्न जान पाउने आशामा बसेका नेपाली युवायुवतीको आशामाथि तुषारापात भएको छ। जापानमा काम गर्न जान चाहने व्यक्तिले नेपालको कुनै पनि कम्पनी वा प्रतिष्ठानमा काम गरेकै हुनेपर्ने बाध्यात्मक व्यवस्थाका कारणले पूर्ण रुपले बेरोजगार रहेका नेपाली युवायुवतीले जापानमा जान नपाउने भएका हुन्। रोजगारमा संलग्न भएका व्यक्तिले मात्र जापान जान पाउने भएपछि बेरोजगार नेपाली युवायुवतीका निम्ति जापानको रोजगार ुकागलाई बेल पाकेकोुसरह भएको छ ।
श्रम तथा यातायात मन्त्रालयका सचिव युवराज पाण्डेका अनुसार जापानको जिट्कोसँग प्रशिक्षार्थी कामदार पठाउने भएको सम्झौतामा काम गर्न जापान जान चाहने व्यक्तिले नेपालको कुनै पनि कम्पनी वा प्रतिष्ठानमा काम गरिरहेकै हुनुपर्छ । नेपालबाट जाने कामदारले यहाँका कम्पनीमा जुन प्रकारको काम गर्दै आएका हुन् जापानमा पनि त्यही प्रकारको काम दिइनेछ । कामको प्रशिक्षण अवधिभर खान बस्नबाहेक तलबलगायत अन्य सुविधासमेत नदिइने सम्झौतामा उल्लेख गरिएको छ । सचिव पाण्डेका अनुसार नेपाली कामदारले जापानमा कति समय प्रशिक्षार्थीका रुपमा काम गर्नुपर्ने हो त्यो अहिले तय भइसकेको छैन । प्रशिक्षण अवधि पूरा भएपछि मात्र कामदारले कम्पनी नियमअनुसार तलबलगायतका अन्य सुविधा पाउनेछ सचिव पाण्डेले बताए ।
बेरोजगार नेपालीका निम्ति त यो व्यवस्थाले जापान जाने ढोका थुनियो नि भन्ने जिज्ञासामा सचिव पाण्डेले भने- यसलाई ढोकै थुनिएको रुपमा नलिउँ । तर जापान जान चाहनेलाई नेपालमा काम गरिरहेको कम्पनीको सिफारिस र खर्च भने त्यही कम्पनीले बेहोर्नुपर्छ । त्यस अर्थमा जापान जान छनोट भएका कामदारले पैसा खर्च गर्नु पर्दैन पाण्डेको भनाइ थियो । जापान काम गर्न जान छनोट भएका कामदारले शुल्क तिनु नपर्ने व्यवस्था गरिए पनि यो प्रकि्रयाले नेपाली कामदारलाई थप जटिलतामा पुर् याएको छ । पहिलो सर्तअनुसार नेपालको कुनै पनि कम्पनीमा काम गरिरहेकै हुनुपर्ने दोस्रो सर्तअनुसार कम्पनीले सिफारिस र खर्चसमेत बेहोर्नुपर्ने भए पनि औद्योगिक प्रतिष्ठानहरु यसतर्फ त्यति सकारात्मक देखिएका छैनन् ।
सन् २००३ को डिसेम्बरमै जापानको जिट्कोसँग नेपालले कामदार पठाउने सम्झौता गरेको थियो । सम्झौतापछि यसको व्यवस्थापनसहितको जिम्मेवारी सरकारले उद्योग वाणिज्य महासंघलाई दिएकोमा यस्तै खर्चालु प्रावधानले गर्दा महासंघले यसप्रति अहिलेसम्म तदारुकता नदेखाएपछि मात्र सरकारले केही महिनाअघि जापानमा कामदार पठाउन चाहने म्यानपावरको आवेदन माग गरेको थियो । सोहीअनुरुप अहिले श्रम मन्त्रालयले १ सय ६८ म्यानपावर कम्पनीलाई जापान कामदार पठाउन अनुमति दिएको छ ।
विभिन्न प्रकि्रयाहरु पुर् याउँदै म्यानपावरसम्म पुगेर छनोट हुनुपर्ने हुँदा अहिले जापान जान चाहने कामदारहरु अन्योलमा रहेका छन् । कार्यरत कम्पनीले नै जापान जाने खर्च दिनुपर्ने प्रावधानबाट त झनै अनियमितता र भ्रष्टाचार हुने संकेत देखापरेको छ । कुनै पनि कम्पनीमा काम गरेको र जापान जानुअघिसम्म कम्पनीमै बहाल रहेको प्रमाणपत्र लिनका निम्ति पनि अब कामदारले मोटो रकम खर्च गर्नुपर्ने हुन्छ ।
कम्पनीमा प्रवेश गर्न बाहिरिन र जापान जानसम्म सम्पूर्ण खर्च कामदार स्वयंले अघोषित रुपमा गर्नुपर्ने बाध्यता सिर्जना भएको छ । जापान जाने र पैसा कमाउने लोभमा नेपाली कामदार झनै ठगिने त होइनन् यो प्रश्न गम्भीर रुपले उठेको छ ।

Thursday, May 14, 2009

मलामी नपाएपछि श्रीमान्को लास आफैं बोक्न बाध्य

रामेछाप ३१ वैशाख । छिमेकीहरुले मलामी जाने परम्परा समेत तोडेका कारण रामेछापकी एक महिलाले आफ्नो श्रीमान्को लास आफंै बोकेर घाट पुर् याउन बाध्य भएकी छिन् । दुरा गाउँ गाविस वार्ड नं ८ की सरस्वती पोखरेल अहिले आफ्नो श्रीमान्को काजकि्रया पनि आफैले गरिरहेकी छिन् ।
सरस्वतीले दोस्रो विवाह गरेदेखि नै गाउँलेहरुले उनीमाथि कुदृष्टि लगाउँदै आएको बताइएको छ । पहिलो श्रीमान्लाई सङ्कटकालका बेला सेनाले मारेपछि उनले दुरागाउँका कृष्णप्रसाद पौडेलसँग दोस्रो विवाह गरेकी थिइन ।
उनको पहिलो श्रीमान्लाई सेनाले हत्या गरी कसैले नछुन चेतावनी दिएपछि उनले आफै काजकि्रया गरेकी थिइन् । त्यसबेला श्रीमान्को काजकि्रया आफै गरेको र पोते नफुकालेको भन्दै गाउँलेहरुले उनको आलोचना गरेका थिए । पछि परम्परा तोडेकी महिलासँग विवाह गरेको भन्दै दोस्रा पति कृष्णलाई पनि गाउँलेले एक्ले कान्छो भनेर उपेक्षा गर्ने गरेका थिए । तर दुर्भाग्य सरस्वतीका यी दोस्रा श्रीमान्को पनि मृत्यु भयो ।
अहिले सरस्वती एकातिर गाउँलेहरुले अपहेलना गरेको पीडा त अर्कोतिर श्रीमान्को मृत्युको पीडासहित काजकि्रयामा बसेकी छिन् । उनका तीन छोरी र एक छोरा छन् । छोरो सानो भएको र कृष्णका दाईभाईले समेत कि्रया बस्न नमानेपछि सरस्वती आफै कि्रया बसेको बताउँछिन् । साथै उनी आफ्नो समाज रुढिवादी परम्पराले ग्रस्त भएकाले आफूले निकै दुःख पाउनुपरेको बताउँछिन् । उनले त्यो परम्परालाई तोड्न श्रीमान्को लास आफैं बोकेर डेढ घन्टा टाढाको घाटमा लगी दाहसंस्कार गरेकी थिइन् ।


अपहरणको आरोपमा जिउँदै जलाए स्थानीय वासीले

राजविराज ३१ वैशाख । सप्तरीको पोर्ताहा गाविस-४ मा आज दिउँसो एक अपरिचित पुरुषलाई गाउँलेहरुले जिउँदै जलाएका छन् । स्थानीय एक ११ वर्षीया बालिकालाई ललाई-फकाई चकलेट खुवाउँदै गर्दा बालिकाको अपहरण गर्न आएको भन्दै गाउँलेहरुले जीउँदै जलाएका हुन् ।नाम थर खुल्न नसकेका ती पुरुषको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
पोर्ताहा-४ बस्नेत शिवजी सरदारकी ११ वर्षीया छोरी मीना सरदारलाई चकलेट खुवाउन जवर्जस्ती गरेपछि स्थानीय बासिस्दाले ती पुरुषलाई समातेर कुटपिट गर्दै जलाएको भारदह प्रहरी चौकीका प्रहरी नायव निरीक्षक रामविलास िसंहले बताउनुभयो । बङ्गाली भाषा बोल्ने ती व्यक्तिका साथमा रहेका एक महिलासहित दुईजना फरार भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । यतिबेला बालबालिकाको अपहरण गर्ने र आँखा निकाल्ने गिरोह सकि्रय रहेको हल्लाले सप्तरीवासीमा त्रास फैलिएको छ । जिल्लाको विभिन्न गाउँबाट शङ्काको आधारमा हालसम्म छ जना महिला तथा पुरुष पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Wednesday, May 13, 2009

पियनद्वारा गाविस संचालन, बजेट बाँडफाँडमा अनियमितता

गोरखा । गोरखा जिल्लाको हर्मी गाविस प्राय संधैभरि पियनद्वारा नै संचालन हुँदै आएको छ । समाचार संकलनको क्रममा सो गाविस भवन पुग्दा जहिले पनि पियन मात्रै भेट हुने गरेको हाम्रा समाचारदाताले जनाएका छन् ।
गाविस सचिव रामचन्द्र मरहठ्ठाले आँपपिपल गाविस र हर्मी गाविसको जिम्मेवारी िलंदै आएका छन् । हर्मी गाविसका सहायक सचिव दुर्गा पोखरेलले सचिवको अनुपस्थितिमा काम गर्दै आएको भए पनि उनी एक बजेभन्दा अगाडि कहिल्यै कार्यालय पुग्दैनन् । बिहान दश बजेदेखि बेलुका ५ बजेसम्म पियन रामनाथ पराजुलीले मात्रै गाविसको सबै काम संचालन गर्दै आएका छन् । सचिव र सहायक सचिव प्राय समितिको मिटिङमा मात्र उपस्थित हुने गरेको पाइएको छ । हाम्रा समाचारदाता विहान दश बजेदेखि सचिव र सहायक सचिव भेट्नका लागि दिउँसो १ः३० बजेसम्म बस्दा पनि भेट नभएपछि फर्कनु परेको बताएका छन् । उनका अनुसार पियन रामनाथ मात्रै अफिसमा उपस्थित रहेको र उनले सबै काम गर्दै आएका छन् । गाविसको चिठी काट्ने देखि सिफारिस जन्म दर्ता विवाह दर्तालगायतका सबै काम रामनाथले नै गर्ने र सचिव आएका बखतमा सही गराउने गरेका छन् । सचिव भने सरकारी तलब बुझ्ने र धेरै दिनमा एक दिन आएर हाजिरी र पियनले तयार गरेका कागजमा सही गर्ने काम मात्रै गर्दै आएका छन् ।
यसैक्रममा हर्मी गाउँ विकासका लागि छुट्याइएको बजेटमा समेत अनियमितता भएको बुझिएको छ । बजेट बाँडफाँडमा गाविसका प्रावि र मावि गरेर ८ वटा स्कुलले समानुपातिक रुपमा रकम प्राप्त गर्नु पर्नेमा त्यसो नगरी पाँच वटा स्कुललाई मात्र रकम दिइएको छ । जसमा २ वटा सरस्वति प्राविलाई ७/७ हजार शिखरज्योति प्राविलाई ३० हजार विज्ञान प्राविलाई १ लाख महेन्द्रलिला उमाविलाई २ लाख दिइएको छ भने रकम नपाउनेमा लक्ष्मीनारायण प्रावि चम्पावती प्रस्तावित मावि र एउटा मदरसामुस्लिम भाषा पढाइने रहेका छन् । गाविसको सहयोग रकम आफूहरुलाई नदिइएकोमा नपाउने विद्यालयहरुले कसैलाई काखा कसैलाई पाखा गरेको गुनासो गरेका छन् ।
यसैक्रममा विज्ञान प्राविलाई बोर्डिङमा रुपान्तरण गरिसकिएको अवस्थामा एक लाख गाविसले छुट्याउनुलाई स्थानयि बासिन्दाले सरकारी रकमको दुरुपयोग भनेका छन् । बोर्डिङको नाफा व्यक्तिमा जाने तर सहयोग सरकारले दिने कुरालाई कसैले पनि राम्रो मानेका छैनन् । त्यसैगरी गाउँमा दलित बस्तीको बाहुल्यता बढी रहे पनि दलित वस्तीको विकासका निम्ति जम्मा २५ हजार रकम छुट्याएकोमा दलितहरु अत्यन्तै असन्तुष्ट देखिएका छन् । अझै पनि उनीहरुमा शैक्षिक प्रभाव भने पर्न सकेको छैन । यसैगरी भ्रमण खर्चमा ४० हजार कार्यालय संचालनमा २० हजार विविध खर्चमा २० हजार सेवा खर्चमा १५ हजार संचार १० हजार पत्रपत्रिकामा २५ हजार महिला विकासका लागि ५० हजार र राष्ट्रिय साक्षरता अभियानका नाममा ५६ हजार छुट्याउनुलाई गाविसका बासिन्दाले सही ठहर् याउन सकेका छैनन् । यसलाई भ्रष्टाचारको निम्ति बाटो प्रशस्त गरिएको भन्नेहरुको कमी छैन । राष्ट्रिय साक्षरता अभियान विगत तीन महिनाका लागि चलाइएको भए पनि गाउँमा सो अवधिमा प्रौढ शिक्षा पढाइएकोमा कसैले पनि आफ्नो नामसम्म लेख्न सक्ने भएका छैनन् ।

कटवालबारे निर्णय लिनुअघि भारतको साथ लिन चाहन्थें : प्रधानमन्त्री

मैले कटवाललाई कुनै पनि कारबाही गर्नुभन्दा अघि भारतीय राजदूत राकेश सुदलाई भनेको थिएँ यस विषयमा म गम्भीर छलफल गर्न चाहन्छु । त्यसका लागि सम्भव छ भने एउटा सन्देश पठाइदिनुस् कि यसका लागि भारतीय विदेश सचिव अथवा अरु कोही वरिष्ठ व्यक्ति नेपालमा कुराकानी गर्न आउन सक्छन् ... हामीले यस विषयमा माओवादी नेतृत्वको सरकार र भारतबीच केही अस्पष्टता थियो भन्ने थाहा पायौं । म दिल्लीबाट आउने उच्च पदस्थ अधिकारीसँग छलफल गरेर यो विषय कटवालमाथिको कारबाही किनारा लगाउन चाहन्थें । तर दुर्भाग्यवश राजदूतले भारतमा चुनावी अभियान जारी छ यसका लागि कोही पनि मान्छे छैनन् यो ज्यादै गाह्रो हुन्छ भन्ने उल्लेख गर्दै तत्काललाई आफ्नो देश विशेष दूत पठाउन असमर्थ रहेको मलाई जानकारी गराए। सेनापतिलाई हटाउन सहमत हुने एमालेका नेताहरु कोको थिए ?नेकपा एमालेका झलनाथ खनाल ईश्वर पोखरेल वामदेव गौतमजस्ता उच्च केन्द्रीय नेताहरु प्रधान सेनापति रुक्मांगत कटवालले जहिल्यै निर्वाचित सरकारलाई चुनौती दिने प्रयास गरिरहेको र त्यसले भविष्यमा ज्यादै नराम्रो अवस्था निम्त्याउनेछ त्यसैले हामीले केही न केही कारबाही गर्नै पर्छ भन्नेमा सहमत थिए । जब एमाले नेतृत्व सहमत भयो मैले पनि मधेशी जनाधिकार फोरमको नेतृत्वसँग यस विषयमा छलफल गरें । उनीहरु पनि कारबाही प्रकि्रया अघि बढाउन सहमत भए । आज पनि फोरम यो कुरामा अडिग छ तर पछि एमालेले आफ्नो धारणा उल्ट्यायो ।जब एमालेले मन्त्रिपरिषद् बैठक नै बहिष्कार गर् यो तैपनि तपाईले सेना प्रमुखलाई बर्खास्त गर्नै पर्ने आवश्यकता कसरी महसुस गर्नुभयो जब कि यसले ठूलो संकट निम्त्याउनेछ भन्ने तपाईंलाई थाहा थियो ?किनभने यो सिद्धान्तको प्रश्न थियो यस मुलुकमा इतिहास रच्ने प्रश्न थियो । यदि हामीलेसेना प्रमुख अथवा सैनिक सर्वोच्चतासामु आत्मसमर्पण गर्ने हो भने त्यसले आउँदा दिनमा धेरै ठूलो समस्या निम्त्याउनेछ । त्यसैले हामीले आफ्नो अडानमा अडिग रहने निर्णय गर् यौं । मैले सरकारबाट राजिनामा दिनुपर्ने भए पनि मैले नेपालमा नागरिक सर्वोच्चतालाई स्थापित गर्नै पर्छ ।त्यसो भए तपाईं पाकिस्तानको अनुभवतर्फ ख्याल गरिरहनुभएको थियो ?अवश्य नै । हामीले नेपालमा पनि पाकिस्तानमा के भयो भनेर छलफल गर् यौं । र भारतमा १९४७ देखि अहिलेसम्म नागरिक सर्वोच्चता कसरी स्थापित हुँदै आएको छ भनेर छलफल गर् यौं ।उसो भए तपाइं त्यही भारतको मोडेल नेपालमा पनि लागू गर्न चाहनुहुन्थ्यो ?निश्चय पनि । यो प्रश्न मैले विभिन्न दलका नेतासँग छलफल गरेको थिएँ कि हामीले यो विषयमा पाकिस्तानबाट होइन कि भारतको अनुभवबाट पाठ सिक्नुपर्छ ।तर भारतले मन्त्रिपरिषद्को आदेशलाई उल्ट्याउने र सेनापतिलाई पदमै बहाल गराउने राष्ट्रपति रामवरण यादवको निर्णयलाई साथ दियो । त्यसले तपाईलाई असन्तुष्ट बनाएको थियो? हामीले के आशा गरेका थियौं भने भारतले नागरिक सर्वोच्चताका पक्षमा विश्वसनीय स्थान लिनेछ किनभने उसको आफ्नै परम्परा र नेपालमा प्रजातन्त्रका लागि भएका संघर्षमा सहयोगका कारण हामीलाई त्यस्तो लागेको थियो । वास्तवमा म के कुरा स्पष्ट गर्न चाहन्छु भने मैले कटवाललाई कुनै पनि कारबाही गर्नुभन्दा अघि भारतीय राजदूत राकेश सुदलाई भनेको थिएँ यस विषयमा म गम्भीर छलफल गर्न चाहन्छु । त्यसका लागि सम्भव छ भने एउटा सन्देश पठाइदिनुस् कि यसका लागि भारतीय विदेश सचिव अथवा अन्य कोही वरिष्ठ व्यक्ति नेपालमा कुराकानी गर्न आउन सक्छन् । हामीले यो विषयमा माओवादी नेतृत्वको सरकार र भारतबीच केही अस्पष्टता थियो भन्ने थाहा पायौं । म दिल्लीबाट आउने उच्च पदस्थ अधिकारीहरुसँग छलफल गरेर यो विषय किनारा लगाउन चाहन्थें । तर दुर्भाग्यवश राजदूतले भारतमा चुनावी अभियान जारी छ यसका लागि कोही पनि मान्छे छैनन् यो ज्यादै गाह्रो हुन्छ भन्ने उल्लेख गर्दै तत्काललाई विशेष दूत पठाउन असमर्थ रहेको मलाई जानकारी गराए ।त्यसो भए कटवालविरुद्ध कारबाही गर्नुअघि तपाई भारतीय नेतृत्वलाई निर्णयमा साथ लिन चाहनुहुन्थ्यो ?निश्चय नै ।तर तपाईले व्यापक छलफल र परामर्शबिना कुनै पनि निर्णय नलिने वाचा गर्नुभएको थियो तर तपाईले यो वाचा पूरा गर्नुभएन भनेर अरु दलले भनिरहेका छन् नि ?म स्पष्ट पार्न चाहन्छु । जब सेनापतिको प्रश्न छलफलमा अएको थियो सुरुदेखि नै पुसमा सैन्यभर्ती प्रकि्रयादेखि नै मैले विभिन्न पक्षसँग छलफल र परामर्श गर्ने प्रयास गरें भारतीय अधिकारीसँग पनि यो मान्छे शान्ति प्रकि्रयाका लागि सहज छैन नागरिक सर्वोच्चताका लागि सहज छैन । र त्यसैले उनीविरुद्ध केही कारबाही गर्न म चाहन्थेँ । त्यसैले भर्ती प्रकि्रयाको विषय सार्वजनिक भएलगत्तै विवाद थियो । अन्य पक्षहरुले भने हुन्छ तर यो बेला कारबाही गर्नु उचित समय होइन । उनलाई स्वाभाविक ढंगले अघि बढ्न दिऊँ । तर यस्ता नकारात्मक कार्य जारी रहे । त्यसपछि पनि कारबाही गर्नुअघि मैले विभिन्न दलसँग छलफल गर्छु भनें । १५ दिनसम्म परामर्श गरिरहें ।केही मानिस भारतीय दबाबको परिणामका कारण एमालेको धारणा उल्टिएको बताउँछन् । तपाईं सहमत हुनुहुन्छ ?त्यसो भन्नु धेरै टाढा जानु हुनेछ । एमालेभित्रै नेतृत्वलाई ज्यादै ठूलो दबाब थियो र त्यसमा कुनै प्रकारको दिल्लीको दबाब पनि हुन सक्छ ।सञ्चार माध्यमले के अनुमान गरिरहेका छन् भने माओवादी रथी कुलबहादुर खड्कासम्म पुग्यो उनीसँग केही समझदारी भयो जसका कारण तपाइं उनलाई सेनापति बनाउन चाहनुहुन्थ्यो । यथार्थ के हो ?यी सबै आधारहीन हल्ला हुन् । हामीले खड्का र छत्रमान सिंह गुरुङमा अथवा अन्य जनरलमा कुनै फरक देखेका छैनौं । हाम्रो चासो कटवालसँग हो जो नागरिक सर्वोच्चताविरुद्ध कार्य गरिरहेका छन् । र हामीले अरु दललाई र केही अन्तर्राष्ट्रिय समुदायलाई पनि आश्वस्त तुल्याउने प्रयास गरेका थियौं कि खड्का नै नयाँ सेनापनि बन्नुपर्छ भन्ने हाम्रो कुनै रोजाइ छैन । उनी दोस्रो वरियतामा थिए र जब हामीले प्रमुखविरुद्ध कारबाही गर् यौं भने दोस्रो वरियताको रथीको स्वभाविक रुपमा पालो आउँछ । तर हामीसँग कुनै गोप्य एजेन्डा थिएन र खड्कासँग कुनै गोप्य छलफल पनि भएको थिएन ।अवकास पाउन केही सातामात्र बाँकी रहेका रथीको पदावधि बढाउने पनि कुनै योजना थिएन त ?थिएन । वास्तवमा हामीले उनलाई कार्यवाहक सेनाप्रमुख बनाएका थियौं । यदि हामीले उनलाई लामो समयका लागि सेनापति बनाउन चाहेका थियौं भने मन्त्रिपरिषद्को निर्णयबाट कार्यवाहकको जिम्मेवारीमात्र दिने थिएनौं । त्यसैले उनी कार्यवाहक सेना प्रमुख हुने थिए र उनको सेवा निवृत्तपछि हामी नयाँ सेनापतिबारे खुला छलफल गर्न तयार थियौं कि गुरुङ कि अरु जनरलका विषयमा । केही मानिसले सोचेका छन् हामी खड्कालाई माओवादीको पक्षमा उक्साउने प्रयास गरिरहेका छौं । यस्ता आधारहीन हल्ला जनतालाई भ्रमित गर्न आएका हुन् ।सैन्य भर्तीको मुद्दा तपाईलाई किन यति महत्वपूर्ण भयो र सेनापति कटवालले सिफारिस गरेका आठ बि्रगेडियर जनरलको पदावधि बढाउन अस्वीकार गर्नुपर्ने आवश्यकता के थियो उनीहरुमध्ये धेरै जना अत्याधिक सक्षम व्यावसायिक अधिकृत थिए भनेर मलाई भनिएको छ ।?माओवादी जनसेनाको समायोजन र पुनःस्थापन पूरा नभएसम्म नेपाली सेना र जनसेनामा कतै पनि भर्ना लिन नपाइने सहमति भएको थियो । वास्तवमा संयुक्त राष्ट्रसंघले उक्त समझदारी उल्लंघन भएको उल्लेख गर्दै सैन्य भर्ती प्रकि्रया रोक्न हामीलाई पत्राचार गर् यो । त्यसपछि हामीले यसलाई रोक्न कटवाललाई चिठी लेख्यौं । तर उनले आदेश मानेनन् । बि्रगेडियर जनरलहरुका सवालमा एउटा अधिकृतको पदावधि सकिएपछि थप नगरिएका विगतका धेरै उदाहरण छन् । यो बेला पनि आठ बि्रगेडियर जनरलका सवालमा जसको पदावधि सकिनै लागेको थियो हामीले के विश्वास गर् यौं भने नयाँ अधिकृतहरुलाई अवसर दिनुपर्छ त्यसैले पदावधि थप गरिएन । सेनामा मात्रै होइन प्रहरीमा पनि १०÷११ अधिकृतको पदावधि थप गरिएको थिएन । यदि मैले नयाँ अधिकृतलाई अवसर दिइन भने पुरानै यथास्थितिवाद कायम रहन्छ जसले परिवर्तनको गतिलाई आत्मसाथ गर्न सक्तैन ।तपाईंका पार्टीका नेताले जबसम्म कटवाललाई पदमै रहन दिइएको राष्ट्रपतिको आदेश फिर्ता हुँदैन तबसम्म माओवादीले संसद्लाई आफ्नो नियमित काम गर्न नदिई अवरुद्ध गर्नेछ । त्यो अनुत्तरदायी कार्य भएन र ?हामी के विश्वास गर्छौं भने राष्ट्रपतिले आफ्नो असैवैधानिक कार्य सच्याउनुपर्छ र केही समयका लागि हामी संविधानसभाको कार्य रोक्न गइरहेका छैनौं । यसअघि नेपाली कांग्रेसले कटवालको मुद्दामा केही समय संसद चल्न दिएका थिएनन् । प्रत्युत्तरमा हामीले पनि सभा अवरुद्ध गरिरहेका छौं । किनभने यस्ता गतिविधि हामीलाई कांग्रेसले सिकाएको हो । तर संसद निरन्तर अवरुद्ध गर्ने हाम्रो कार्यक्रम छैन हामी संसदलाई कार्य गर्न र नयाँ सरकार चुन्न दिनेछौं ।भनाइको तात्पर्य तपाईं यो संसद अवरुद्ध गर्ने बाटामा अडिग हुनुहुन्न ?छैन ।तपाई फेरि सरकारमा जान सक्नुहुन्छ ?राष्ट्रपतिले कटवाललाई यथावत् काम गर्न दिएको निर्देशन नसच्याएसम्म हामी सरकारको अंग बन्ने छैनौं ।यदि संसदले सेनाका बारेमा राष्ट्रपतिले होइन नागरिक सरकार एक्लैले निर्णय गर्ने अधिकार राख्छ भन्ने सिद्धान्तसहितको प्रस्ताव पारित गरेमा सेनापति बर्खास्त गरिनुअघिकै जस्तो सहमति कायम गर्न सम्भव छ ?सिद्धान्तको कुरामा हामी त्यस प्रकारको प्रस्तावमा सहमत हुनेछौं । तर अहिलेका लागि नयाँ सरकार गठन गर्ने प्रकि्रयामा यो आसयमा त्यो सम्भव छैन । त्यस्तो अवस्थामा हामी प्रतिपक्षमा बस्नेछौं ।अहिले प्रतिपक्षमा बस्यो भने भविष्यमा आफ्नो पार्टीलाई चुनावमा फाइदा हुन्छ भन्ने सोच्नुहन्छ ?हामीले अर्को चुनावका बारेमा सोचेका छैनौं । हामी नागरिक सर्वोच्चताका बारेमा मात्र सोचिरहेका छौं । यदि हामी प्रतिपक्षमा गयौं भने त्यो पनि मुख्यतः नागरिक सर्वोच्चताकै लागि हुनेछ । अरु दल विपक्षमा हुँदा माओवादीले संविधानसभाका लागि कडा संघर्ष गर् यो । हामीले गणतन्त्रका लागि कठोर संघर्ष गर् यौं र अहिले नागरिक सर्वोच्चताका लागि लड्यौं । जनता अरु दल किन चूप बसिरहेका छन् भनेर प्रश्न गर्छन् कसरी माओवादीमात्रै यसका लागि संघर्ष गरिरहेका छन् भन्नेछन् । त्यसपछि पार्टीको 'इमेज' जनताको दिल र दिमागमा पुग्नेछ । हामी विजयी हुनेछौं । (भारतीय दैनिक हिन्दूमा प्रकाशित अन्तर्वार्ताको अनुवाद)

नारायणहिटीका छानामा विषालु खनिज


बिहिवार
काठमाडौं वैशाख ३१ नारायणहिटीस्थित परराष्ट्र मन्त्रालयका हरिया छाना टिनका ठान्नुभयो भने तपाईं गलत हुनुहुनेछ । ती १९७०-८० को दशकमा युरोप-अमेरिकामा प्रतिबन्धित विषालु खनिज 'एस्बेस्टोस' बाट बनेका हुन्। १९७२ मा निर्मित पूर्वराजदरबार सचिवालय रहेको यो भवनमा तिनै एस्बेस्टोसका छाना प्रयोग भएका छन् । 'हामीले जस्ता टिन छाएको ठानेका थियौं' परराष्ट्रका एक अधिकारीले भने 'तर हानिकारक एस्बेस्टोसले बनाइएको रहेछ।' यो सिमेन्टबाट बनाइएको पातलो टायलजस्तो देखिन्छ तर जस्ताजस्तो खण्डखण्ड परेको हुन्छ ।स्रोतका अुसार भवनको माथिल्ला सबै छाना यही विषालु खनिजका हुन् । तर पूर्व राजा ज्ञानेन्द्रको सचिवालयकक्ष प्रवेशद्वारा र मुख्य ढोका सामुन्नेका गरी दुई वटा स-साना छाना भने टिनले छाएका छन् । काठको धुलोबाट भेनेस्टा बनाएझैं एस्बेस्टोसका धुलो मेसिनले पेलेर जस्ताकै आकारमा बनाइन्छ र छानालगायत निर्माण कार्यमा प्रयोग गरिन्छ ।ताप विद्युत र रासायनिक परिवर्तन प्रतिरोधी भएकाले १९ औं शताब्दीको अन्त्यदेखि युरोप-अमेरिकाका निर्माण व्यवसायीमा यो निकै लोकपि्रय थियो । २०२८ माघमा राजा महेन्द्रको निधनपछि उनका छोरा वीरेन्द्रले उक्त सचिवालय भवन निर्माण गराएका थिए । राजदरबारका एक पूर्वकर्मचारीका अनुसार आगोले नखाने खिया नलाग्ने र बढी टिकाउ हुने भएकाले सचिवालय भवनको छानामा यसको प्रयोग गरिएको थियो । १९७० को सुरुतिर युरोप÷अमेरिकामा निर्माणजन्य सामग्रीका रुपमा एस्बेस्टोसको प्रयोगले मानव स्वास्थ्यमा प्रतिकुल असर पार्छ भनेर वातावरण संरक्षकहरुले अभियान चलाउन थालेपछि उनीहरुले नेपालजस्तो तेस्रो मुलुकमा सहयोगस्वरुप दिएको हुनसक्ने उनले बताए ।उनका अनुसार राजधानी लगायत देशका तीन÷चार दशक पुराना भवनहरुमा यसका छाना प्रयोग गरिएका छन् । यद्यपि नेपालमा यो कहिलेदेखि भित्रियो भनेर कसैले एकिन गरेनन् ।'त्यतिबेला बाढी पहिरो भुइचालोजस्ता दैविकप्रकोपका बेला सहयोग स्वरुप विभिन्न देशले यस्ता सामग्री दिएका हुन्थे' उनले भने 'ती भवन निर्भाण स्कुल पौवाहरु बनाउन प्रयोग हुन्थ्यो।'भौतिक योजना तथा निर्माण मन्त्रालयका प्रवक्ता हरी प्रसाद शर्माका अनुसार जस्ता पाताभन्दा सस्तो तर बलियो हुने गरेकाले विगतमा यस्तो निर्माण सामग्रीको प्रयोग भए पनि अहिले यो आयात नहुने जानकारी दिए ।'किनेर पनि ल्याइयो होला सहयोग स्वरुप पनि आएको हुन सक्छ' उनले भने 'जे होस् पुराना भवनहरुमा यसको छाना प्रयोग भएको पाइन्छ।'स्वास्थ्य सेवा विभागका महानिर्देशक गोविन्द ओझाले आगो-प्रतिरोधी र टिकाऊ हुने भएकाले यसको प्रयोग गरिएको हुन सक्ने उल्लेख गर्दै मानव स्वास्थ्यका दृष्टिले यो हानिकारक भएको बताए ।भक्तपुर क्यान्सर अस्पत्तालका निर्देशक राजेन्द्र बरालका अनुसार यसको संक्रमणबाट मेजोथेलियामा नामक अत्यन्त खतरनाक क्यान्सर हुने संभावना अत्यधिक रहन्छ । यो क्यान्सर लागिसकेपछि सामान्यतः निको हुदैन ।एस्बेस्टोसको संक्रमण भइसकेपछि शरीरबाट हटाउन अहिलेसम्म सकिएको छैन । 'शरीरसम्म यसको संक्रमण भएमा मेजोथेलियमा जस्तो घातक क्यान्सरका साथै अन्य रोग लाग्ने संभावना ज्यादै हुन्छ' उनले भने 'तर सितिमिति यसको संक्रमण भइहाल्दैन।'युरोप र अमेरिकातिर प्रतिबन्धित भए पनि आगो प्रतिरोधी यो खनिज अझै कुनै-कुनै निर्माण सामग्रीमा प्रयोग गर्ने गरिएको उनले जानकारी दिए। आगालागी भएर वा पुरानो भएर छाना खिइन थालेपछि त्यसको कण स्वासप्रश्वासका माध्यमबाट मानव शरीरसम्म पुगेमा त्यसले गम्भीर रोगहरु निम्त्याउन सक्नेछ । झण्डै चार दशक अघि निर्मित परराष्ट्र मत्रालयको छानोको अवस्थाबारे आफूहरुले नबुझेको त्यहींका एक अधिकारीले जानकारी दिए । 'हामी धुरीमा गएका छैनौं अहिलेसम्म त्यो टुटे-फुटेको देखिएको छैन' ती अधिकारीले भने ।विशेषज्ञहरुका अनुसार सामान्य छानामुनी बसेको भन्दा त्यसको छाना मुनी बस्नेलाई क्यान्सर हुने खतरा कम्तिमा सात गुना बढी हुन्छ । धुलो उडेर आयो भने त्यसले सोझै फोक्सोमा संक्रमण गर्छ र क्यान्सर हुने संभावना हुन्छ ।विकिपेडियाका अनुसार एस्बेस्टोस त्यस्तो विशेष प्रकारको सिलिकेट खनिज हो सामान्यतः यसको अर्थ 'नबिग्रिने र जादुमयी खनिज' भन्ने हुन्छ । वैज्ञानिकहरुले ६ प्रकारका खनिजलाई एस्बेस्टोसका रुपमा व्याख्या गरेका छन् । 'एस्बेस्टोसका कणहरु शरीरमा पुगेपछि कहिल्यै हटाउन सकिँदैन । यसका कारण ती कण छिट्ट शरीरका तन्तुहरुमा प्रवेश गर्छ र क्यान्सर न्यूमोकोनियोसिस लगायत घातक रोग लाग्न सक्छ । श्वासप्रश्वासका माध्यमबाट यो सोझै फोक्सोमा पर्ने भएकाले क्यान्सर हुने संभाबना बढी हुन्छ' विश्वकोषले लेखेको छ ।२००१ सेप्टेम्बर ११ मा वल्र्ड ट्रेड सेन्टरमा आतंककारी आक्रमण भएपछि त्यसको भग्नाबशेष एस्बेस्टोसका कारण हुने प्लुरल मेसोथेलियमा रोग देखा परेको थियो । दोस्रो विश्वयुद्धका बेला पानीजहाज कारखानामा काम गर्ने मजदुरहरुलाई एस्बेस्टोस क्यान्सर देखिएको थियो ।१९७६ मा अमेरिकी कंग्रेसले एउटा कानुन बनाई यस्ता विखालु पदार्थलाई नियमन गर्न कानुन बनाए पनि यो पूर्णत बन्द भएन । १९८९ मा वातावराण संरक्षण एजेन्सीले यसको उपयोगमाथि प्रतिबन्ध नै लगायो । युरोपेली संघले पनि यसमा प्रतिबन्ध लगाइसकेको छ । रुसलगायत केही मुलुकले भने यसको यो खनिज प्रशोधन अझै जारी राखेका छन् जसबाट कम्तीमा ३ सयभन्दा बढी निर्माण सामग्री उत्पादन गर्ने गरिन्छ ।

Thursday, May 7, 2009

१२० औ अन्तर्राष्ट्रिय श्रमिक दिवस भव्य रुपले सम्पन्न




काठमाडौ। १२० औं अन्तर्राष्ट्रिय श्रमिक दिवस गणतन्त्र चोक गोंगबुमा हिजो शुक्रबार भव्य रुपले सम्पन्न भएको छ । कार्यक्रम अन्तर्राष्ट्रिय आप्रवासी अलायन्सइमानेपाल र नेपाल श्रमिक संगठनको संयुक्त तत्वाधानमा भएको थियो ।
उक्त अवसरमा राष्ट्रिय मुक्तिाका लागि एक महिने आन्दोलनको तयारी गरिएको घोषण श्रमिक अगुवा रमेश तुफानले गर्नुभयो। आन्दोलन तयारीका क्रममा श्रमिक जागरण अभियान र श्रमिक आन्दोलनको नयाँ मोडलको लागि विभिन्न कार्यक्रमहरु तय गरिएको जानकारी गराईएको थियो। जागरणका क्रममा उपत्यकाव्यापी खेलकुद प्रतियोगिता श्रमश्रमिक हक अधिकार सम्बन्धी प्रकाशन श्रम ऐन कानुन र अभिसन्धी महासन्धी सम्बन्धी अध्ययन तथा छलफल आदि रहेका छन् भने आन्दोलनको नयाँ मोडलसम्बन्धी आसन्न संविधानमा श्रमिकहरुको अधिक अधिकारका लागि पहल र श्रम गरेर जीवन यापन गर्ने श्रमजीवी किसान मजदुर भरिया ज्यामी सुकुम्बासी भूमिहीन कर्मचारी प्राध्यापक विद्यार्थी आप्रवासीलगायतको सल्लाह सुझाव र सहभागीतामा खुला बहस तथा छलफल गर्न सबैमा आव्हान गरिएको छ । एक महिने उक्त कार्यक्रमबाट प्राप्त हुने सुझाव विचार र निष्कर्षलाई गणतान्त्रिक चोक खुला कार्यक्रममार्फत् सार्वजनिक गरिने जानकारी िदंदै श्रमिक अगुवा तुफानले भन्नुभयो- ुयस तयारीका लागि विभिन्न श्रमिक संघसंस्थाहरुबीच अन्तरकि्रया गरेर मे महिनालाई श्रमिक मुक्ति संघर्षको तयारीको महिनाको रुपमा लिइएको हो।
कार्यक्रममा विभिन्न स्थानबाट भेला भएका श्रमिकहरुले बालाजु चोकबाट विहान ११ः३० बजे गणतन्त्रचोकसम्म विभिन्न नाराहरु अंकित प्लेकार्डका साथ नारा लगाउँदै मार्चपास गरिएको थियो। र् यालीमा आप्रवासी कामदार पीडित श्रमिक कृषि मजदुर प्रेस मजदुर सुकुम्बासी भूमिहीन कारखाना मदजुर यातायात मजदुरलगायतको सहभागीता रहेको थियो। उक्त र् याली गोंगबुको गणतान्त्रिक चोकमा पुगेर सभामा परिणत भएको थियो।
कार्यक्रममका अध्यक्षसमेत रहेका तुफानले लोकतान्त्रिक गणतन्त्रको अनुभुति श्रमिक वर्गमा नपुगेकोले दोस्रो आन्दोलनको तयारी गर्नुपरेको बताउनुभयो। जनताको महान् बलिदानबाट स्थापित सरकारले श्रमिकहरुमाथि आक्रमण र षड्यन्त्र गर्ने सुकुम्बासीका छाप्रा जलाउने निमुखा जनतालाई गिरफ्तारी र हतोत्साही बनाउन खोजेको तुफानले बताउनुभयो। तिनै श्रमिक सुकुम्बासीहरुले सत्तामा पुर् याएका सत्ता संचालकहरुको महल भत्काउन सक्ने चेतावनी उहाँले दिनुभयो। सुकुम्बासी नेता हिमालिसंह तामाङले यही माचबाट गणतन्त्रको घोषणा गर्दै वर्तमान सत्ताधारी मन्त्रि नेताहरुले सुकुम्बासीलाई बास र भूमिहीनको भूमिमाथिको अधिकार दिलाउने सम्बन्धी लाखौं सुकुम्बासीहरुलाई आन्दोलनमा उतारेको बताउँदै उनीहरु अहिले पजेरो र महलमा मस्त रहेर हाम्रो बास उठाउँदैछन् भन्नुभयो। यसैबीच कार्यक्रममा श्रमदूतका तर्फबाट दिनेश कार्की नेपाल श्रमिक संगठनका तर्फबाट सूर्य भट्ट आप्रवासी अलायन्सका उपाध्यक्ष आर।सी। तिवारी श्रमिक पत्रकार कोपिला गौतमलगायतले मन्तव्य राख्नुभएको थियो।
कार्यक्रममा श्रमिक गायकहरु बद्री पंगेनी विरही कार्की विमल गौतम हाँस्य कलाकार श्रीकृष्ण िसंखडा तथा सुरसप्तक कलाकेन्द्रले आ-आफ्नो कला प्रस्तुत गरेका थिए। गणतन्त्रचोकबाट ुअझै गणतन्त्र आुको छैन है मजदुरले भने झैं भाुको छैन हैु भन्दै बद्री पंगेनीले हजारौं दर्शकलाई जुरुक्कै उचालेका थिए। गायक विरही कार्कीको ुखै त हाम्ले लोकतन्त्र पाएको भोको पेटले पेटभरी खाएकोु गीतले दर्शकहरुलाई निकै भावुक बनाएको थियो।
यसैबीच राजनीतिक दलका भातृ संगठनको आयोजनामा विभिन्न स्थानमा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएका छन्। एमालेको जिफन्ट कांग्रेसको ट्रेड युनियन कांग्रेस माओवादीको अखिल नेपाल ट्रेड युनियन महासंघलगायतले आ-आफ्नै ढंगबाट छुट्टाछुट्टै स्थानमा मे दिवस मनाएका थिए।

पूर्वाधार अभावले पर्यटकीय क्षेत्र ओझेलमा

बागलुङ - पूर्वाधार अभावले यहाँको पर्यटन क्षेत्र ओझेलमा परेको छ । जिल्लाको पर्यटन विकास क्षेत्रको गुरुयोजना बन्न सकेको छैन । बजेट अनुत्पा...